अनुप स्मृति आमन्त्रित गोल्डकप: इलाम, ओखलखढुंगा, दिक्तेल र शेर्पा सेमिफाइनलमा
२० पौष २०७९
•
४ मिनेट पाठ
अनुप स्मृति आमन्त्रित गोल्डकप: इलाम, ओखलखढुंगा, दिक्तेल र शेर्पा सेमिफाइनलमा
क्याप्शन
खोटाङ सदरमुकाम दिक्तेलमा जारी ‘अनुप स्मृति आमन्त्रित गोल्डकप फुटबल प्रतियोगिता २०७९’ को क्वाटर फाइनल खेल बुधबार सकिएको छ। 




बिहीबारदेखि हुने सेमिफाइनल खेलका लागि इलाम, ओखलढुङ्गा र खोटाङका २ समूहले स्पर्धा गर्न पाउनेछन्।

दिक्तेलस्थित माउण्ट एभरेष्ट ईङ्लिश बोर्डिङ स्कुल र डिएफसीको संयुक्त आयोजना तथा खोटाङ फुटबल एकेडेमी (केएफए) को सह आयोजनामा गत १७ गतेदेखि दिक्तेलस्थित माटीखोरे खेल मैदानमा जारी प्रतियोगितामा इलामको चियाबारी फुटबल क्लब, ओखलढुङ्गा मानेभन्ज्याङ फुटबल क्लब र घरेलु समूहहरू शेर्पा स्पोर्टस् क्लब र दिक्तेल फुटबल क्लब (डिएफसी) सेमिफाइनलमा पुगेका छन्।

बुधबार भएको अन्तिम क्वाटर फाइनलको पहिलो खेलमासाकेला गाउँपालिकासँगको प्रतिस्पर्धामा शेर्पा स्पोर्टस् क्लब ४–० को ‘अनकन्टस्ट’ जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ। त्यस्तै दोस्रो खेलमा डिएफसीले मितेरी क्लब मोरङलाई शून्यका विरुद्ध २ गोल गर्दै सेमिफाइनलको यात्रा तय गर्न सफल भएको हो। चियाबारी इलाम र मानेभज्याङ ओखलढुङ्गा यसअघिकै खेलबाट सेमिफाइनल पुगिसकेका थिए।

अन्तिम क्वाटर फाइनलको पहिलो खेलमा नेर्पाका बिकी राई एक्लैले पहिलो र छैटौँ मिनटमा २ गोल गरेर टिमलाई विजयी यात्रामा अघि बढाएका थिए भने मध्यान्तरपछि अर्का खेलाडीहरू बिजु भुजेल र सुरज मगरले ६३ र ७३ मिनटमा १/१ गोल थपेर टिमलाई सेमिफाइनलको सुनिश्चित गराएका थिए।

दोस्रो खेलमा खेलाडीहरू प्रितम लिम्बु र मनिष लिम्बुले गरेको २ गोल नै डिएफसीका लागि सेमिफाइनल पुग्ने सुमार्ग हुन पुग्यो। प्रितमले खेल सुरु भएको १० औँ मिनटमा पहिलो गोल गरेर टिमलाई अघि बढाएका थिए भने मध्यान्तरपछि ६४ औँ मिनटमा अर्का मनिष लिम्बुले गोल थप्दा सेमिफाइनलको यात्रा निश्चित हुन पुगेको हो।

अन्तिम क्वाटर फाइनल खेलको म्यान अफ द म्याच डिएफसीका मनिष लिम्बु घोषित भए। उनलाई खोटाङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष राजु लयालुले नगद २ हजार ५ सय पुरस्कार, मेडल तथा प्रमाणपत्र प्रदान गरे।

प्रतियोगितामा सहभागी बिभिन्न १० समूहमध्ये ६ टिम ‘नकआउट’ मा परे। नेर्पासँग इनरुवा एजुकेटेक इभेन्ट क्लब सुनसरी उद्घाटन खेलबाटै नकआउट हुन पुग्यो भने खोटाङ फुटबल एकेडेमी खोटाङकै डिएफसीबाट मैदान छाड्न बाध्य भयो। खोटाङकै दिप्रुङ चुईचुम्मा गाउँपालिका चियाबारी इलामको कहर थेग्न नसक्दा मैदान छाड्नु पर्‍यो भने खोटाङकै खारम्बु स्पोर्टस क्लब खार्मी मानेभञ्ज्याङको दबदबा सहन सकेन।

सेमिफाइनलका दुवै खेल बिहीबार मध्यान्हदेखि सुरु हुने प्रतियोगिता मूल आयोजक समितिका सहसंयोजक सगुन ताम्राकारले बताएका छन्। उनका अनुसार दिउँसो १ः०० बजे सुरु हुने पहिलो सेमिफाइनल खेलमा नेर्पाले चियाबारी इलामसँग पौँठेजोरी खेल्नेछ भने दोस्रो खेलमा डिएफसीले मानेभन्ज्याङ ओखलढुङ्गाको सामना गर्नेछ। प्रतियोगिताको फाइनल खेल पुस २३ गते शनिबार हुनेछ।

प्रतियोगिता विजेता टिमले २ लाख ५१ हजार नगद, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेतालाई १ लाख ११ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिने ताम्राकारले बताए। विजेता र उपविजेता हुन नसक्ने टिमहरु पनि ‘अभागी’ साबित भने हुने छैनन्। सेमिफाइनल पुग्ने २ टिमहरु २५/२५ हजार नगद, कप, मेडल र प्रमाणपत्र पुरस्कारको भागीदार हुने आयोजक समितिले जनाएको छ।

त्यस्तै विधागत पुरस्कारतर्फ म्यान अफ द टुर्नामेन्ट र सर्वाधिक गोलकर्ताले ७ हजार ५ सय ५५ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र टिम प्रशिक्षक तथा अनुशासित टिम प्रत्येकलाई ५ हजार ५ सय ५५ नगद, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने छ।

०६८ जेठ २ गते सवारी दुर्घटनामा परी ज्यान गुमाएका दिक्तेलको माउण्ट एभरेष्ट बोर्डिङका नर्सरी विद्यार्थी अनुप राईको स्मृतिमा १ लाख ११ हजार १ सय ११ रुपैँया नगद पुरस्कारसहित २०७३ चैत २३ देखि २७ गतेसम्म प्रथम संस्करण सञ्चालन भएको थियो। २०७४ वैशाख २६ देखि ३१ गतेसम्म सञ्चालन भएको दोस्रो संस्करणमा पुरस्कार राशि बढाएर १ लाख ५१ हजार १ सय ११ रुपैँया पुर्‍याइएको प्रतियोगिता कोभिडका कारण ४ वर्षयता हुन सकेको थिएन।

चालु वर्षदेखि पुरस्कार राशि दोब्बर बनाएर पुनः सुचारु गरिएको आयोजक समितिले जनाएको छ। विगत वर्षको खेलबाट बचेको रकम र बिभिन्न चन्दादाता, स्थानीय तह र व्यापारिक कम्पनीको प्रायोजनमा प्रतियोगिता सञ्चालन गरिएको पनि सहसंयोजक ताम्राकारले बताए।
अर्को समाचार
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
९ घण्टा अघि
•
१ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
मोरङ। झापामा भएको ‘दोस्रो एक्स्ट्रिम झापा महिला गोल्डकप फुटबल प्रतियोगिता’को उपाधि विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ। दुधे रंगशालामा शनिबार भएको फाइनल खेलमा एपिएफ अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ४-२ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो।




गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनलमा रोकेको थियो।

खेलको निर्धारित ९० मिनेटमा दुवै टोलीबाट १-१ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो। टाइब्रेकरमा एपिएफले ४ र आर्मीले २ गोल गरेको थियो।

एपिएफका लागि गीता राना, निशा थोकर, रश्मिकुमारी घिसिङ र रेनुका नगरकोटीले गोल गरे भने आर्मीकी तुलसा बोहोरा र सुस्मिता चौधरीले मात्र गोल गर्न सकेका थिए। आर्मीकी यशोदा शाही र बिमला थापाको प्रहारलाई एपिएफकी गोलरक्षक एञ्जिला तुम्बापोले बचाइन्।

निकै प्रतिस्पर्धात्मक खेलमा एपिएफले उपाधि जित्दै ११ लाख रुपैयाँ र ट्रफी प्राप्त गर्‍यो भने उपविजेता आर्मीले ५ लाख ५० हजार रुपैयाँमा चित्त बुझाउनुपर्‍यो।

खेलको ३१औँ मिनेटमा आर्मीले अग्रता लिएको थियो। आर्मीका लागि सुक्रिया मियाको क्रस पासमा बिमला चौधरीले गोल गरिन्। एपिएफका ३ जना डिफेन्डरलाई बिट गर्दै गरेको प्रहारले जाली चुमेको थियो। एपिएफले ६०औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्यायो। रश्मिकुमारी घिसिङले डी-एरियाको साइड एंगलबाट गरेको पावरफुल प्रहार गोल भएको थियो। खेलको प्लेयर अफ द म्याच एपिएफकी गोलरक्षक एञ्जिला तुम्बापोले १५ हजार रुपैयाँ पुरस्कार पाइन्।

प्रतियोगितामा सर्वाधिक ९ गोल गरेकी एपिएफकी रश्मिकुमारी घिसिङ सर्वोत्कृष्ट खेलाडी हुँदै १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाइन्। त्यसैगरी, उत्कृष्ट गोलकिपर एपिएफकी एञ्जिला तुम्बापो, उत्कृष्ट मिडफिल्डर एपिएफकी रेनुका नगरकोटी, उत्कृष्ट डिफेन्डर एपिएफकी गीता राना, सर्वाधिक गोलकर्ता एपिएफकी रश्मिकुमारी घिसिङ, उत्कृष्ट प्रशिक्षक एपिएफका जिवेसकुमार पाण्डे र उत्कृष्ट फरवार्ड आर्मीकी चन्द्रा भण्डारी घोषित भए। उनीहरूले जनही २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

मंसिर ५ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपाल, भारत र भुटानका ८ टिमको सहभागिता रहेको थियो। भुटानको थिम्पु राभेन वुमन एफसी, भारतको गेसपुर फुटबल एकेडेमी, आरएस पोखरा फुटबल क्लब, बागमती युथ क्लब, झापा-११ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, एपिएफ फुटबल क्लब र नेपाल पुलिस क्लबको सहभागिता थियो।

विजेता तथा उपविजेतालाई कार्यक्रमका प्रमुख अतिथि शिवसताक्षीका नगर प्रमुख मेगाहाङ थोप्रा, उपप्रमुख नरमाया कार्की, एन पेनाङ एफसीका उपाध्यक्ष नेत्रनारायण श्रेष्ठ, झापा-११ एफसीका अध्यक्ष जलकुमार गुरुङ, गोल्डकपका अध्यक्ष सन्तोष थोप्रालगायतले पुरस्कार प्रदान गरे।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस