विराटनगरमा भएको केपी ओली रोड रेसको उपाधि नेपाली सेनाका मुकेश पाल र सशस्त्र प्रहरी बल (एपिएफ)की फुलमती रानाले जितेका छन्।
नेपाल खेलकुद महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनको अवसरमा नेकोस राष्ट्रिय एथलेटिक्स संघले विराटनगरमा आज आयोजना गरेको यो प्रतियोगितामा खुला पुरुषतर्फ ५ किलोमिटर दौडमा नेपाली सेनाका मुकेश पालले १३ मिनेट ५४ सेकेण्डमा दुरी पार गर्दै प्रथम, सेनाकै श्रीकाश राईले १४ मिनेट २६ सेकेण्डमा दुरी पार गर्दै द्वितीय र सेनाकै टंक कार्कीले १४ मिनेट २६ सेकेण्डमा दुरी पार गर्दै तृतीय स्थान प्राप्त गरे।
महिलातर्फ ५ किलोमिटरमा एपिएफकी फुलमती रानाले १८ मिनेट ११ सेकेण्डमा दुरी पार गर्दै प्रथम, नेपाल पुलिस क्लबकी राममाया बुढाले १८ मिनेट १५ सेकेण्डमा दुरी पार गर्दै द्वितीय र एपिएफकी सीमा चौधरीले १८ मिनेट २७ सेकेण्डमा दुरी पार गर्दै तृतीय स्थान प्राप्त गरिन्।
प्रतियोगिताका विजेता पुरुष तथा महिला खेलाडीहरुले जनही ५१ हजार, ३१ हजार र १५ हजार रुपैयाँ प्राप्त गरेका छन्।