निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) विराटनगरले ‘प्याब्सन विराट कप’को दोस्रो संस्करण पुसको पहिलो हप्तादेखि गर्ने भएको छ।
विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्याब्सन विराटनगरले प्रतियोगिताको दोस्रो संस्करण पुस १ गतेदेखि ८ गतेसम्म गर्ने जानकारी दिएको हो। प्रतियोगिताका संयोजक नन्दलाल मण्डलले पुस १ देखि ८ गतेसम्म विराटनगरस्थित सहिद रंगशालामा फुटबल प्रतियोगिता आयोजना गर्न लागेको बताए। उनले यस प्रतियोगितामा प्याब्सनसँग आबद्ध भएका विराटनगर महानगरपालिकाभित्रका ३० वटा विद्यालयको सहभागिता रहेको जानकारी दिए। प्रतियोगितामा कक्षा १० सम्म अध्ययनरत १७ वर्षदेखि मुनिका उमेर समूहका खेलाडीले मात्र सहभागिता जनाउन पाउने छन्।
प्रतियोगिताको विजेताले नगद २५ हजारका साथै रनिङ शिल्ड प्राप्त गर्ने छन् भने उपविजेताले नगद १५ हजार प्राप्त गर्ने छन्। प्रतियोगिता सम्पन्न गर्न ७ लाख ६१ हजार रुपैयाँ अनुमानित खर्च हुने प्याब्सन विराटनगरका अध्यक्ष मोहन बुढाथोकीले बताए।
फुटबलमा नयाँ आयमका लागि ‘प्याब्सनको शान र गौरवका लागि प्याब्सन विराट कप’ भन्ने नाराको साथ २०७६ सालदेखि प्रतियोगिता गर्दै आएको बताएका अध्यक्ष बुढाथोकीले भने, ‘पढाइका साथै खेलकुदका अतिरिक्त क्रियाकलापमा विद्यार्थीलाई सहभागिता गराउँदै उनीहरूको बौद्धिक क्षमता वृद्धि हुने भएकाले प्रतियोगिता गर्न लागेका हौँ।’ २०७७ र २०७८ सालमा कोरोना महामारीका कारण प्रतियोगिता गर्न नसकेको बताइएको छ।