हारे पनि रमाइरहे मोरक्कोका समर्थक
०१ पौष २०७९
•
३ मिनेट पाठ
हारे पनि रमाइरहे मोरक्कोका समर्थक
फ्रान्स र मोरक्कोबीचको सेमिफाइनल खेल हेर्दै मोरक्कोका समर्थक ।तस्बिर: एपी
विश्वकप इतिहासमा कुनै पनि अफ्रिकन राष्ट्र सेमिफाइनल पुग्दा मोरक्को पहिलो टोली बन्यो। साबिक विजेतासँगस स्तब्ध हुँदा ऐतिहासिक यात्रा सेमिफाइनलमै टुङ्गियो। साबिक विजेतासँग खेलमा पराजित भए पनि मोरक्कोको यात्रा उनीहरूका लागि गौरवमय रह्यो।  




कतार विश्वकपका ६ खेलमा मोरक्कोले सनसनीपूर्ण नतिजा निकाल्यो। समूहचरणको पहिलो खेलमै मोरक्कोले गत संस्करणको उपविजेता क्रोएसियासँग अंक बाँड्दै आफू कतार विश्वकप २०२२ मा डार्कहर्स रहेको संकेत गरेको थियो। दोस्रो खेलमा बेल्जियमलाई स्तब्ध पार्दै मोरक्कोले अन्तिम १६ प्रवेशको सम्भावना बलियो पारेको थियो। तेस्रो खेलमा क्यानडामाथिको जितसँगै मोरक्कोले समूहविजेताका रूपमा अन्तिम १६ को टिकट काट्यो।  

अन्तिम १६ र क्वार्टरफाइनलमा क्रमशः स्पेन र पोर्चुगललाई हराउँदै मोरक्कोले विश्वकपको सेमिफाइनल प्रवेश गर्ने पहिलो अफ्रिकी टोलीको इतिहास रच्यो। यसअघि क्यामरुन, सेनेगल र घानाले पनि क्वार्टरफाइनलमा स्थान बनाए पनि त्योभन्दा अघि बढ्न सकेका थिएनन्। फ्रान्ससँगको हारपछि पनि समर्थकले मोरक्कोको समर्थन गरिरहे।  

खेलपछि फ्रान्सका समर्थकले ‘हामी फाइनल प्रवेश ग¥यौ’ भन्ने गीत गाइरहँदा मोरक्कोका समर्थक आफ्नो देशको झन्डासहित फुटबल टोलीले रचेको गर्विलो इतिहासको खुसियाली साटासाट गरिरहेका थिए। उनीहरूको बुझाइ थियो-फ्रान्ससँगको हारले विश्वकपको उपाधि यात्रामा ब्रेक लागेको हो, फुटबलमा अझै गर्न सक्छौं भन्ने साहसमा होइन।

क्लब र बारमा खेल हेर्न जम्मा भएका केही दर्शकसमेत मोरक्कोको समर्थन गरिरहेका भेटिएका थिए। त्यहीँ भेटिएका एक २२ वर्षे युवक फ्रान्सको जितमा रमाइरहेका थिए साथसाथै मोरक्कोको लडाइँप्रति सम्मान प्रकट गरिहेका थिए। उनी आइतबार फाइनलमा आफ्ना उत्कृष्ट खेलाडी अर्जेन्टिनाका कप्तान लियोनल मेसीलाई हेर्न आतुर देखिएका छन्।

‘मोरक्कोले राम्रो खेल्यो, विश्वविजेतासँग डराएको देखिएन,’ उनले भने, आशा छ अर्जेन्टिनाविद्धको फाइनलमा मोरक्को हाम्रो समर्थनमा हुनेछ।’

यता बेल्जियममा खेल हेरिरहेका मोरक्कोका समर्थक फ्रान्ससँगको हारपछि पनि सडकमा खुसियाली मनाइरहेका थिए। उनीहरूलाई हटाउन प्रहरीले पानीको फोहोरा प्रयोग गर्नुपरेको थियो।  

‘फुटबल हो, हार्दा दुख लागेको छ तर मोरक्कोले जुन उपलब्धि हासिल ग¥यो, त्यसमा गर्व छ,’ रबाटकी स्थायी बासिन्दा फतिमा जाहारा अतकले भनिन्, ‘हामीलाई पनि फुटबलमा केही गर्न सक्छौं भन्ने आशा पलाएको छ। हामीले विश्वकपमा आफ्नो दरिलो उपस्थिति जनाउन सफल भएका छांै।

मोरक्कोमा सन् १९१२ देखि १९५६ सम्म फ्रान्सले शासन गरेको थियो। त्यसैले पनि यो खेलले दुवै राष्ट्रलाई राजनीतिका साथै भावनात्मक महत्व राखेको थियो।  

यसअघि नै मोरक्कोको सफलतालाई राजनीतिक रूपमा विभिन्न ध्रुवमा रहेका अरबी मुलुकलाई पनि एकै स्थानमा ल्याउने माध्यमका रूपमा लिइएको छ। प्यालेस्टाइनविरुद्ध युद्ध जारी रहँदा २०२० मा मोरक्कोको सरकार इजरायलसँग नजिक भएको थियो। तर कतारमा मोरक्कोको समर्थनमा सबैभन्दा बढी उपस्थिति प्यालेस्टाइन समर्थकको थियो। बहराइन, युएई र सुडानजस्ता अरबी मुलुकले पनि इजरायलसँग सम्बन्ध जोडेपछि प्यालेस्टाइन एक्लिएको थियो।  

प्लालेस्टाइनको गाजामा जम्मा भएका समर्थक भने मोरक्कोको यात्रामा पूर्णविराम लाग्दा निकै दुखी देखिए।

‘आज गाजामा दुखद दिन हो। हामीले मोरक्को फाइनल प्रवेश गर्ने आशा राखेका थियांै,’ मोरक्कोका झन्डासहित भेटिएका वाहिल अल रिफीले भने।
अर्को समाचार
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
४ घण्टा अघि
•
१ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
मोरङ। झापामा भएको ‘दोस्रो एक्स्ट्रिम झापा महिला गोल्डकप फुटबल प्रतियोगिता’को उपाधि विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ। दुधे रंगशालामा शनिबार भएको फाइनल खेलमा एपिएफ अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ४-२ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो।




गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनलमा रोकेको थियो।

खेलको निर्धारित ९० मिनेटमा दुवै टोलीबाट १-१ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो। टाइब्रेकरमा एपिएफले ४ र आर्मीले २ गोल गरेको थियो।

एपिएफका लागि गीता राना, निशा थोकर, रश्मिकुमारी घिसिङ र रेनुका नगरकोटीले गोल गरे भने आर्मीकी तुलसा बोहोरा र सुस्मिता चौधरीले मात्र गोल गर्न सकेका थिए। आर्मीकी यशोदा शाही र बिमला थापाको प्रहारलाई एपिएफकी गोलरक्षक एञ्जिला तुम्बापोले बचाइन्।

निकै प्रतिस्पर्धात्मक खेलमा एपिएफले उपाधि जित्दै ११ लाख रुपैयाँ र ट्रफी प्राप्त गर्‍यो भने उपविजेता आर्मीले ५ लाख ५० हजार रुपैयाँमा चित्त बुझाउनुपर्‍यो।

खेलको ३१औँ मिनेटमा आर्मीले अग्रता लिएको थियो। आर्मीका लागि सुक्रिया मियाको क्रस पासमा बिमला चौधरीले गोल गरिन्। एपिएफका ३ जना डिफेन्डरलाई बिट गर्दै गरेको प्रहारले जाली चुमेको थियो। एपिएफले ६०औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्यायो। रश्मिकुमारी घिसिङले डी-एरियाको साइड एंगलबाट गरेको पावरफुल प्रहार गोल भएको थियो। खेलको प्लेयर अफ द म्याच एपिएफकी गोलरक्षक एञ्जिला तुम्बापोले १५ हजार रुपैयाँ पुरस्कार पाइन्।

प्रतियोगितामा सर्वाधिक ९ गोल गरेकी एपिएफकी रश्मिकुमारी घिसिङ सर्वोत्कृष्ट खेलाडी हुँदै १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाइन्। त्यसैगरी, उत्कृष्ट गोलकिपर एपिएफकी एञ्जिला तुम्बापो, उत्कृष्ट मिडफिल्डर एपिएफकी रेनुका नगरकोटी, उत्कृष्ट डिफेन्डर एपिएफकी गीता राना, सर्वाधिक गोलकर्ता एपिएफकी रश्मिकुमारी घिसिङ, उत्कृष्ट प्रशिक्षक एपिएफका जिवेसकुमार पाण्डे र उत्कृष्ट फरवार्ड आर्मीकी चन्द्रा भण्डारी घोषित भए। उनीहरूले जनही २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

मंसिर ५ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपाल, भारत र भुटानका ८ टिमको सहभागिता रहेको थियो। भुटानको थिम्पु राभेन वुमन एफसी, भारतको गेसपुर फुटबल एकेडेमी, आरएस पोखरा फुटबल क्लब, बागमती युथ क्लब, झापा-११ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, एपिएफ फुटबल क्लब र नेपाल पुलिस क्लबको सहभागिता थियो।

विजेता तथा उपविजेतालाई कार्यक्रमका प्रमुख अतिथि शिवसताक्षीका नगर प्रमुख मेगाहाङ थोप्रा, उपप्रमुख नरमाया कार्की, एन पेनाङ एफसीका उपाध्यक्ष नेत्रनारायण श्रेष्ठ, झापा-११ एफसीका अध्यक्ष जलकुमार गुरुङ, गोल्डकपका अध्यक्ष सन्तोष थोप्रालगायतले पुरस्कार प्रदान गरे।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस