महत्वपूर्ण लिग भएकाले सुखद् नतिजाका लागि खेल्छौँ: कप्तान पौडेल
०१ फागुन २०७९
•
२ मिनेट पाठ
महत्वपूर्ण लिग भएकाले सुखद् नतिजाका लागि खेल्छौँ: कप्तान पौडेल
फाइल तस्बिर
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आईसिसि विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबिया, स्कटल्याण्ड र आयोजक नेपालबीच मंगलवारबाट आयोजना हुने त्रिकोणात्मक श्रृंखलामा सुखद् नतिजा निकाल्नका लागि नेपाली टोली तयार रहेको बताएका छन्।

नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिता शुरु हुनुपूर्व आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली टोलीका कप्तान रोहितले नयाँ प्रशिक्षकसँगको १० दिने अभ्यासले खेलाडीको मनोबल उच्च भएको भन्दै सुखद् नतिजा निकाल्न नेपाली टोली तयार भएको बताएका हुन्।

एक साता अघि मात्र औपचारिक रुपमा नियुक्त भएका प्रशिक्षक मोन्टी देशाईसँग आपूmले उमेर समूहका धेरै खेल खेलिसकेको र नयाँ प्रशिक्षक भएपनि घुलमिल सहजै भएको बताए। प्रशिक्षक देशाईको प्रशिक्षणमा टोली राम्रो भएको बताए। घरेलु मैदानमा हुने श्रृंखला निकै महत्वपूर्ण रहेको भन्दै रोहितले घरेलु मैदानको भरपुर सदुपयोग गर्ने बताए।  

यस्तै नेपाली टोलीका प्रशिक्षक मोन्टी देशाईले छोटो समयको क्याप निकै फलदायी भएको र १० दिनको अवधिमा आपूmले खेलाडीमा भएको क्षमतालाई निखार्न प्रयास गरेको बताए। प्रशिक्षणको क्रममा प्रशिक्षक देशाईले नेपाली खेलाडीमा आपूmले धेरै क्षमता देखेको र खेलाडीले सो क्षमतालाई खेलमा कार्यन्वयन गर्नेमा आपूm विश्वस्त रहेको बताए। श्रृंखला नेपाली टोलीका लागि निकै महत्वपूर्ण र कठिन भएको भन्दै सुखद् नतिजाका लागि खेल्ने प्रशिक्षक देशाईले बताए।

देशाईले मंगलबारबाट आयोजना हुने श्रृंखलाका लागि नेपाली टोलीको घोषणा गरिसकेका छन् भने श्रृंखलामा सहभागि हुन स्कटल्याण्ड र नामिबिया पनि नेपाली आइसकेका छन्। खेल अघिको पत्रकार सम्मेलनमा स्कटल्याण्ड टोलीका कप्तान रिची बेरिङटनले पनि लिग–२ तालिकामा आफ्नो टोली बलियो अवस्थामा रहे पनि घरेलु दर्शकको उत्साहजनक साथ पाउने नेपालसँग खेल्न सहज नहुने उनले बताए।

उता नामिबियका प्रशिक्षक मोर्ने मोर्कलले आफ्नो टोलीको लिगमा ६ खेल बाँकी रहेको र बाँकी सबै खेल निकै महत्वपूर्ण रहेको बताए। उनले आफ्नो टोली शीर्ष चारमा अटाइसेको र आफ्नो लक्ष्य दोस्रो स्थानमा अटाउने लक्ष्यमा रहेको भन्दै नेपालको भ्रमण राम्रो बनाउने लक्ष्य रहेको बताए।

श्रृंखला अन्तर्गत स्कटल्याण्डले विश्वकप लिग–२ अन्तिम चार खेल नेपालमा खेल्दैछ। स्कटल्याण्डले जुन र जुलाईमा जिम्बाबेमा आयोजना हुने विश्वकप छनोटमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ भने नामिबिया दोस्रो स्थानमा अटाउने योजनाका साथ खेल्नेछ। श्रृंखलामा नेपाल २४ खेलमा १८ अंक जोडेर छैटौं स्थानमा रहेको छ। स्कटल्याण्ड ३२ खेलमा ४६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ भने नामिबिया ३० खेल खेले ३७ अंकका साथ तालिकाकाके तेस्रो स्थानमा छ।

नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित सिरिज फेब्रुअरी १४ देखि २१ सम्म हुनेछ।   सिरिजको पहिलो खेलमा नेपालले नामिबियासँग फेब्रुअरी १४ मा खेल्नछ। यस्तै नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग फेब्रुअरी १७ मा खेल्नेछ। नेपालले फेब्रुअरी १८ मा नामिबियासँग दोस्रो खेल खेल्दा स्कटल्याण्डसँग फेब्रुअरी २१ मा पुनः खेल्नेछ।  
अर्को समाचार
विश्वकपअगाडि नेपालको खराब लय
२१ वैशाख २०८१
•
३ मिनेट पाठ
विश्वकपअगाडि नेपालको खराब लय
आइसिसी ट्वान्टी–२० विश्वकप नजिकिँदै गर्दा कप्तान रोहितकुमार पौडेलबाहेक नेपालका ओपनरसँगै मध्यक्रमका ब्याटर लयमा छैनन्।

यो विश्वकप तयारीका लागि नेपालले क्यारेबियन टोली वेस्ट इन्डिज ‘ए’ सँग ट्वान्टी–२० फरम्याटको अभ्यास खेलिरहेको छ। तर, शृंखलाका चार खेल सकिँदा नेपालको ब्याटिङसँगै बलिङले लय समात्न सकेको छैन। नेपालले बिहीबार पाहुना टोली वेस्ट इन्डिज ‘ए’ सँगको चौथो ट्वान्टी–२० क्रिकेटमा पनि २८ रनको हार बेहोर्‍यो। वेस्ट इन्डिजले पहिले ब्याटिङ गर्दै २०९ रन बनायो। जबाफमा २१० रनको लक्ष्य पछ्याएको नेपाल १८१ रनमै सीमित भयो। यससँगै पाँच खेलको शृंखला नेपालले गुमाउन पुग्यो। पहिलो खेल जितेको नेपालले त्यसपछिका तीन खेलमा लगातार हार बेहोरेको हो। यससँगै शृंखलामा नेपाल ३–१ ले पछि परेको छ।

हरेक खेलमा प्रशिक्षक मोन्टी देसाईले ओपनिङ साझेदारीसँगै बलिङमा धेरै प्रयोग गरे पनि सफल भएनन्। नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार विश्वकपका लागि हितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको थियो। तेस्रो खेलमा यही टोलीबाट प्लेइङ ११ छनोट गरिएको थियो। यसअघि नै कप्तान रोहितले अबको बाँकी खेलमा विश्वकप खेल्ने टोलीबाट नै प्लेइङ ११ छनोट गर्ने स्पष्ट पारेका थिए। चौथो खेलमा सोहीअनुरूप नै भयो, तर यो टोलीले पनि प्रभावकारी प्रदर्शन गर्न सकेन। ब्याटिङ र बलिङमा नेपालले लय समाउन सकेन।

पहिलो खेलमा कप्तान रोहितले शतक बनाउँदै नेपाललाई जित दिलाए। त्यो खेलमा चार विकेट पतन हुँदा पनि ओपनिङ जोडीको साझेदारी राम्रो रहेन। पछिल्ला समय ओपनर कुशल भुर्तेलले सन्दीप लामिछानेको विकल्पको रूपमा लेग स्पिनको जिम्मेवारी पाएका छन्। यसमा उनले केही मात्रामा आफूलाई प्रभावकारी साबित पनि गरे। ब्याटिङमा भने उनी लगातार खराब लयबाट गुज्रिरहेका छन्। पछिल्ला पाँच खेलबाट कुशलले मात्र २० रन जोड्न सफल रहे। यसमा सर्वाधिक १६ रन छ।

अर्का ओपनर आसिफ सेख पनि लयमा नहुनु विश्वकप संघारमा नेपालका लागि चिन्ताको विषय बनेको छ । वेस्ट इन्डिज ‘ए’ सँग आसिफले बिहीबार मात्र अवसर पाए । तर, उनी खाता नै खोल्न असफल रहे। उनको पनि पछिल्लो आँकडा सुखद छैन। पछिल्ला चार खेलमा उनले १५ रन मात्र जोड्न सकेका छन्। चारै खेलमा उनी दोहोरो अंकमा रन बटुल्न असफ रहे। नेपालको ओपनिङ साझेदारी खराब लयबाट गुजँ्रदा नेपालको ब्याटिङ नै धराशयी बन्ने गरेको छ।

पछिल्ला समय आशा गरिएका ब्याट्सम्यान हुन्, अनिल साह। प्रशिक्षक देसाईले उनलाई विश्वकपमा पनि समावेश गरेका छन्। यद्यपि, उनको प्रदर्शन पनि निराशाजनक रहँदै आएको छ। बिहीबार उनले अवसर पाएनन्। तथापि, पछिल्ला चार खेलमा उनको सर्वाधिक ठूलो व्यक्तिगत स्कोर नै १४ रन हो। युवा अलराउन्डर कुशल मल्ल र अनुभवी दीपेन्द्रसिंह ऐरीको ब्याट पनि चल्नै सकेको छैन। यी दुवै पछिल्ला खेलमा सहजै विकेट दिइरहेका छन्।

यद्यपि, यो शृंखलामा कप्तान रोहित भने उत्कृष्ट लयमा देखिएका छन्। वेस्ट इन्डिज ‘ए’ विरुद्धको शृंखलामा रोहितलाई तेस्रो खेलमा आराम दिइएको थियो। तीबाहेक तीन खेलमा उनले एक शतक र दुई अर्धशतक प्रहार गरे। यो शृंखलामा उनको ब्याटबाट कुल २६५ रन निस्किएको छ। जुन विश्वकप नजिकिँदै गर्दा नेपालका लागि केही सुखद पक्ष हो। त्यसबाहेक ब्याटरको नतिजा भने सुखद बन्न सकेको छैन। बलिङमा पनि नेपालका लागि सुखद संकेत देखिएको छैन। ‘स्ट्राइक’ बलरको अभाव टोलीमा देखिएको छ भने अधिकांश बलर महंगा बनिरहेका छन्।

आगामी विश्वकपका लागि सोमपाल कामी टोलीमा समावेश भए। उनी दोस्रो पटक ट्वान्टी–२० विश्वकप खेल्दै छन्। नेपाली टोलीमा हाल सबैभन्दा अनुभवी खेलाडी हुन्, सोमपाल। तर, उनीबाट टोलीले त्यो गति पाउन सकेको छैन। अर्का अनुभवी बलर करण केसीको प्रदर्शन पनि खराब रहँदै आएको छ। स्पिनर ललितनारायण राजवंशीले प्रभावकारी प्रदर्शन गर्न नसक्दा पनि टोलीमा सन्दीपको अभाव देखिएको हो।

क्यानले विश्वकपलाई नै मध्यनजर गर्दै वेस्ट इन्डिजका रोडी इस्टविकलाई बलिङ प्रशिक्षकका रूपमा भिœयााएको थियो। उनी एसिसी प्रिमियर कपअगाडि नै नेपाली टोलीमा आबद्ध भएका थिए। रोडीले बलिङ युनिटलाई सुधार गर्न सकिरहेको छैनन्। ब्याटिङ र बलिङ दुवैतर्पm प्रभावकारी प्रभावकारी प्रदर्शन हुन नसक्दा एक महिनाभन्दा कम समय बाँकी रहेको विश्वकपमा नेपालको तयारी आशालाग्दो बन्न सकेको छैन।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस