क्रोएसियाका प्रशिक्षक ज्लाट्को डालिचले ब्राजिलको टोली डरलाग्दो भए पनि आफ्नो टोली प्रतिस्पर्धा गर्न सक्षम रहेको बताएका छन्।
एसियाली राष्ट्र जापानसँग पेनाल्टी सुटआउटमा विजयी हुँदै अन्तिम ८ मा प्रवेश गरेको क्रोएसियाका प्रशिक्षक डालिचले प्रतिद्वन्द्वीबारे टिप्पणी गर्दै प्रतिस्पर्धा गर्न सक्षम रहेको बताएका हुन्। २०१८ को विश्वकप उपविजेता क्रोएसियाको टोलीले सोमबार राम्रो फुटबल खेलेर अगाडि बढेको भन्दै उनले टोलीमाथि विश्वास राखेका हुन्।
उनले आफ्नो टोलीले उत्कृष्ट खेल देखाउँदै मानसिक रूपमा पनि बलियो साबित गरेको र ब्राजिलसँगै पनि उच्च आत्मबलका साथ खेल्ने बताएका हुन्। क्रोएसियाले पछि परेको अवस्थालाई उल्टाउँदैै जापानविरुद्ध पेनाल्टी सुटआउटमा जित निकाल्न सफल भएको थियो।
‘ब्राजिल २ सय मिलियन जनसंख्याबाट बनेको टोली हो। हामीसँग मात्र ४ मिलियन जनसंख्या छ। यस कारण हामी उनीहरूभन्दा कमजोर हौं। यद्यपि हामी हाम्रो खेलमा विश्वास राख्न सक्छौं,’ प्रशिक्षक डालिचले भने, ‘अन्य देशसँग भन्दा ब्राजिलसँग भिन्न खेल खेल्नुपर्छ। ब्राजिल फुटबल वातावरणमा अगाडि बढेको देश हो। हामीले यस सत्यलाई स्वीकार गर्दै उनीहरूको सामना गर्नुपर्नेछ।’
ठूलो जनसंख्याबाट फुटबलमा आएको देश भएकाले ब्राजिलमा कुनै पनि स्थानमा खोट लगाउने ठाउँ छैन भन्दै डालिचले बलियो ब्राजिलसँग संयमित हुँदै खेल्ने प्रतिक्रिया दिए।
‘सबै ढंगले नियाल्ने हो भने ब्राजिल वास्तवमै निकै मजबुत टोली हो। यसलाई जारी विश्वकपको सबैभन्दा बलियो टोलीको रूपमा मैले मूल्याङ्कन गरेको छु,’ डालिचले थपे, ‘उनीहरूसँग राम्रा खेलाडी छान्ने प्रशस्त विकल्प छन्। धेरै प्रतियोगितामा व्यावसायिक फुटबल खेल्ने खेलाडी पनि छन्। उनीहरूसँग हामीले प्रतिस्पर्धा गर्ने सुनौलो मौका पनि हो। एक भएर खेल्नु नै हाम्रो बलियो पक्ष हो।’
अघिल्लो विश्वकप फाइनल खेलेको क्रोएसियाले केही अनुभवी खेलाडीबाहेक समग्र टोलीमा परिवर्तन गरेको छ। जसमा लुका मोड्रिच र विंगर इभान पेरिसिच टोलीमा अटाइरहेका छन्। उही टोलीलाई डालिचले निखार्दै विश्वकपसम्मको यात्रा तय गराएका छन्। साथै उनले अघिल्लो संस्करणको फाइनल खेलेको टोलीसँग यसलाई दाँज्न नमिल्ने बताए।
‘हामीले यसअघिका संस्करणमा ऐतिहासिक उपलब्धिहरू पाइसकेका छौं। अब ऐतिहासिक उपलब्धिमा इँटा थप्नु छ। २०१८ को विश्वकपसँग तुलना गर्नु हुँदैन,’ प्रशिक्षक डालिचले थपे, ‘चर्चित विश्वका फुटबल क्लबमा खेलेका अनुभव हाम्रा खेलाडीमा छ। अपेक्षा राखौं इतिहास बन्नेछ।’
ब्राजिलले सोमबार दक्षिण कोरियालाई ४-१ ले स्तब्ध बनाउँदै क्रोएसियासँग अन्तिम चारमा भेट पक्का गरेको थियो। जारी प्रतियोगितामा यो ब्राजिलको उत्कृष्ट खेल हो। पाँच पटकको टोलीसँग प्रतिस्पर्धा गर्न आफ्नो टोली तयार भएको प्रशिक्षक डालिचले दोहोर्याए।