म्यानचेस्टर युनाइटेडका प्रशिक्षक इरिक टेन हागले लिभरपुलविरुद्ध आइतबार इङ्लिस प्रिमियर लिगमा बेहोरेको ७–० को लज्जास्पद हारले टोलीको सुधारिएको प्रदर्शनमा पूर्णविराम लगाए पनि टोलीले छिट्टै जितलय समात्ने विश्वास व्यक्त गरेका छन्।
गत साता मात्र युनाइटेडले ६ वर्षदेखिको उपाधि खडेरी तोड्ने क्रममा वेम्बलीमा न्युक्यासल युनाइटेडलाई हराउँदै इङ्लिस लिग कपको उपाधि जितेको थियो। तर आइतबार एन्फिल्डमा योर्गान क्लोपको टोलीसँग दोस्रो हाफमा सम्हालिन नसक्दा निराश भएको हो। पहिलो हाफमा एक गोल खाएको युनाइटेडले दोस्रो हाफमा थप ६ गोल खाएको थियो।
त्यस्तै युनाइटेडले युरोपा लिगमा बार्सिलोनाको यात्रा अन्त्य गर्दै अन्तिम १६ मा स्थान बनाएको थियो। लिभरपुलको जितमा मोहम्मद सालाह, डार्विन नुनेज र कोडी गाक्पाले समान दुई तथा रोबर्टो फिर्मिनोले थप एक गोल गरेका थिए।
युनाइटेड २५ खेलमा ४९ अंकसहित तेस्रो स्थानमा यथावत् छ। जुन शीर्ष स्थानको आर्सनलभन्दा १४ र दोस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा ९ अंंक कम हो। लिभरपुल भने समान खेलमा ४२ अंकसहित पाँचांै स्थानमा उक्लिएको छ। जुन चौथो स्थानको टोटनह्यामभन्दा मात्र ३ अंक कम हो। चौथो स्थानमा पकड बनाएका टोटनह्याम र न्युक्यासलले एकपछि अर्को खराब नतिजा ल्याएसँगै लिभरपुलले शीर्ष चारमा बस्दै आगामी सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना कायम राखेको हो।
टेन हागले आफ्नो टोलीले दोस्रो हाफमा निकै खराब प्रदर्शन गरेको र सो प्रदर्शन आगामी खेलमा स्वीकार गर्न नसकिने बताए। सिजनको सुरुआत खराब गरे पनि पछिल्लो समय भने युनाइटेडले लय भेट्टाएको संकेत गरेको थियो। युनाइटेडले सन् २०१३ देखि प्रिमियर लिगको उपाधि जित्न सकेको छैन।
युनाइटेड यसअघि म्यानचेस्टर सिटीसँग ६–२ र ब्रेन्टफोर्डसँग ४–० ले पराजित भएको थियो। टेन हागले आफ्नो टोलीले जित लय भेट्टाउने र बिहीबार स्पेनिस ला लिगाको क्लब रियाल बेटिसविरुद्ध हुने युरोपा लिगको अन्तिम १६ को पहिलो लेगमा सुखद नतिजा ल्याउने विश्वास व्यक्त गरे।
‘हामीले विगतमा पनि नमीठो हारलगत्तै जितलय भेट्टाएको इतिहास छ,’ टेन हागले भने, ‘सिटी र ब्रेन्टफोर्डसँगको हारपछि पनि हामीले लय भेट्टाएको थियौं। यो टोली इतिहास दोहो¥याउन सक्षम छ। हाम्रो स्तर परीक्षण हुँदै छ र त्यसमा टोली सफल हुनेछ।’