विश्वकप २०२६: नयाँ संरचनाको तयारी गर्दै फिफा
०५ पौष २०७९
•
३ मिनेट पाठ
विश्वकप २०२६: नयाँ संरचनाको तयारी गर्दै फिफा
फिफा अध्यक्ष जियानी इन्फान्टिनो । तस्बिर: एपी
४८ राष्ट्र सहभागी, तीन आयोजक राष्ट्र र एक सयभन्दा बढी खेलहरू सन् २०२६ को विश्वकपका विशेषता हुन्। सफलतापूर्वक कतार विश्वकपको आयोजना सकिएपछि फिफा अहिलेसम्मकै सबैभन्दा ठूलो आयोजनाको तयारीमा जुट्नेछ। आइतबार विश्वकप फाइनलले २२औं संस्करणको विजेता पाइसकेको छ भने अब फिफाको ध्यान महत्वाकांक्षी योजना २०२६ को विश्वकपतर्फ मोडिएको छ। ९२ वर्षको विश्वकप इतिहासमा पहिलो पटक तीन आयोजक राष्ट्रले आतिथ्यता गर्दै छन्, ती राष्ट्र हुन्, क्यानडा, मेक्सिको र अमेरिका। आगामी विश्वकपले सबैको ध्यान तान्नेछ।




किनकि सन् १९९८ देखि ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दै आएको विश्वकप आगामी संस्करणबाट ४८ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्। सन् २०१६ मा जियानी इन्फान्टिनो विश्व फुटबलको प्रशासकीय निकाय फिफाको अध्यक्ष बनेदेखि नै उनले यो योजना अगाडि बढाएका थिए। एकै पटक १६ टिम बढाउँदै उनले विश्वकपको आकारमा ठूलो परिवर्तनको प्रयास गरेका छन्। सन् १९३० मा भएको पहिलो संस्करणमा १३ राष्ट्रले मात्र प्रतिस्पर्धा गरेका थिए। सन् १९३४ देखि १९७८ सम्म त्यसलाई बढाएर १६ राष्ट्रमा पुर्‍याइयो। तर, १९८२ पछि फेरि यो संख्या बढाएर २४ राष्ट्रमा पुगेको थियो। विश्वकपमा ४८ राष्ट्र पुर्‍याइएपछि त्यसको फाइदा एसिया र अफ्रिकालाई पुग्नेछ।

नयाँ फरम्याटअनुसार अफ्रिकाले ९ वटा क्वाफाइङ स्लट प्राप्त गर्नेछ। जसले यसअघि पाँचवटा पाउँदै आएको थियो। यता, एसियाले बढेपछि आठवटा स्लट प्राप्त गर्नेछ। ‘हाम्रा लागि यो स्वर्णबाट आएको अवसर हो,’ नाइजेरिया पूर्वअन्तर्राष्ट्रिय खेलाडी सन्डे ओलिसेले भने, ‘म जहिल्यै पनि अफ्रिकाबाट विश्वकप खेल्ने प्रतिनिधित्व बढ्नुपर्छ भन्ने मान्यता राख्दै आएको थियो। धेरै समय विश्वकप खेलेमा मात्र त्यहाँको उपस्थितिलाई सार्थकता बनाउन सकिन्छ। एक अर्ब जनसंख्या भएको हाम्रो महादेशमा सहभागिता बढ्नु पर्दथ्यो।’ यो महादेशका फुटबल महारथी इजिप्ट, अल्जेरिया र नाइजेरिया नै कतार विश्वकपमा छनोट हुन असफल रहे। युरोपका १३ राष्ट्रले विश्वकप खेल्दै आएका थिए।  

अब यो संख्या बढाएर १६ पुर्‍याइएको छ। दक्षिण अमेरिकाबाट पनि ६ राष्ट्रले विश्वकप खेल्ने भएका छन्। आगामी विश्वकपमा कन्काकाफमा रहेका क्यानडा, अमेरिका र मेक्सिको तीनै राष्ट्र आयोजक रहेकाले सन् २०२६ मा यो क्षेत्रबाट ६ राष्ट्रले विश्वकप खेल्नेछन्। प्लेअफ मार्पmत दुई राष्ट्रले विश्वकपमा स्थान बनाउनेछन्। फिफाले एक समूहमा तीन राष्ट्र राख्ने गरी १६ समूह बनाउने संकेत गरेको छ। यसको अर्थ प्रत्येक समूहका दुई टोलीले अन्तिम ३२ मा स्थान बनाउनेछन्। तर, चार टोलीको समूह नै प्रभावकारी देखिएकाले फिफाले यसबारे विचार गर्ने इन्फान्टिनोको भनाइ छ।  

चार टोलीको एक समूह भएमा कुल १२ समूह हुनेछन्। त्यो फरम्याटअनुसार कुल १०४ खेल हुनेछन्। कतार विश्वकपमा कुल ६४ खेल भएका थिए। फाइनलमा पुग्ने एक टोलीले आठ खेल खेल्नु पर्ने प्रावधान छ। अब आयोजकले पनि रंगशालामा १६ वटा रंगशाला तयार गर्नुपर्नेछ। यसअघि ८ वटा रंगशाला आवश्यक थियो। यो प्रावधानअनुसार अमेरिकामा ११ भेन्यु, मेक्सिकोमा तीन भेन्यु र क्यानडामा दुई भेन्युमा खेल हुनेछन्। इन्फान्टिनोले आगामी विश्वकपबाट फिफाको आय पनि बढ्ने आशा गरेका छन्। ७.५ बिलियन आयबाट आगामी सन् २०२६ को विश्वकपमा ११ बिलियन डलर प्राप्त हुने फिफाको अपेक्षा छ।
अर्को समाचार
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
४ घण्टा अघि
•
१ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
मोरङ। झापामा भएको ‘दोस्रो एक्स्ट्रिम झापा महिला गोल्डकप फुटबल प्रतियोगिता’को उपाधि विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ। दुधे रंगशालामा शनिबार भएको फाइनल खेलमा एपिएफ अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ४-२ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो।




गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनलमा रोकेको थियो।

खेलको निर्धारित ९० मिनेटमा दुवै टोलीबाट १-१ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो। टाइब्रेकरमा एपिएफले ४ र आर्मीले २ गोल गरेको थियो।

एपिएफका लागि गीता राना, निशा थोकर, रश्मिकुमारी घिसिङ र रेनुका नगरकोटीले गोल गरे भने आर्मीकी तुलसा बोहोरा र सुस्मिता चौधरीले मात्र गोल गर्न सकेका थिए। आर्मीकी यशोदा शाही र बिमला थापाको प्रहारलाई एपिएफकी गोलरक्षक एञ्जिला तुम्बापोले बचाइन्।

निकै प्रतिस्पर्धात्मक खेलमा एपिएफले उपाधि जित्दै ११ लाख रुपैयाँ र ट्रफी प्राप्त गर्‍यो भने उपविजेता आर्मीले ५ लाख ५० हजार रुपैयाँमा चित्त बुझाउनुपर्‍यो।

खेलको ३१औँ मिनेटमा आर्मीले अग्रता लिएको थियो। आर्मीका लागि सुक्रिया मियाको क्रस पासमा बिमला चौधरीले गोल गरिन्। एपिएफका ३ जना डिफेन्डरलाई बिट गर्दै गरेको प्रहारले जाली चुमेको थियो। एपिएफले ६०औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्यायो। रश्मिकुमारी घिसिङले डी-एरियाको साइड एंगलबाट गरेको पावरफुल प्रहार गोल भएको थियो। खेलको प्लेयर अफ द म्याच एपिएफकी गोलरक्षक एञ्जिला तुम्बापोले १५ हजार रुपैयाँ पुरस्कार पाइन्।

प्रतियोगितामा सर्वाधिक ९ गोल गरेकी एपिएफकी रश्मिकुमारी घिसिङ सर्वोत्कृष्ट खेलाडी हुँदै १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाइन्। त्यसैगरी, उत्कृष्ट गोलकिपर एपिएफकी एञ्जिला तुम्बापो, उत्कृष्ट मिडफिल्डर एपिएफकी रेनुका नगरकोटी, उत्कृष्ट डिफेन्डर एपिएफकी गीता राना, सर्वाधिक गोलकर्ता एपिएफकी रश्मिकुमारी घिसिङ, उत्कृष्ट प्रशिक्षक एपिएफका जिवेसकुमार पाण्डे र उत्कृष्ट फरवार्ड आर्मीकी चन्द्रा भण्डारी घोषित भए। उनीहरूले जनही २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

मंसिर ५ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपाल, भारत र भुटानका ८ टिमको सहभागिता रहेको थियो। भुटानको थिम्पु राभेन वुमन एफसी, भारतको गेसपुर फुटबल एकेडेमी, आरएस पोखरा फुटबल क्लब, बागमती युथ क्लब, झापा-११ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, एपिएफ फुटबल क्लब र नेपाल पुलिस क्लबको सहभागिता थियो।

विजेता तथा उपविजेतालाई कार्यक्रमका प्रमुख अतिथि शिवसताक्षीका नगर प्रमुख मेगाहाङ थोप्रा, उपप्रमुख नरमाया कार्की, एन पेनाङ एफसीका उपाध्यक्ष नेत्रनारायण श्रेष्ठ, झापा-११ एफसीका अध्यक्ष जलकुमार गुरुङ, गोल्डकपका अध्यक्ष सन्तोष थोप्रालगायतले पुरस्कार प्रदान गरे।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस