नेपाल तेक्वान्दो संघले विराटनगरस्थित जिल्ला खेलकुद विकास समितिको कार्यालयमा सोमबार तालाबन्दी गरेको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल तेक्वान्दो सङ्घलाई गरेको विघटनका विरुद्ध अनिश्चितकालीन तालाबन्दी गरिएको संघका मोरङ अध्यक्ष दिवस नेपालले बताए।
नेपाल तेक्वान्दो संघ र राष्ट्रिय तेक्वान्दो संघको दर्ता खारेजी राखेपले गरेको छ। राखेपले दुवै संघको दर्ता खारेज गरेसँगै नेपाल तेक्वान्दो महासङ्घ गठन गरेको हो। पुस ५ गते मन्त्री स्तरीय निर्णयबाट दुवै संघको दर्ता खारेजी भएको राखेपले जनाएको छ।
परिषद्ले सङ्घलाई विघटन गरेर महासङ्घ बनाउने निर्णय गरेपछि त्यसको विरोधमा आन्दोलन सुरु भएको बताउँदै, अध्यक्ष नेपालले भने, ‘सङ्घलाई महासङ्घ बनाउन नपाइने, संघ विघटन फिर्ता हुनुपर्ने मागसहित प्रदर्शन गर्दै कार्यालयमा अनिश्चित कालीन तालाबन्दी गरेका हौँ।’ हामीले उठाएका मागहरू तत्कालै सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने उनले बताए।
यस अघि संघले आफ्नो विभिन्न माग राखी राखेपमा ज्ञापन पत्र बुझाइसकेको छ। नियम बमोजिम दर्ता भई खेल र खेलकुद क्षेत्रको विकास गर्दै आएको यस सङ्घलाई एक्कासि विघटन गरी अस्तित्व मेटाउने जुन खेल भएको त्यसलाई बन्द गरी विघटन गर्ने निर्णय फिर्ता लिनुपर्ने नेपाले बताए।