समथर जमिनको अभावमा भलिबल र एथ्लेटिक्समै सीमित हुँदै आएको पहाडी भेगको खेलकुद पछिल्लो समय बृहत हुँदै फुटबलतर्फ आकर्षित हुँदै गएको छ। यसै क्रममा खोटाङमा दोस्रो ठूलो पुरस्कार राशीको प्रतियोगिता हुने भएको छ।
सातादिनअघि मात्र सदरमुकाम दिक्तेलमा जिल्लाकै ठूलो (२ लाख ५१ हजार) नगद धनराशी पुरस्कारको ‘अनुप स्मृति आमन्त्रित फुटबल प्रतियोगिता ०७९’ सम्पन्न भएको थियो। अव खोटाङकै स्थानीय सोल्मा स्पोर्टस क्लबले अर्को प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ। क्लबका अध्यक्ष ध्रुबविक्रम राईले आगामी फागुन ६ देखि १३ गतेसम्म ‘अन्तरवडास्तरीय फुटबल प्रतियोगिता ०७९’ आयोजना गर्न लागेको जानकारी दिएका छन्। जिल्लामा फुटबल खेलको व्यवसायिक विकासमा योगदान दिन तथा युवालाई कुलतबाट बँचाउँदै स्वस्थ्य, गतिसिल र सिर्जनसिल बाटोतर्फ उन्मुख गराउने उद्देश्यले खेल प्रतियोगिता आयोजना गर्न लागेको अध्यक्ष राईले बताए।
विजेतालाई १ लाख ११ हजार १ सय ११ नगद पुरस्कारसहित ट्रफि र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताको उपविजेताले ६६ हजार ६ सय ६६ रुपैँया नगदसहित कप, मेडल र प्रमाणपत्र पाउनेछ। त्यस्तै सेमिफाइनलसम्म पुग्ने २ टिमलाई क्रमशः ३३ हजार ३ सय ३३ रुपैँयाका दरले पुरस्कृत गरिने अध्यक्ष राईले बताए। बिधागत पुरस्कारतर्फ अनुशासित टिम र उत्कृष्ट खेलाडीलाई ५ हजार ५ सय ५५, उत्कृष्ट किपर, डिफेण्डर, मिड फिल्डर, हाइ स्कोरर, उत्कृष्ट कोच र योङगेष्ट प्लेयरले पनि जनही ३ हजार ३ सय ३३ नगद पुरस्कार पाउनेछन् । प्रतियोगिताको अवसरमा जिल्लामा क्रियासिल १ जना पत्रकारलाई पनि ५ हजार ५ सय ५५ नगद राशीको ‘खेलकुद पत्रकार पुरस्कार’ प्रदान गर्ने आयोजकले जनाएको छ।
अध्यक्ष राईका अनुसार इलेभेन साईज मैदानमा खेलाइने प्रतियोगितामा खोटाङका १० वटै स्थानीयतहका वडाहरुलाई सहभागी गराइनेछ। एउटै वडाका खेलाडीले मात्र भाग लिन पाउने गरी टिम व्यवस्थापन गर्नुपर्ने नियम पनि क्लबले बनाएको छ। प्रतियोगितामा सहभागिताका लागि क्लबले टिम दर्ता आव्हान पनि गरिसकेको छ। जस अनु्सार माघ २७ गते साँझ ५ बजेसम्म टिम दर्ता गरिसक्नु पर्नेछ भने २८ गते खेल तालिका सार्वजनिक हुनेछ।
प्रतियोगिता स्थानीय फुटबल प्रेमीहरुको अग्रसरतामा प्रदेश तथा संघीय सरकारसँग सहयोग लिएर सोल्मास्थित खेल मैदानमा हुनेछ। केही वर्षअघिदेखि नै निर्माण थालिएको मैदानको स्तरोन्नति कार्य भर्खर सकिएपछि प्रतियोगिता गर्न लागिएको क्लबले जनाएको छ। क्लबले यसअघि ०७२ मा ‘दिक्रेल नगरपालिका कप फुटब प्रतियोगिता’ सञ्चालन गरेको थियो। त्यसबेला ४० हजार नगद राशीको प्रतियोगितालाई बढाएर यसवर्षदेखि १ लाख ११ हजार पुर्याएको क्लबले आगामी वर्षहरुमा निरन्तर खेल खेलाउँदै लाने योजना बनाएको छ।