खोटाङ सदरमुकाम दिक्तेलमा सम्पन्न ‘अनुप स्मृति आमन्त्रित गोल्डकप फुटलब प्रतियोगिता ०७९’ को उपाधि नेर्पा स्पोर्टस क्लब खोटाङले चुमेको छ।
शनिबार सम्पन्न फाईनल खेलमा तेस्रो सँस्करणको उपाधि आयोजकसमेत रहेको दिक्तेल फुटबल क्लब (डिएफसी) लाई २–० गोलले हराउँदै उपाधि चुम्न नेर्पा सफल भएको हो।
दिक्तेलस्थित माटीकोरे खेलमैदानमा सम्पन्न फाईनल खेलमा खेलाडीहरु विजु भुजेल र बिक्की राईले गोल गरेर नेर्पाको उपाधि सुरक्षित गरेका हुन्। मध्यान्तरसम्म दुवै पक्षबाट गोल नभएको खेलको अन्तिम समयमा नेर्पा २ गोल गर्न सफल भएको हो।
मध्यान्तरपछि ५४ औँ मिनटमा नेर्पाका विजु भुजेलले पहिलो गोल गरेर टिमलाई अघि बढाए। ७२ औँ मिनटमा अर्का खेलाडी बिक्की राईको प्रहारले जाली चुम्दै दोस्रो गोल हुन पुग्यो। खेल अवधिभर गोल गर्न नसकेपछि आयोजक डिएसी उपविजेतामा सीमित हुन पुगेको हो।
उपाधिसँगै विजेता नेर्पाले २ लाख ५१ हजार नगद, गोल्डकप, मेडल र प्रमाणपत्रले पुरस्ककृत भयो। उपविजेता डिएफसीले नगद १ लाख ११ हजारसहित कप, मेडल र प्रमाणपत्र पायो। विजेता, उपविजेता दुवै टिमलाई अखिल नेपाल पुफटबल संघ (एन्फा) का महासचिव किरण राईले नगद, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरे। प्रतियोगितामा सेमिफाइनलसम्म पुग्ने इलामको चियाबारी फुटबल क्लब तथा ओखलढुंगाको मानेभन्ज्याङ स्पोर्टस क्लबलाई २५–२५ हजार नगदसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरियो।
विधागत पुरस्कारतर्पफ उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट मिडफिल्डरको उपाधि (डिएफसी) का खेलाडीहरु सन्दिप लिम्बु, टेकेन रानामगर र विशाल तामाङले पाए। उत्कृष्ट स्ट्राइकर नेर्पाका बिजु भुजेल हुँदा ‘योङ्गेस्ट प्लेअर अफ द टुर्नामेण्ट’को उपाधि डिएफसीका भुषण ताम्राकार घोषित भए।
नेर्पाका बिक्की राई सर्वाधिक गोलकर्ता हुन पुगे भने खेल अवधिभरको उत्कृष्ट खेलाडी (डिएफसी) का मनिष लिम्बु घोषित भए। उत्कृष्ट टिम प्रशिक्षक नेर्पाकै वीरेन गुरुङ हुँदा अनुशासित टिमको उपाधि (डिएफसी) ले पायो। बिधागत पुरस्कारतर्फ सबैलाई ५ हजार ५ सय ५५ नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजक माउण्ट एभरेष्ट ईङ्लिस बोर्डिङले जनाएको छ। बोर्डिङले डिएफसीको साझेदारी तथा खोटाङ फुटबल एकेडेमी (केएफए) को सह–आयोजनामा प्रतियोगिता आयोजना गरेको आयोजक मूल समिति संयोजक सागर जोशीले बताए।
उनका अनुसार माउण्ट एभरेष्ट बोर्डिङमा नर्सरी पढ्ने विद्यार्थी अनुप राईको २०६८ जेठ २ गते सवारी दुर्घटनामा निधन भएको स्मृतिमा गोल्डकप आयोजना गरिदै आएको हो। पुस १७ गते सुरु भएर २३ गते सम्पन्न भएको तेस्रो संसकरणमा खोटाङका ७ तथा इलाम, सुनसरी र ओखलङ्गा गरी १० वटा खेल समूहको सहभागिता थियो।
यसअघि प्रथम संस्करणका विजेतालाई १ लाख ११ हजार १ सय ११ र दोस्रो संस्करणमा १ लाख ५१ हजार १ सय ११ पुरस्कार प्रदान गरिएकोमा तेस्रो संस्करणदेखि विजेता र उपविजेतालाई क्रमशः २ लाख ५१ हजार र १ लाख र १ लाख ११ हजार पुर्याइएको संयोजक जोशीले बताए।