पहिलो पटक एसियाका ६ राष्ट्रसहित सन् २००२ को विश्वकपमा सेमिफाइनलसम्म यात्रा तय गरेको दक्षिण कोरिया आफ्नै महादेशमा हुने कतार विश्वकप फुटबलमा प्रतिस्पर्धा गर्दै छ।
कुनै पनि एसियन राष्ट्रले पछिल्ला २० वर्षयता दक्षिण कोरियाको ऐतिहासिक यात्रा दोहोर्याउन सकेको छैन, जुन २००२ को विश्वकपमा डच प्रशिक्षक गुस हिडिन्कले दक्षिण कोरियालाई दिलाएका थिए। दक्षिण कोरियाले घरेलु भूमिमा पोर्चुगल, इटाली र स्पेन जस्ता फुटबलका महारथीलाई स्तब्ध बनाउँदै अन्तिम चारको यात्रा तय गरेको हो। सेमिफाइनलमा पनि कोरिया जर्मनीसँग १–० को साँघुरो हारले स्तब्ध भएको थियो। यस पटक आयोजक कतार, जापान, दक्षिण कोरिया, साउदी अरबिया, इरान र अस्ट्रेलिया एसियाली प्रतिस्पर्धी हुन्। यो पटक यी एसियाली राष्ट्रहरू २० वर्षअगाडिको प्रभाव दोहोर्याउने लक्ष्यमा छन्।
उनीहरूले यसका लागि तयारी पनि गरेका छन्। कोरिया सन् २००२ पछि एक पटक मात्र नकआउट चरणमा पुगेको छ। कोरिया यस पटक पनि त्यो ऐतिहासिक यात्रा दोहोर्याउन चाहन्छ। तर, उसका स्टार स्ट्राइकर सन ह्युङ मिनको अनुहारमा चोटका कारण कोरियालाई ठूला धक्का लागेको छ। यसै महिनाको सुरुआतमा टोटेनह्यामसँग अभ्यास गर्दा उनको आँखामा चोट लागेको थियो। त्यसैले कतारमा पछिल्लो समय उनी अनुहारमा कालो मास्क लगाएर कोरियाली टोलीसँग अभ्यास गरिरहेका हुन्छन्। अझै पनि ३० वर्षे सनले समूह चरणका सबै खेल खेल्छन् या खेल्दैनन् भन्ने प्रस्ट छैन। समूहचरणमा कोरियाले पोर्चुगल, घाना र उरुग्वेसँग खेल्दै छ।
‘अझै आँखामा चोट हुन सक्ने दबाबका बाबजुद म यहाँ आएको छु,’ सनले भने, ‘अहिले नै सबै खेल खेल्न सक्छु भन्ने अवस्था छैन। हरेक दिन आँखामा कस्तो सुधार आउँछ, त्यसबाट मात्र मेरो यात्राबारे थाहा हुन्छ।’ यता अर्को एसियन राष्ट्र जापान तीन पटक विश्वकपको नकआउट चरणमा पुगेको इतिहास छ। यस पटक जापान समूह ‘ई’ मा जर्मनी, स्पेन र कोस्टारिकाजस्ता बलिया प्रतिद्वन्द्वीका बीच छ। चार वर्षअगाडि जापान अन्तिम १६ को खेलमा बेल्जियमजस्तो टोलीसँग ३–२ ले स्तब्ध भएको थियो, पछि उक्त प्रतिस्पर्धालाई त्यो विश्वकपकै उत्कृष्ट खेलको संज्ञा दिइयो।
रसियामा जापान २–० को अग्रता जोगाउन नसक्दा बाहिरिएको हो। यद्यपि, यस पटक विश्वकपअगाडि जापानको तयारी त्यति राम्रो देखिएको छैन। बिहीबार राति मैत्रीपूर्ण खेलमा जापान क्यानडासँग २–१ ले स्तब्ध हुन पुग्यो। ‘यो खेलले हाम्रो अवस्था बाहिर ल्याइदियो। हामीले धेरै ठाउँमा काम गर्न आवश्यक रहेछ भन्ने यो खेलले देखाएको छ। हामी यसलाई सुधार गर्छौं,’ जापानका कप्तान माया योसिदाले भने। आयोजक कतारले यसअघि कहिल्यै पनि विश्वकप खेलेको छैन। तर, सन् २०१९ को एसियन कप विजेता कतारले केही सम्भाव्यता भने देखाएको छ। सन् २०२१ मा उत्तरी अमेरिका गोल्ड कपमा कतारलाई अतिथि राष्ट्रका रूपमा बोलाइएको थियो, जहाँ सन् २०२२ को विश्वकप आयोजकले सेमिफाइनलसम्म यात्रा तय गर्यो।
कतारका स्ट्राइकर अल्मोइज अली प्रतियोगिताको सर्वाधिक गोलकर्ता पनि रहे। कतारको पछिल्ला सफलताका नायक हुन्, स्पेनिस प्रशिक्षक फेलिक्स सान्चेज। उनी पछिल्लो १६ वर्षदेखि कतारी फुटबलमा जोडिँदै आएका छन्। उनले नै ‘जे पनि गर्न सकिन्छ’ भन्ने कतार टोलीलाई आत्मविश्वास दिलाउँदै आएका छन्। यद्यपि, कतारको समूहमा नेदरल्यान्ड्स, इक्वेडर र सेनेगलजस्तो टोली छन्। ‘सन् २०१९ मा कतारले पनि एसियन कप जित्न सक्छ भन्ने विश्वास कसैले गरेका थिएनन्। मैले विश्वकप नै कतारले जित्छ भन्न खोजेको चाहिँ होइन। तर, यी तीन प्रतिद्वन्द्वीलाई कतारले राम्रो चुनौती दिन चाहिँ सक्छ भन्ने मेरो आसय हो,’ केही समय अगाडि सान्चेजले स्पेनिस खेल दैनिक मार्कासँगको अन्तर्वार्ताको क्रममा भनेका थिए।
इरान लगातार तेस्रो पटक विश्वकप खेल्न लागेको हो र उसले पनि राम्रै तयारी गरेको छ। इरानले गत सेप्टेम्बरमा पूर्वप्रशिक्षक कार्लोस क्विरोजलाई ड्य्रागन स्कोसिचको स्थानमा नियुक्त गरेको छ। इरानमा पछिल्लो समय सरकारविरुद्ध आन्दोलन हुँदै आएको छ। २२ वर्षीया मासा अमिनी सरकारद्वारा निर्धारण गरिएको पोसाक बुर्काबिना हिँडेपछि उनको हत्या भएको थियो। त्यसयता इरानी सरकारविरुद्ध आन्दोलन हुँदै आएको छ। यद्यपि, इरानका कप्तान एलिरेजा जहानबक्सले बिहीबार आफ्ना खेलाडीको ध्यान विश्वकपतर्फ मात्र केन्द्रित रहेको धारणा राखेका छन्। ‘हामी यहाँ फुटबल खेल्न आएका हौं। सबै खेलाडीको ध्यान यसतर्फ नै केन्द्रित छ,’ फेएनुर्डका खेलाडी एलिरेजाले भने।
यता, अर्को एसियन राष्ट्र अस्ट्रेलियाले प्लेअफमार्फत विश्वकपमा स्थान बनाएको हो। अस्ट्रेलियाले प्लेअफमा पेरुजस्तो बलियो राष्ट्रलाई स्तब्ध बनाउँदै कतार विश्वकपमा स्थान बनाउन सफल भयो। अस्ट्रेलियाका वर्तमान प्रशिक्षक ग्राहम आर्नोल्डले पछिल्ला प्रशिक्षकले जस्तो स्टार खेलाडीलाई टोलीमा राखेका भने छैनन्। तर, सेल्टिकका आरोन मोएको कप्तानीमा रहेको अस्ट्रेलियाले पनि बलियो टोली तयार पारेको छ। साउदी अरेबियाले छनोट चरणमा जापानलाई पछि पार्दै विश्वकपमा स्थान बनाएको हो। तर, साउदी आफ्नो समूह ‘सी’ मा अर्जेन्टिना, पोल्यान्ड र मेक्सिको जस्ता बलियो राष्ट्रको चुनौती सामना गर्नुपर्नेछ।