चार वर्ष अघि खरिद गरिएका सामग्रीमा अख्तियारको तीव्र चासो
१२ साउन २०८२
•
३ मिनेट पाठ
चार वर्ष अघि खरिद गरिएका सामग्रीमा अख्तियारको तीव्र चासो
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकोमा चार वर्ष अघि स्वास्थ्य सामाग्री खरिद गरिएको सन्दर्भमा अनियमितता भएको भन्ने उजुरीको अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको छ ।




एमआरआइ मेसिन, ट्रान्सफरमर, सीटी स्क्यान  र अक्सिजन प्लाण्टको खरिदमा अनियमितता भएको उजुरीलाई फर्स्योट गर्ने क्रममा अनुसन्धानलाई अन्तिम चरणमा पुर्‍याएको हो । ‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले २०७८ सालको विभिन्न महिनामा गरिएको स्वास्थ्य सामाग्री खरिदको विषयमा अनुसन्धान अन्तिम चरणमा पुगेको छ’, अख्तियार स्रोतले भन्यो ।

तत्कालीन उपकुलपति (भिसी) रहेकी संगीता भण्डारीको समयमा भएको सो खरिद प्रक्रियाबारे विवाद उत्पन्न भएको थियो । त्यस विषयमा अख्तियारमा उजुरी समेत परेको थियो । सो उजुरीको विषयमा छानबिनका लागि डा। भण्डारीलाई  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पटक पटक बयान पनि लिइसकेको छ । उनको बयानपछि मुद्दा दर्ताको अन्तिम चरणमा पुर्‍याएको छ ।

अख्तियार स्रोतका अनुसार संगिता जोडिएका झन्डै आधा दर्जन ‘केस’ अख्तियारको विस्तृत अनुसन्धानमा रहेका छन्। राप्तीको भिसी हुँदा उनले गरेका हरेक ठेक्का सम्झौतामा अनियमितता भएको भन्दै उजुरी परेका थिए । स्रोतका अनुसार उनको कार्यकाल सकिने अन्तिमतिर लगाइएको ठेक्कामा अनुसन्धान भएको हो । कार्यकाल सकिने अन्त्यतिर एमआरआई मेसिन खरिदमा अनियमितता भएको उजुरी छ ।  लुम्बिनी हेल्थ केयर प्रालिलाई मात्रै मिल्ने गरी स्पेसिफिकेसन बनाएर २०७८ असारमा ११ करोडमा ठेक्का लगाइएको उजुरी रहेको थियो  ।

सार्वजनिक खरिद ऐनअनुसार पाँच करोडभन्दा बढीको सामान खरिदमा अन्तर्राष्ट्रिय टेन्डर खोल्नुपर्ने नियमलाई वेवासथा गरिएको आरोप उनीमाथि छ । भण्डारीले प्रतिष्ठानका लागि १५ सय भोल्टको ट्रान्सफर्मर खरिद गर्दा पनि कम मूल्यमा खरिद गर्न चाहने कम्पनीलाई पन्छाएर घोटाला गरेको भन्दै उजुरी परेको थियो  । उजुरी अनुसार  राज्यलाई ३७ लाख ८५ हजार दुई सय ३९ रुपैयाँ अनावश्यक भार परेको देखाइएको छ । अख्तियारले यो विषयमा पनि अनुसन्धान गरिरहेको स्रोतले जनाएको छ ।

उजुरी अनुसार २४ वैशाख ०७८ मा गोरखापत्रमा सूचना जारी गर्दै सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइटमार्फत केबी इलेक्स प्रालि जनकपुरले माग भएअनुसारको सम्पूर्ण स्पेसिफिकेसनअनुसार टेन्डर हालेको थियो ।

एक करोड ५६ लाख ८३ हजार पाँच सय सात रुपैयाँमा मूल्य अभिवृद्धि करबाहेक टेन्डर हालेको थियो । अर्को प्रतिस्पर्धी कम्पनी लक्ष्मी बिजुली भण्डार एन्ड जेनेरल अर्डर सप्लायर्स नेपालगन्जले मूल्य अभिवृद्धि कर ९भ्याट०बाहेक एक करोड ९४ लाख ६८ हजार सात सय ४७ रुपैयाँ उपलब्ध गराउने गरी टेन्डर हालेको थियो । सेटिङमा कम मूल्य हाल्ने केबीलाई हटाएर करिब ३८ लाखभन्दा बढी हाल्ने लक्ष्मी सप्लायर्सलाई ठेक्का लगाइएको उजुरीमा उल्लेख छ । त्यसैगरी अक्सिजन जेनेरेटर खरिदको विषयमा पनि उजुरी परेको थियो ।

राजेन्द्र महतो स्वास्थ्यमन्त्री भएका बेला संगीता पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको  भिसी बनेकी थिइन् । संगीता पाटनको भिसी हुँदा विवादमा परेर ४ महिनामै बर्खास्त भएकी थिइन् । प्रतिष्ठानका तत्कालीन कुलपति प्रधानमन्त्री बाबुराम भट्टराईको अध्यक्षतामा बसेको सिनेट बैठकले विवादित भिसी संगीतालाई बर्खास्त गरेको थियो । सो निर्णय गर्दा स्वास्थ्यमन्त्री महतो भने बैठकमा उपस्थित भएका थिएनन् ।  उनी भिसी भएको महिना दिन नपुग्दै पाटनमा आन्दोलन भएको थियो ।  चिकित्सक, नर्स, कर्मचारी र विद्यार्थी एकसाथ आन्दोलनमा उत्रिएका थिए । ३ महिना आन्दोलनसम्म चलेपछि संगीतालाई भिसीबाट बर्खास्त गरिएको थियो । त्यसपछि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लयमा फर्किएको थियो ।

पाटनको भिसीबाट बर्खास्त भएकी संगीता राप्रपाका दिपक बोहरा स्वास्थ्यमन्त्री हुँदा फेरि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको भिसी भएकी थिइन ।  राप्तीमा हुँदा गरेका अनियमितताको उजुरी अख्तियारमा चाङ लागेको थियो । अक्सिजन प्लान्ट खरिदमा  राज्यलाई घाटा पुग्नेगरी काम गरेको विषयमा अख्तियारले कोहलपुर शाखाबाट बयान लिएको थियो । संगीता राप्तीको उपकुलपति हुँदा राज्यकोष दुरुपयोग गरेर अनावश्यक रूपमा ललितपुरमा मासिक लाखौँ भाडा तिरेर सम्पर्क कार्यालय खोलिएको आरोप पनि गाइएको छ ।
अर्को समाचार
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
७ मिनेट अघि
•
१ मिनेट पाठ
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
काठमाडौं। देशभर भएका १६ वटा विपद्का घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। ती घटनाबाट रु २५ लाख ५१ हजार ८०० बराबरको आर्थिक क्षति भएको छ।




राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मङ्सिर ११ देखि १२ गतेसम्म देशका विभिन्न जिल्लामा आगलागी, सर्पदंश, लेक लाग्नु तथा जनावरको आक्रमणका घटना भएका हुन्।

प्राधिकरणका प्रवक्ता एवं उपसचिव रामबहादुर केसीका अनुसार उक्त अवधिमा झापा, मोरङ, सुनसरी, उदयपुर, सिरहा, दोलखा, कास्की र रुपन्देहीलगायत जिल्लामा आगलागीका घटना भएका छन्। त्यस्तै दोलखा र मोरङमा सर्पदंश, मुस्ताङमा लेक लाग्नु तथा उदयपुर र रौतहटमा जनावरको आक्रमणका घटना भएका छन्।

विभिन्न विपद्का घटनामा परी घाइते भएकामध्ये केहीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई थप उपचारका लागि अन्य जिल्लाका अस्पतालमा पठाइएको प्राधिकरणले जनाएको छ।

विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत तथा व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रवक्ता केसीले जानकारी दिए। घटनाबाट भएको जनधनको क्षतिको थप विवरण सङ्कलन गर्ने कार्यसमेत जारी रहेको प्राधिकरणले जनाएको छ।

यसैबीच, प्राधिकरणले सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ। अनावश्यक जोखिम नलिन, आधिकारिक निकायबाट जारी सूचना तथा निर्देशन पालना गर्न र सम्भावित जोखिमबाट बच्न आवश्यक पूर्वतयारी गर्न प्राधिकरणले अनुरोध गरेको छ।
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
नेपाली कांग्रेसले देशभर ७५३ वटै स्थानीय तहमा ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने भएको छ।
Whatsapp
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
समाज
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
देशभर भएका १६ वटा विपद्का घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
Whatsapp
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
धर्म/संस्कृति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रमलाई यस क्षेत्रको धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिएको छ।
Whatsapp
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी
समाज
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी
सशस्त्र प्रहरी बल नेपालले नेपाल–भारत सीमा क्षेत्रमा हुने विभिन्न आपराधिक क्रियाकलाप न्यूनीकरण तथा राजस्व चुहावट नियन्त्रण गर्ने ध्येयका साथ स्था...
Whatsapp
दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने
उनलाई नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माले परियोजनाको हालसम्मको  प्रगति र वर्तमान अवस्थाबारे जानकारी गराएका थिए।
Whatsapp
तापक्रम वृद्धिसँगै मलेरिया सार्ने लामखुट्टेको जोखिम बढ्न सक्ने
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तापक्रम वृद्धिसँगै मलेरिया सार्ने लामखुट्टेको जोखिम बढ्न सक्ने
वैज्ञानिकहरूले उच्च तापक्रममा मलेरिया सार्ने लामखुट्टेको प्रजनन क्षमता बढाउन मद्दत गर्ने एउटा जीनको भिन्नता पत्ता लगाएका छन्।
Whatsapp
यो पनि पढौँ
दसौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दसौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशका विभिन्न जिल्लामा अनौपचारिक रूपमा सञ्चालन भएका खेलहरूको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थ...
Whatsapp
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले आयोजना क्षेत्रमा रहेका चमेराको संरक्षणका लागि तीनवटा वैकल्पिक बासस्थान निर्माण सुरु गरेको छ...
Whatsapp
जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती
बागलुङ, वैदेशिक रोजगारीका लागि जापान पुगेका निसीखोला गाउँपालिका-४ थापागाउँका लीलाबहादुर घर्ती एक वर्षमै स्वदेश फर्किएर कृषि उद्यममा रमाएका छन्।
Whatsapp
पर्यटकीय स्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पर्यटकीय स्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
दाङको पर्यटकीय क्षेत्र तुलसीपुर उपमहानगरपालिका वडा नं १९ छिल्लीकोट जोड्ने सडक विस्तार तथा स्तरोन्नति हुने भएको छ।
Whatsapp
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
नेपाल–चीन उत्तरी कोरलानाकामा भौतिक पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको चार वर्ष बितिसक्दासमेत निर्माण कार्य स...
Whatsapp
धान चुटेर, गोरु धपाएर रमाए विदेशी पर्यटक
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धान चुटेर, गोरु धपाएर रमाए विदेशी पर्यटक
धान काटेर खाली भएको खेतमा कोही कुन्यूँबाट धान निकालेर चुट्न व्यस्त थिए भने कोही गोरु नारेर दाइँ गरिरहेका थिए। महिलाहरू गुन्द्री बुन्न प्रयोग हुने पराल...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस