एक महिनाअघि पालिका प्रमुखहरूबीच बैठक हुँदा यसपटकको तेहौं राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता जिल्ला सदरमुकामबाहिर आयोजना गर्ने सहमति भयो । तर, मुख्य चुनौती थियो– अहिलेसम्म सदरमुकाममै हुनेगरेको प्रतियोगिता कुन पालिकामा आयोजना गर्न सम्भव होला र ?
फाकफोकथुम गाउँपालिकाका अध्यक्ष दीपेन्द्र खनालले सुरुमै हात उठाइएर भनिदिए– हाम्रो पालिकामा आयोजना गरौं।
बैठकमा केहीबेर सन्नाटा छायो । जिल्लाका सयौं खेलाडी र आगन्तुक सहभागी हुने प्रतियोगिता । गाउँमा खेलमैदान व्यवस्थापन गर्नु त छँदैछ, खेलाडी, सहभागी, अतिथि लगायतलाई होटल, यातायात समेतको मेलो मिलाउनुपर्ने कम चुनौतीपूर्ण छैन । गाउँमा न कुनै व्यवस्थित होटल छ, न पालिकासम्म पुग्ने राम्रो सडक नै । सदरमुकामबाट निकै टाढा र भौगोलिक हिसाबले दुुर्गम यो गाउँमा कुनै खेलाडी बिरामी वा घाइते भइहाले उपचारका लागि अस्पताल पु¥याउन पनि घन्टौं लाग्छ । तर, फाकफोकथुमका युवा अध्यक्षको ‘आँट’लाई सबैलाई समर्थन गरे । र, प्रतियोगिता फाकफोकथुममै आयोजना गर्ने निर्णय भयो।
अध्यक्ष खनालले पालिका फर्किएर सुरुमै स्थानीय व्यवसायी र सरोकारवालासँग बैठक गरे । सबैको उत्साह देखियो, समर्थन पनि जुट्यो । पालिकामा जिल्लास्तरीय खेल प्रतियोगिता आयोजना गर्नुलाई पालिका बासीले अवसरका रूपमा लिए । त्यसपछि सुरु भयो तयारी।
गाउँमा पर्यटकीयस्थल पनि निकै कम संख्यामा छन् । भएका पर्यटकीयस्थलको प्रचार नहुँदा पर्यटक आउ–जाउ थोरै छ । ‘तर, यो प्रतियोगितालाई हामीले आफ्नो गाउँ चिनाउने अवसरका रूपमा लियौं,’ अध्यक्ष खनाल भन्छन्, ‘पालिकाका सरोकारवालासँग छलफल गर्दा ४ देखि ५ सय सहभागीलाई जसरी पनि बसोबासको व्यवस्था मिलाउन सकिन्छ भन्ने निष्कर्ष आएपछि ढुक्क भयो।’
पालिकाले खेलमैदान स्तरोन्नति ग¥यो । खेल व्यवस्थापनका अरू काम पनि गरिए । अतिथि, खेलाडी र सहभागीलाई खाना र बसोबासका लागि होमस्टेका रूपमा पालिकाको केन्द्र आमचोक क्षेत्रका करिब सय घर तयार गरिए । ती घरका परिवारलाई पाहुनालाई गर्नुपर्ने सत्कारबारे सामान्य सचेत गराइयो । प्रतियोगिता क्रममा कुनै खेलाडी घाइते वा बिरामी भइहाले उपचारका लागि अस्पताल लैजान पालिकाकै २ सवारी साधनलाई ‘एम्बुलेन्स’ बनाउने व्यवस्था पनि गरियो।
नभन्दै, फागुन २३ देखि २५ सम्म स्थानीय सिंहदेवी माध्यमिक विद्यालयको खेलमैदानमा जिल्लास्तरको राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता चलिरहेको छ । उद्घाटन पनि स्थानीय किरात संस्कृतिअनुसार नै गरियो । जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राईले खेलमैदानको बीचभागमा राखिएको पाथीजत्रो दियोमा बती सल्काएर प्रतियोगिता उद्घाटन भएको जनाउ दिए । सहरिया संस्कृतिको ओझेलमा परेको नौमती र स्थानीय लिम्बू समुदायको सांस्कृतिक बाजा च्याब्रुङले उद्घाटन सत्रलाई तामझामपूर्ण बनाए।
जिल्लाका १० वटै पालिकाका ८ सयभन्दा बढी खेलाडीसहित १ हजार १ सय हाराहारी ‘पाहुना’ अहिले फाकफोकथुमको केन्द्र आमचोकमा छन् । उनीहरूका लागि ५० भन्दा बढी घरमा खाना र बसोबास व्यवस्था मिलाइएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलकुमार लिम्बूले बताए । ‘सुरुमा हामीलाई प्रतियोगितामा ४ देखि ५ सय जना भेला हुने अनुमान थियो,’ उनले भने, ‘तर, अहिले ११ सयभन्दा बढीको संख्यामा खेलाडी र सहभागी आउनुभएको छ, हामीले उहाँहरूलाई खान–बस्न गाउँमै व्यवस्था गरेका छौं।’
प्रतियोगितामा फाकफोकथुम गाउँपालिकाको करिब ७ लाख रुपैयाँ खर्च हुने अनुमान छ। तर, जिल्लाका प्रत्येक पालिकाबाट आएका खेलाडीका लागि भने सम्बन्धित पालिकाले नै खाने–बस्ने खर्च बेहोर्नेछन् । प्रतियोगितामा ५ विधाका खेल सञ्चालन गरिने जिल्ला खेलकुद विकास समिति अध्यक्ष खगेन्द्र बाँस्तोलाले बताए । प्रतियोगितामा दौड, लङजम्प, भलिबल, कराते, तेक्वान्दो, उसुलगायत खेल सञ्चालन हुने आयोजकले जनाएको छ।
‘हामीले संघीयताको मर्मअनुसार नै यसपटक यो प्रतियोगिता सदरमुकामबाहिर आयोजना गरेका हौं,’ उनले भने, ‘पालिकाले स्थानीय व्यवस्थापनमा आधाभन्दा धेरै काम गरिदिएपछि हामी प्रतियोगिता आयोजना गर्न सफल भएका हौं ।’ उनले यहाँ आउने पाहुनालाई स्वागत र सत्कार गर्न स्थानीयले कुनै कसुर बाँकी नराखेको बताए । प्रतियोगिताको उद्घाटन अवसरमा छिमेकी पालिकाका प्रमुखसहित सिडिओ, जिल्ला प्रहरी प्रमुख, सशस्त्र प्रहरी बलका प्रमुख, पत्रकारलगायत सहभागी भए।
प्रतियोगिता अवलोकन गर्न फाकफोकथुम पुगेका रोङ गाउँपालिका अध्यक्ष मनीकुमार स्याङ्बो सुवास सदरमुकामबाहिरको पालिकामा झकिझकाउ प्रतियोगिता देखेर हौसिए । उनले आउँदो साल आफ्नो पालिकामा प्रतियोगिता आयोजना गर्ने प्रस्तावसमेत राखेका छन् । ‘प्रतियोगिताका लागि होमस्टेदेखि, खेलमैदान, स्टेज व्यवस्थापनलगायत सबै पक्ष उत्कृष्ट लाग्यो,’ उनले भने, ‘यो व्यवस्थापन हेर्दा सदरमुकामभन्दा बाहिरका पालिकाले पनि भव्य रूपले प्रतियोगिता आयोजना गर्नसक्ने रहेछन् भन्ने देखिएको छ ।’ उनले स्थानीय होमस्टेमा पाहुनालाई गरिएको स्वागत र सत्कारले पनि आफूहरूलाई केही सिक्ने मौका मिलेको बताए । माङ्सेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले पनि आउँदो साल आफ्नो पालिकामा प्रतियोगिता आयोजना गर्ने योजना बनाउँदैरहेछन् ।
आउँदो वर्षको प्रतियोगितासमेत जिल्ला सदरमुकामबाहिरै आयोजना गर्ने ‘बुझाबुझ’ भइसकेको छ। ‘यहाँको प्रतियोगिता समापनकै बेला आउँदो सालको प्रतियोगिता आयोजना गर्ने पालिकालाई झन्डा हस्तान्तरण गरिने छ,’ खेलकुद अध्यक्ष बाँस्तोलाले भने, ‘सायद आउँदो सालको प्रतियोगिता पनि सदरमुकामभन्दा निकै टाढाको कुनै गाउँपालिकामै आयोजना हुनेछ ।’ उनले सदरमुकामभन्दा बाहिर यस्तो प्रतियोगिता आयोजना गर्दा खेलकुदको तरंग फैलिन पाएको बताए । ‘सदरमुकामभन्दा बाहिरै आयोजना गरिने प्रतियोगिताको तामझाम र रमझम पनि बढी नै हुनेरहेछ भन्ने अनुभव भएको छ,’ उनले भने, ‘यस्ता इभेन्ट्स गाउँ–गाउँ लैजानुले स्थानीयस्तरको आर्थिक गतिविधि चलायमान गराउनसमेत सहयोग पुग्नेरहेछ।’
मोरङ। झापामा भएको ‘दोस्रो एक्स्ट्रिम झापा महिला गोल्डकप फुटबल प्रतियोगिता’को उपाधि विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ। दुधे रंगशालामा शनिबार भएको फाइनल खेलमा एपिएफ अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ४-२ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनलमा रोकेको थियो।
खेलको निर्धारित ९० मिनेटमा दुवै टोलीबाट १-१ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो। टाइब्रेकरमा एपिएफले ४ र आर्मीले २ गोल गरेको थियो।
एपिएफका लागि गीता राना, निशा थोकर, रश्मिकुमारी घिसिङ र रेनुका नगरकोटीले गोल गरे भने आर्मीकी तुलसा बोहोरा र सुस्मिता चौधरीले मात्र गोल गर्न सकेका थिए। आर्मीकी यशोदा शाही र बिमला थापाको प्रहारलाई एपिएफकी गोलरक्षक एञ्जिला तुम्बापोले बचाइन्।
निकै प्रतिस्पर्धात्मक खेलमा एपिएफले उपाधि जित्दै ११ लाख रुपैयाँ र ट्रफी प्राप्त गर्यो भने उपविजेता आर्मीले ५ लाख ५० हजार रुपैयाँमा चित्त बुझाउनुपर्यो।
खेलको ३१औँ मिनेटमा आर्मीले अग्रता लिएको थियो। आर्मीका लागि सुक्रिया मियाको क्रस पासमा बिमला चौधरीले गोल गरिन्। एपिएफका ३ जना डिफेन्डरलाई बिट गर्दै गरेको प्रहारले जाली चुमेको थियो। एपिएफले६०औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्यायो। रश्मिकुमारी घिसिङले डी-एरियाको साइड एंगलबाट गरेको पावरफुल प्रहार गोल भएको थियो। खेलको प्लेयर अफ द म्याच एपिएफकी गोलरक्षक एञ्जिला तुम्बापोले १५ हजार रुपैयाँ पुरस्कार पाइन्।
प्रतियोगितामा सर्वाधिक ९ गोल गरेकी एपिएफकीरश्मिकुमारी घिसिङ सर्वोत्कृष्ट खेलाडी हुँदै १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाइन्। त्यसैगरी, उत्कृष्ट गोलकिपर एपिएफकी एञ्जिला तुम्बापो, उत्कृष्ट मिडफिल्डर एपिएफकी रेनुका नगरकोटी, उत्कृष्ट डिफेन्डर एपिएफकी गीता राना, सर्वाधिक गोलकर्ता एपिएफकीरश्मिकुमारी घिसिङ, उत्कृष्ट प्रशिक्षक एपिएफकाजिवेसकुमार पाण्डे र उत्कृष्ट फरवार्ड आर्मीकी चन्द्रा भण्डारी घोषित भए। उनीहरूले जनही २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
मंसिर ५ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपाल, भारत र भुटानका ८ टिमको सहभागिता रहेको थियो। भुटानको थिम्पु राभेन वुमन एफसी, भारतको गेसपुर फुटबल एकेडेमी, आरएस पोखरा फुटबल क्लब, बागमती युथ क्लब, झापा-११ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, एपिएफ फुटबल क्लब र नेपाल पुलिस क्लबको सहभागिता थियो।
विजेता तथा उपविजेतालाई कार्यक्रमका प्रमुख अतिथि शिवसताक्षीका नगर प्रमुख मेगाहाङ थोप्रा, उपप्रमुख नरमाया कार्की, एन पेनाङ एफसीका उपाध्यक्ष नेत्रनारायण श्रेष्ठ, झापा-११ एफसीका अध्यक्ष जलकुमार गुरुङ, गोल्डकपका अध्यक्ष सन्तोष थोप्रालगायतले पुरस्कार प्रदान गरे।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...