किसानलाई अनुदानमा गहुँको बीउ
२१ कार्तिक २०८२
•
१ मिनेट पाठ
किसानलाई अनुदानमा गहुँको बीउ
दाङको तुलसीपुर उपमहानगरपालिकाले किसानलाई गहुँको बीउ वितरण सुरु गरेको छ।




बिहीबारदेखि उपमहानगरपालिकाले गहुँको बीउ वितरण सुरु गरेको हो। यस वर्ष दुई हजार क्विन्टल गहुँको बीउ वितरण गर्न लागिएको उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले बताए।

उनका अनुसार गौतम, विजय र वाणगङ्गा जातका बीउ ल्याइएको छ। जसमा ७० क्विन्टल गौतम, ९० क्विन्टल विजय र ४० क्विन्टल बाणगङ्गा बीउ ल्याइएको हो। किसानहरूलाई सहजताका लागि यसरी बीउ ल्याएर वितरण गर्ने गरिएको उनको भनाइ छ।

उनका अनुसार ५० प्रतिशत अनुदानमा किसानलाई बीउ उपलब्ध गराउने गरिएको छ। जसमा किसानलाई प्रतिकिलो ३७ रुपैयाँ पर्न जान्छ।
अर्को समाचार
किसानलाई अनुदानमा गहुँको बीउ वितरण
०५ पौष २०८१
•
२ मिनेट पाठ
किसानलाई अनुदानमा गहुँको बीउ वितरण
फाइल तस्बिर
गहुँखेती लाउने समय घर्कँदै जाँदा बीउ नपाएर हैरान भएका महोत्तरीका केही भेगका किसानलाई राहत मिलेको छ। 




खेतबारी खनजोत गरेर तयार पारिसक्दासम्म भरपर्दो बीउ नपाएर हैरान भएका किसानलाई आफ्नो स्थानीय तहले उन्नत जातको गहुँको बीउ ५० प्रतिशत अनुदानमा पाएपछि राहत मिलेको हो। जिल्लाका मटिहानी र बर्दिबास नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा गहुँको बीउ उपलब्ध गराएका छन्।

'खेतबारी खनजोत गरेर तयार पार्यौँ, भरपर्दो बीउ नपाएर छर्न पाइएको थिएन,' मटिहानी–६ का किसान नेमत अतुल्लाले भने, 'अहिले नगरपालिकाले आधा मूल्यमा उन्नत बीउ दियो, अब दुई–तीन दिनमै छरिसकिन्छ ।' मटिहानी नगर कार्यपालिकाको कार्यालयको कृषि शाखाले नगर क्षेत्रका नौवटै वडाका नौ सय किसानलाई महोत्तरी कृषि ज्ञान केन्द्रले सिफारिस गरेको गौतम र विजय जातका उन्नत गहुँको बीउ वितरण गरेको हो। गहुँको बीउको निर्धारित मूल्य प्रतिकिलो रु ८५ मा अहिले किसानले ५० प्रतिशत अनुदानमा ४२ रुपैयाँ २५ पैसामै पाएका हुन्।

गहुँबाली लगाउने समय घर्कँदै जाँदा बीउ खोज्न निकै भौतारिएका किसान अहिले खुसी छन्। 'पहिले निकै खोजी गरियो, विश्वासिलो बीउ भेटिएन, अहिले त आधा मूल्यमै पाइयो, निकै खुसी छौँ,' मटिहानी–८ का जसिम दर्जी भन्छन्, 'नगरपालिकाले समय समयमा हेर्छ भन्ने विश्वास जाग्यो।' यता मधेसमा मङ्सिर चौथो साताको प्रारम्भदेखि पुसको दोस्रो साताभित्र गहुँ छर्ने उपयुक्त समय मानिन्छ। अहिले बीउ पाएपछि अब समयमै बाली लगाउन पाइएको किसान बताउँछन्।

यसैगरी जिल्लाको सुदूर उत्तरवर्ती बर्दिबास नगरपालिकाको कृषि शाखाले पनि नगर क्षेत्रका चार सय २५ किसानलाई २० देखि ८० किलोग्रामसम्म गहुँको बीउ उपलब्ध गराएको छ। बर्दिबासमा उन्नत जातको गहुँको बीउ खरिदमा नगर कार्यपालिकाको कार्यालयले रु आठ लाख ५० हजार अनुदान उपलब्ध गराएको कृषि शाखाका प्रमुख साजन दाहाल बताउँछन्।

यस नगर क्षेत्रमा एक ४० क्विन्टल गहुँको बीउ किसानलाई वितरण गरिएको कृषि शाखाले जनाएको छ। बर्दिबासमा कुल नौ हजार पाँच सय ६५ हेक्टर खेतीयोग्य जग्गामध्ये दुई हजार तीन सय १५ हेक्टरमा गहुँखेती गरिँदै आइएको दाहालको भनाइ छ।

जिल्लामा जम्मा १५ स्थानीय तह छन्। सबैतिरको मुख्य पेसा खेती नै छ। यसैले गहुँ मात्र नभएर सबैजसो बाली लगाउन किसानलाई उत्प्रेरित गर्न सम्बद्ध स्थानीय तहको नेतृत्वले पहलकदमी लिनुपर्ने जिल्ला समन्वय समितिका प्रमुख सुमनकुमारलाल कर्णको सुझाव छ।
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock २० मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस