नेपाल पुलिस क्लबका प्रिन्स दाहालले १२ औँ पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगिताको उपाधि लगातार तेस्रो पटक जित्न सफल भएका छन्।
विराटनगरमा भएको प्रतियोगिता अन्तर्गत पुरुष एकलतर्फ उनले लगातार तेस्रो पटक संस्करण जित्दै ह्याट्रिकका साथ जित निकाल्न सफल भएका हुन्।
नेपाल ब्याडमिन्टन संघको शीर्ष १६ वरियताभित्र पुरुष एकलतर्फ पुलिसका प्रिन्सले आर्मीका प्रफुल महर्जनलाई २१–१४, २१–१७ मा पराजित गरे। एक साताभित्र दुवै जनाको दोस्रो पटक भेटे भएको हो। प्रिन्सले नगद ५० हजार, प्रफुलले ३० हजार र तृतीय भएका विष्णु कटुवाल र रुकेश महर्जनले क्रमशः १४ हजार र १२ हजार ५ सयसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे।
महिला शीर्ष १२ वरियताभित्रको एकलतर्फ आर्मीकी अनुमाया राईले एक साताअघि इटहरीमा भएको प्रतियोगिताको विजेता एपिएफकी जेशिका गुरुङलाई १८–२१, २१–१७, २१–६ ले पराजित गर्दै उपाधि जितिन्। अनुमायाको पुष्पलाल स्मृतिमा दोस्रो जित हो। राष्ट्रिय च्याम्पियन आर्मीकी रसिला महर्जन र प्राथना देउवा तृतीय भए। विजेताले ५० हजार रुपैयाँ, उपविजेता जेशिका गुरुङले २८ हजार ५ सय रुपैयाँ, तृतीय भएकी रसिलाले १२ हजार ५ सय रुपैयाँ र प्राथनाले ११ हजार रुपैयाँकासाथ मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे।
शीर्ष १६ वरियता बाहेकको पुरुष एकलमा एपिएफका सुजन थापाले आर्मीका पविन लिनथेपलाई २१–१५, २१–१३ हराउँदै उपाधि जिते। आर्मीका हिमाल चन्द र एपिएफका प्रनिश सिंह ठकुरी तृतीय भए। महिला शीर्ष १२ देखि बाहेकको एकलतर्फ आर्मीकी बिष्णा विष्टले झापाकी अञ्जना राईलाई १९–२१, २१–१९, २१–१९ ले जितिन्। पाँचथरकी रिना तामाङ र आर्मीकी टिशा रानी शाक्य तृतीय भए।
पुरुष यु १७ तर्फ एपिएफका रोशन साउदले आर्मीका अनिल मल्ललाई २१–११, २१–१५ हराउँदै उपाधि जिते। आर्मीका कविर केसी र दाङका सनौला रैनी तृतीय भए। महिला यु १७ तर्फ आर्मीकी रिहाना शेरचनले आर्मीकै टिशा रानी शाक्यलाई २१–१०, २१–१६ हराउँदै विजयी भइन्। कास्कीकी निभा राई र ताप्लेजुङकी नुमा लिम्बू तृतीय भइन्।
पुरुष ४५ वर्षमाथिमा काठमाडौंका संजय कपाली र श्याम लामाको जोडीले कास्कीका राजेश गुरुङ र बाँकेका अनिल लाखेको जोडीलाई २२–२४, २१–१२, २१–१६ हराउँदै उपाधि जिते। सुनसरीका भजनलाल चौधरी र इटहरीका सन्त तामाङ तथा बेलबारीका दीपक आङ्दम्बे र मोरङका विकास श्रेष्ठको जोडी तृतीय भए। पुरुष ५५ वर्षमाथि पाँचथरका रामराज आङ्दम्बे र संजय भक्तराजको जोडीले कास्कीका रमेश भट्टचन र खोटाङका दीपक राईको जोडीलाई १७–२१, २१–११, २१–१० ले हराए। बिबिसीका केशव कार्की र आरके सिंहको जोडी तथा सुनसरीका गणेश राई र भोजपुरका दानबहादुर तामाङको जोडी तृतीय भए।
पुरुष युगलतर्फको आर्मीका विष्णु कटुवाल र पुलिसका प्रिन्स दाहालको जोडीले १४–२१, २१–९, २१–१७ ले एपिएफका विजित थापा मगर र पुलिसका जीवन आचार्यको जोडीलाई हराउँदै उपाधि जिते। आर्मीका प्रफुल महर्जन र रुकेश महर्जनको जोडी तथा कास्कीका विधान अधिकारी र पविन लिनथेपको जोडी तृतीय भए।
महिला युगलतर्फ त्रिभुवन आर्मीकी प्राथना देउवा र अनुमाया राईको जोडीले एपिएफकी शोभा गौचन र पुलिसकी निता लम्सालको जोडीलाई २१–१२, २१–१९ ले पराजित गरे। एपिएफकी जेशिका गुरुङ र सुनयना मुखियाको जोडी तृतीय भए।
नेपाल खेलकुद महसंघ अन्तर्गतको राष्ट्रिय ब्याडमिन्टन संघको आयोजना तथा मोरङ जिल्ला ब्याडमिन्टन संघको सह आयोजनामा प्रतियोगिता भएको हो। अन्य विभिन्न विधाका विजेता तथा उपविजेता खेलाडीले नगदका साथै ट्रफी प्राप्त गरे।
यस प्रतियोगितामा कुनै एक खेलाडीले लगातार ३ संस्करण जिते राष्ट्रिय ब्याडमिन्टन संघ नेपालले स्कुटर प्रदान गर्ने घोषणा गरे अनुसार १३ औँ संस्करणमा प्रिन्सलाई स्कुटर प्रदान गर्ने जनाएको छ। विभिन्न १० विधामा १ सय ९२ बढी खेलाडीको सहभागिता रहेको थियो।