वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका मार्कोस रसफोर्डको दुई गोलको सहयोगमा मंगलबार चार्लटनलाई ३–० ले निराश पार्दै म्यानचेस्टर युनाइटेड इङ्लिस लिग कप (इएफएल) को सेमिफाइनलमा प्रवेश गरेको छ।
प्रशिक्षक एरिक टेन हागले ८ खेलाडी परिवर्तन गर्दै युवा खेलाडीलाई स्थान दिएका थिए। युवा खेलाडीको बाहुल्य भएको खेलमा युनाइटेडले पहिलो हाफमा एक गोल गरेको थियो दोस्रो हाफमा थप दुई गोल गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो। प्रशिक्षक हागले शनिबार सिटीसँग हुने खेलका लागि अनुभवी खेलाडीलाई विश्राम दिएका थिए। घरेलु मैदानमा हुने उक्त खेलमा युनाइटेड जितको खोजीमा रहनेछ। ओल्ड ट्राफोर्डमा भएको खेलमा एन्टोनीको गोलबाट युनाइटेडले अग्रता लिएको थियो। एन्टोनीले २१औं मिनेटमा गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए।
प्रशिक्षक टेन हागले अनुभवी खेलाडी कासेमिरो, रसफोर्ड र क्रिस्टियन एरिक्सनलाई बेन्चमा राख्दा घरेलु टोली पहिलो हाफमा केही दबाबमा परेको थियो। दोस्रो हाफमा वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका रसफोर्डले अन्तिम र इन्जुरी समयमा गोल गर्दै टोलीको अग्रता तेब्बर बनाउँदा युनाइटेडले सबै खाले खेल गरेर आठौं खेलमा पनि अपराजित यात्रालाई निरन्तरता दिएको छ भने रसफोर्डले लगातार छैटौं खेलमा गोल गरेका छन्। नोभेम्बरदेखि युनाइटेडको भने सबै खाले प्रतियोगिता गरी यो लगातार आठांै जित हो। युनाइटेड पछिल्लो चार वर्षमा लिग कपको सेमिफाइनलमा प्रवेश गरेको यो तेस्रो पटक हो। यस जितसँगै सेमिफाइनलमा स्थान बनाएको युनाइटेडका प्रशिक्षक एरिक टेन हागले आफ्नो टोली पाँच वर्ष लामो उपाधिको खडेरीलाई तोड्ने लक्ष्यमा रहेको बताएका छन्। ‘यस प्रतियोगिताको अन्तिम चारमा प्रवेश गर्नु हाम्रो लागि केही होइन। यसलाई स्वाभाविक रूपमा लिएका छौं। मुख्य लक्ष्य उपाधि हो,’ टेन हागले भने, ‘हामीले अझै राम्रो खेल्नुपर्नेछ। विगत पाँच वर्षदेखि हामीले उपाधि उचाल्न सकेका छैनौं। हामी यो पटक उपाधिको खडेरी तोड्न चाहन्छौं र सेमिफाइनल ‘ड्र’ पछि हामी उपाधि केन्द्रित तयारी गर्छौं।’
युनाइटेडले जोस माउरिन्होको प्रशिक्षणमा सन् २०१६–१७ को इएफएल तथा युरोपा लिग उपाधि जितेयता कुनै पनि ठूला उपाधि हात पार्न सकेको छैन। टेन हागको आगमनपछि लयमा देखिएको टोलीले विश्वकपपछिका खेलमा सुखद नतिजा निकाल्दै आएको छ। त्यसमा रसफोर्ड प्रशिक्षक टेन हागको पहिलो रोजाइमा रहँदै आएका छन्। प्रशिक्षक टेन हागले रसफोर्डको प्रशंसा गर्दै जारी सिजन उनी क्लबका लागि निकै महवपूर्ण खेलाडी हुने स्पष्ट पारे। ‘मैले रसफोर्डमा जस्तो गोल गर्न क्षमता अरूमा देखेको छैन। म बिगत चार वर्षदेखि देखिरहेको छु’, हागले थपे, ‘क्लबलाई यो सिज उत्कृष्ट प्रदर्शन गर्नका लागि उनको आवश्यकता छ।’
यस्तै इङ्लिस प्रिमियर लिगमा उत्कृष्ट लय देखाइरहेको न्युक्यासल युनाइटेड पनि प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ। न्यु क्यासलले लेस्टर सिटीलाई २–० ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो। पहिलो हाफमा गोलरहित बराबरी खेलेको न्युक्यासलले दोस्रो हाफमा दुई गोल गरेको हो। न्युक्यासलको जितमा डान बर्नले ६०औं र जोइलिनटनले ७२औं मिनेटमा एक एक गोल गरेका हुन्।