भिजिट भिसाको नयाँ गन्तव्य सिंगापुर र बागडोगरा एयरपोर्ट
१३ साउन २०८२
•
५ मिनेट पाठ
भिजिट भिसाको नयाँ गन्तव्य सिंगापुर र बागडोगरा एयरपोर्ट
<br>
काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ गरिएपछि मानव तस्करहरूले भिजिट भिसामा नेपाली महिलालाई विदेश पठाउन भारतको पश्चिम बंगालस्थित बागडोगरा विमानस्थल तथा सिंगापुर विमानस्थलको प्रयोग गर्न थालेका छन्।




खाडी मुलुकमा महिलाहरूलाई भिजिट भिसामार्फत पठाउन नेपालको विमानस्थलबाट कडाइ गर्न थालेपछि भारतको सिलगुडी हुँदै बागडोगरा र भारतबाटै सिंगापुर एयरपोर्ट प्रयोग गर्न थालिएको एक म्यानपावर व्यवसायीले भने।

‘नेपालको विमानस्थलबाट निकै कठिन भयो, त्यसकारण जता सहज हुन्छ उतैबाट पठाउने हो। कहिले दिल्ली एयरपोर्ट त कहिले बागडोगरा एयरपोर्टबाट पठाउने गरिन्छ,’ ती व्यवसायीले भने। उनका अनुसार पछिल्लो पटक अलि बढी पैसा तिर्न तयार भएकाहरूलाई सिंगापुर एयरपोर्टको पनि प्रयोग गर्न थालिएको हो।

बिहीबार मात्रै ‘दिल्ली रुट’ प्रयोग गरेर विदेश पठाउन लागेका ४७ नेपाली महिलालाई गत बुधबार साँझ भारतको दिल्लीस्थित विमानस्थलबाट उद्धार गरेर नेपाल ल्याइएको थियो। उनीहरूलाई पनि बागडोगरा एयरपोर्टबाट पठाउन लागिएको थियो। तर दिल्लीको टिकट काटिएकाले उनीहरू उता फेला परेका थिए।

उनीहरूका साथमा कोलकाता विमानस्थल प्रयोगका लागि तयार पारिएको नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) भेटिएको छ। ‘दिल्लीबाट उद्धार गरिएका महिलाहरूमा कोलकाता विमानस्थलको एनओसी भेटिएको छ, केहीले च्यातेर नष्ट गरेको पनि पाएका छौं,’ मानव बेचबिखन नियन्त्रण ब्युरोले जनाएको छ।

यो विषयमा ब्युरोले पीडितहरूबाट जाहेरी लिएर अनुसन्धान सुरु गरिसकेको छ। काठमाडौं जिल्ला अदालत स्रोतले दिएको जानकारीअनुसार ४७ महिलामध्ये १९ जनाले जाहेरी दिएका छन्।

उनीहरूले जाहेरी दिएपछि प्रहरीले आशंकित व्यक्तिहरूको खोजी सुरु गरेको छ। भिजिट भिसामा खाडी मुलुक पठाउन लागिएका ती महिलाहरूलाई नेपाल प्रहरी र दिल्लीस्थित नेपाली राजदूतावासको पहलमा उद्धार गरिएको थियो।

भिजिट भिसाको दुरुपयोग गरी मानव तस्करी बढेको गुनासोपछि गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा सुधारको कदम चालेको थियो। विमानस्थलबाट कडाइ हुन थालेपछि मानव तस्करहरूले वैकल्पिक माध्यम र मार्ग प्रयोग गर्न थालेका हुन्।

‘दुबई, दिल्लीमा रहेका मानव तस्कहरूले भिजिट भिसाको दुरुपयोग गर्ने र सोही अनुकूलको हवाई रुट प्रयोग गरेको देखिन्छ,’ मानव बेचबिखन नियन्त्रण ब्युरोमा कार्यरत एक अनुसन्धान अधिकृतले भने।

उनका अनुसार अहिले पनि दिल्लीबाट उद्धार गरिएका महिलाहरूसँग बयान लिने काम भइरहेको छ। ब्युरोका प्रमुख एसएसपी कृष्ण पंगेनीले उनीहरूबाट आएको सूचनाका आधारमा अनुसन्धान भइरहेको बताए। ‘अहिले अनुसन्धान भइरहेको छ, अनुसन्धान भइरहेको विषयमा थप जानकारी दिन मिल्दैन,’ ब्युरो प्रमुख एसएसपी पंगेनीले भने।

उद्धार गरिएका महिलाहरूले दिएको सूचनाका आधारमा गिरोहका केही व्यक्तिको पहिचान भइसकेको छ। पहिचान भएका व्यक्तिहरूबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। साथै, किटानी जाहेरी परेकाले केही व्यक्ति भारतमै रहेको र उनीहरूलाई पनि त्यहाँको प्रहरीमार्फत पहिचान गर्ने काम गरिरहेको छ।

‘दुबई र भारतमा दलालहरू छन्। उनीहरूको पहिचान गर्ने गरी काम भएको छ,’ स्रोतले भन्यो, ‘मान्छेको हुलिया खुलेको छ तर उनीहरू कहाँ छन् भन्नेचाहिँ खुलिसकेको छैन।’

भिजिट भिसामार्फत मोटो रकम लिएर खाडी मुलुकमा पुर्‍याएर अलपत्र पार्ने क्रम नरोकिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बेलाबखत छापा मारेर कर्मचारीमाथि अनुसन्धान गर्ने गरेको छ।

धेरै मानिस विदेशमा रोजगारी वा राम्रो जीवनस्तरको आशामा विभिन्न मुलुकको भिजिट भिसा लिएर जाने गरेको र त्यही भिसा दुरुपयोग गरी उनीहरूलाई गैरकानुनी तरिकाले जबर्जस्ती श्रममा लगाइने वा मानव बेचबिखनमा संलग्न गरिनेजस्ता क्रियाकलापहरू भएको पाइएपछि यसको व्यापक आलोचना हुँदै आएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भिजिट भिसामा विदेश जानेहरूसँग रकम असुली गरिएको प्रकरणमा अध्यागमन कार्यालयका १५ कर्मचारीलाई पछिल्लो पटक अन्यत्र सरुवा गरिएको थियो। त्यहाँ गृह मन्त्रालयमातहतबाट नयाँ कर्मचारी खटाइएको छ। अहिले विमानस्थल अध्यागमन प्रमुखमा नरहरि घिमिरेलाई खटाइएको छ। घिमिरे यसअघि अख्तियारका प्रवक्ता थिए।

भिजिट भिसा प्रकरणमा तत्कालीन प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईलाई पक्राउ गरेको सोधपुछपछि अख्तियारले हाल हाजिरीजमानीमा राखेर अनुसन्धान गरिरहेको छ। अध्यागमनका यसअघिका कर्मचारीहरू पनि अनुसन्धानको दायरामा छन्। अध्यगमन विभागममा अहिले गृह मन्त्रालयबाट रामचन्द्र तिवारीलाई पठाइएको छ।

भट्टराईबाट नियन्त्रणमा लिइएका उपकरणमाथि छानबिन चलिरहँदा सेटिङमा संलग्न रहेको आंशकामा अध्यागमनमा कार्यरत आठ कर्मचारीलाई सुरुमै सरुवा गरिएको थियो।

भिजिट भिसामा सेटिङ गरेर पठाएको आरोपपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा थप कडाइ गरिएको छ। अब अध्यागमन कार्यालयका कर्मचारीले आफू कुन ठाउँमा ड्युटीमा खटिनुपर्ने भन्ने जानकारी १५ मिनेटपहिले मात्रै पाउने भएका छन्।

अख्तियार स्रोतका अनुसार भिजिट भिसामा विदेश जानेहरूसँग प्रतिव्यक्ति २० हजारदेखि ४० हजार रुपैयाँसम्म असुलेर गिरोहको सेटिङमा दुबईलगायत मुलुकमा पठाउने गरेको उजुरीका आधारमा भट्टराईलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको थियो।

अख्तियारले यतिबेला अध्यागमन कार्यालय, श्रम विभाग, ट्राभल एजेन्सी, कन्सल्टेन्सी, होटल, एयरलाइन्स र म्यानपावर कम्पनीलाई निसानामा राखेर अनुसन्धान गरिरहेको छ। भिजिट भिसाको मूल उद्देश्य घुमफिर, पारिवारिक भेटघाट वा छोटो अवधिको व्यापारिक भ्रमण भए पनि नेपालबाट यसको दुरुपयोग भएपछि संसद् र बाहिर पनि यसको व्यापक विरोध हुँदै आएको छ।

विमानस्थलको अध्यगमन कार्यालय सुधार गर्न भनेर मन्त्रालयले त्यहाँ कार्यरत पुराना कर्मचारीहरूको ‘सेटिङ’ तोड्न लोकसेवा आयोगबाट हालै सिफारिस भएका ४४ जना नयाँ अधिकृतलाई खटाइएको छ।

यसैगरी, अध्यागमन विभागले विमानस्थलमा सर्भर डाउन भएको बहानामा शंकास्पद गतिविधि हुन नदिन साउन १ गतेदेखि वैकल्पिक ‘डाटा सेन्टर’ समेत स्थापना गरेको छ।

यसले गर्दा सरकारी एकीकृत डाटा सेन्टर (जिआइडिटी) मा समस्या आए पनि विमानस्थलको सेवा प्रभावित नहुने विभागले जनाएको छ। विमानस्थलमा कडाइ भएपछि ट्राभल एजेन्सीहरूले सेटिङ मिलाएर नेपालीलाई विदेश पठाउन नसक्ने अवस्था आएको छ।
अर्को समाचार
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
७ मिनेट अघि
•
१ मिनेट पाठ
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
काठमाडौं। देशभर भएका १६ वटा विपद्का घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। ती घटनाबाट रु २५ लाख ५१ हजार ८०० बराबरको आर्थिक क्षति भएको छ।




राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मङ्सिर ११ देखि १२ गतेसम्म देशका विभिन्न जिल्लामा आगलागी, सर्पदंश, लेक लाग्नु तथा जनावरको आक्रमणका घटना भएका हुन्।

प्राधिकरणका प्रवक्ता एवं उपसचिव रामबहादुर केसीका अनुसार उक्त अवधिमा झापा, मोरङ, सुनसरी, उदयपुर, सिरहा, दोलखा, कास्की र रुपन्देहीलगायत जिल्लामा आगलागीका घटना भएका छन्। त्यस्तै दोलखा र मोरङमा सर्पदंश, मुस्ताङमा लेक लाग्नु तथा उदयपुर र रौतहटमा जनावरको आक्रमणका घटना भएका छन्।

विभिन्न विपद्का घटनामा परी घाइते भएकामध्ये केहीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई थप उपचारका लागि अन्य जिल्लाका अस्पतालमा पठाइएको प्राधिकरणले जनाएको छ।

विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत तथा व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रवक्ता केसीले जानकारी दिए। घटनाबाट भएको जनधनको क्षतिको थप विवरण सङ्कलन गर्ने कार्यसमेत जारी रहेको प्राधिकरणले जनाएको छ।

यसैबीच, प्राधिकरणले सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ। अनावश्यक जोखिम नलिन, आधिकारिक निकायबाट जारी सूचना तथा निर्देशन पालना गर्न र सम्भावित जोखिमबाट बच्न आवश्यक पूर्वतयारी गर्न प्राधिकरणले अनुरोध गरेको छ।
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
नेपाली कांग्रेसले देशभर ७५३ वटै स्थानीय तहमा ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने भएको छ।
Whatsapp
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
समाज
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
देशभर भएका १६ वटा विपद्का घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
Whatsapp
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
धर्म/संस्कृति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रमलाई यस क्षेत्रको धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिएको छ।
Whatsapp
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी
समाज
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी
सशस्त्र प्रहरी बल नेपालले नेपाल–भारत सीमा क्षेत्रमा हुने विभिन्न आपराधिक क्रियाकलाप न्यूनीकरण तथा राजस्व चुहावट नियन्त्रण गर्ने ध्येयका साथ स्था...
Whatsapp
दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने
उनलाई नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माले परियोजनाको हालसम्मको  प्रगति र वर्तमान अवस्थाबारे जानकारी गराएका थिए।
Whatsapp
तापक्रम वृद्धिसँगै मलेरिया सार्ने लामखुट्टेको जोखिम बढ्न सक्ने
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तापक्रम वृद्धिसँगै मलेरिया सार्ने लामखुट्टेको जोखिम बढ्न सक्ने
वैज्ञानिकहरूले उच्च तापक्रममा मलेरिया सार्ने लामखुट्टेको प्रजनन क्षमता बढाउन मद्दत गर्ने एउटा जीनको भिन्नता पत्ता लगाएका छन्।
Whatsapp
यो पनि पढौँ
दसौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दसौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशका विभिन्न जिल्लामा अनौपचारिक रूपमा सञ्चालन भएका खेलहरूको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थ...
Whatsapp
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले आयोजना क्षेत्रमा रहेका चमेराको संरक्षणका लागि तीनवटा वैकल्पिक बासस्थान निर्माण सुरु गरेको छ...
Whatsapp
जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती
बागलुङ, वैदेशिक रोजगारीका लागि जापान पुगेका निसीखोला गाउँपालिका-४ थापागाउँका लीलाबहादुर घर्ती एक वर्षमै स्वदेश फर्किएर कृषि उद्यममा रमाएका छन्।
Whatsapp
पर्यटकीय स्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पर्यटकीय स्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
दाङको पर्यटकीय क्षेत्र तुलसीपुर उपमहानगरपालिका वडा नं १९ छिल्लीकोट जोड्ने सडक विस्तार तथा स्तरोन्नति हुने भएको छ।
Whatsapp
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
नेपाल–चीन उत्तरी कोरलानाकामा भौतिक पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको चार वर्ष बितिसक्दासमेत निर्माण कार्य स...
Whatsapp
धान चुटेर, गोरु धपाएर रमाए विदेशी पर्यटक
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धान चुटेर, गोरु धपाएर रमाए विदेशी पर्यटक
धान काटेर खाली भएको खेतमा कोही कुन्यूँबाट धान निकालेर चुट्न व्यस्त थिए भने कोही गोरु नारेर दाइँ गरिरहेका थिए। महिलाहरू गुन्द्री बुन्न प्रयोग हुने पराल...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस