मधेस लागुपदार्थको दलदलमा
२६ असार २०८३
•
४ मिनेट पाठ
मधेस लागुपदार्थको दलदलमा
नेपाल–भारत खुला सीमाको दुरुपयोग गर्दै हुने लागुऔषध तस्करी नियन्त्रण गर्न मधेस प्रदेश प्रहरीका लागि गम्भीर सुरक्षा चुनौती बनेको छ।  सीमावर्ती भारतबाट ब्राउन सुगर, ट्रामाडोल, कोरेक्स लगायत विभिन्न किसिमका प्रतिबन्धित औषधी र नेपालबाट गाँजा, चरेसको अवैध कारोबार गर्न सीमापार सक्रिय गिरोहको संलग्नता बढ्दै गएपछि मधेस प्रदेश प्रहरीले असारको पहिलो सातादेखि नै ‘जिरो टोलरेन्स’ रणनीति अपनाउँदै आक्रामक नियन्त्रण अभियान सञ्चालन गरेको पाइएको छ।




प्रहरीले पछिल्ला दुई सातामा सिरहा, महोत्तरी र पर्सा जिल्लामा भएका चार ठुला कारबाहीले लागुऔषध तस्करीको सञ्जाल कति संगठित र हिंसात्मक बन्दै गएको छ भन्ने स्पष्ट भएको छ। लागुऔषध कारोबारी पक्राउबाट बच्न प्रहरीमाथि नै गोली प्रहार गर्नेसम्मको दुस्साहस देखाउन थालेपछि प्रहरीले पनि कानुनअनुसार बल प्रयोग गर्दै नियन्त्रण अभियानलाई थप कडा पारेको छ। दुई सातामै ६२ जना कारोबारी पक्राउ गरी उनीहरूका साथबाट सयौं किलो गाँजा, ब्राउन सुगर र १ लाख २० हजारभन्दा बढी ट्रामाडोल बरामद गरेका छन्।

महोत्तरी प्रहरीले असार २१ गते ४८७ किलो प्रतिबन्धित लागूऔषध गाँजासहित दुईजनालाई नियन्त्रणमा लियो।  महोत्तरीको एकडारा गाउँपालिका– १ भटोलियास्थित ना ३ ख ६५९२ नम्बरको ट्रक जाँच गर्ने क्रममा प्लास्टिकमा प्याक गरिएको ४०.३६० किलोग्राम गाँजा फेला परेको थियो।

गाँजासहित फेला परेको ट्रक र त्यसमा सवार दुईजनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाउँदै जाँदा ट्रकचालकले दिएको बयानका आधारमा धनकुटाबाट ल्याइएको गाँजा महोत्तरीमा एकजनालाई दिएर आएको बताएका थिए। त्यसपछि प्रहरीले अनुसन्धान तीव्र बनायो।

ट्रक चालकले दिएको बयानका आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेको नेतृत्वमा खटिएको टोलीले महोत्तरी गाउँपालिका– ४ रानी रतवाडास्थित एक घरमा छापा मार्ने क्रममा घरभित्र लुकाइराखिएको ३५ वटा प्लास्टिक बोरामा करिब ४४६.७४५ किलोग्राम गाँजा बरामद गरेको जनाएको छ।

ट्रकबाट बरामद भएको ४०.३६० किलोग्राम र घरबाट बरामद भएको ४४६.७४५ किलोग्राम गरी प्रहरीले कुल ४८७ किलो १०५ ग्राम गाँजासहित ट्रकचालक मकवानपुरको कैलाश गाउँपालिका– ६ का २२ वर्षीय विपस नेगी र काठमाडौं महानगरपालिका– १ का २४ वर्षीय साधुराम खड्कालाई नियन्त्रणमा लिइएको छ।

यस्तै असार १९ गते सिरहाको नवराजपुर गाउँपालिका– ५ झाझपट्टीस्थित नेपाल–भारत सीमामा भारतबाट दुईवटा मोटरसाइकलमा ब्राउन सुगर लिएर नेपाल प्रवेश गरिरहेका गोप्य सूचनाका आधारमा प्रहरीले उक्त मोटरसाइकललाई रोक्न खोज्दा एउटा मोटरसाइकलका चालक–सवार फरार भए भने बिआर ३२ एआर ६०२४ नम्बरको मोटरसाइकलमा रहेका व्यक्तिलाई नियन्त्रणमा लिने क्रममा तस्करले कटुवा पेस्तोलबाट प्रहरीमाथि एक राउन्ड गोली प्रहार गर्‍यो।

आत्मरक्षाका लागि प्रहरीले दुई राउन्ड जवाफी फायर गर्दा भारतको बिहार राज्य मधुबनी जिल्ला बिरपुर ग्राम पञ्चायत– ३ निवासी ३५ वर्षीय अब्दुल कलामको बायाँ खुट्टामा गोली लागेको थियो। प्रहरीले उनलाई नियन्त्रणमा लिएर उनको साथबाट एक थान कटुवा पेस्तोल र प्लास्टिकसहित १२२ ग्राम आठ सय मिलिग्राम ब्राउन सुगर बरामद गरेका छन्।

त्यस्तै गत असार ७ मा सिरहा नगरपालिका– २१ लकडीगोठनजिक लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा पुगेको प्रहरी टोली र लागुऔषध कारोबारी समूहबिच झडप भएको थियो। झडपपछि प्रहरीले गोली चलाउँदा भारतको मधुबनी जिल्ला पदमाहा ग्राम पञ्चायत– २ निवासी २८ वर्षीय रञ्जितकुमार पासवान (छोटु) र १७ वर्षीय रमनकुमार पासवान पक्राउ परेका थिए।

घटनामा इलाका प्रहरी कार्यालय महेशपुर पतारमा कार्यरत प्रहरी जवान हृदयनारायण ठाकुर पनि लागुऔषध कारोबारीको आक्रमणबाट घाइते भएका थिए। पक्राउ परेका दुवैजनाको साथबाट ९२ ग्राम तीन सय मिलिग्राम ब्राउन सुगर बरामद भएको छ।

यसैगरी गत असार ९ मा पर्सामा भएको अर्को कारबाहीले लागुऔषध तस्करीको नयाँ स्वरूप उजागर गरेको छ। वीरगन्जस्थित पिआर ढुवानी सेवाबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख ३३४६ नम्बरको मालवाहक ट्रकलाई पर्सा प्रहरीले राजस्व छलीको आशंकामा नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको थियो।  त्यहाँ गरिएको विस्तृत चेकजाँचका क्रममा ट्रकबाट ट्रामाडोलका १२ हजार पत्ता अर्थात् करिब एक लाख २० हजार ट्याब्लेट बरामद भएपछि घटना लागुऔषध तस्करीसँग जोडिएको खुलेको थियो।

यी चार घटना पछिल्ला दिनमा भएका प्रहरी कारबाहीका उदाहरण मात्र हुन्।  असारको पहिलो सातादेखि नै मधेस प्रदेश प्रहरी पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीमा विशेष अपरेसन सञ्चालन गर्दै लागुऔषध कारोबारमा संलग्न ६१ जनालाई नियन्त्रणा लिएको मधेस प्रदेशका प्रहरी प्रवक्ता एसएसपी प्रभु ढकालले बताए।

खुला सीमानाकाको फाइदा उठाउँदै भारतीय सीमावर्ती क्षेत्रबाट नेपालमा लागुऔषध भित्र्याउने र त्यसलाई काठमाडौंसहित विभिन्न जिल्लामा पुर्‍याउने संगठित सञ्जाल सक्रिय छ। त्यसैले सीमा निगरानी, गोप्य सूचना परिचालन, संयुक्त अपरेसन र आकस्मिक चेकजाँचलाई थप प्रभावकारी बनाइएको एसएसपी ढकालले बताए। लागुऔषधविरुद्ध ‘जिरो टोलरेन्स’ नीति अपनाइएको बताउँदै एसएसपी ढकालले तस्करीमा संलग्न व्यक्तिको गिरोह र तिनको सञ्जाल पहिचान गरी कानुनी दायरामा ल्याउने अभियानलाई अझ प्रभावकारी बनाइएको बताए। 
अर्को समाचार
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
७ मिनेट अघि
•
१ मिनेट पाठ
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
काठमाडौं। देशभर भएका १६ वटा विपद्का घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। ती घटनाबाट रु २५ लाख ५१ हजार ८०० बराबरको आर्थिक क्षति भएको छ।




राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मङ्सिर ११ देखि १२ गतेसम्म देशका विभिन्न जिल्लामा आगलागी, सर्पदंश, लेक लाग्नु तथा जनावरको आक्रमणका घटना भएका हुन्।

प्राधिकरणका प्रवक्ता एवं उपसचिव रामबहादुर केसीका अनुसार उक्त अवधिमा झापा, मोरङ, सुनसरी, उदयपुर, सिरहा, दोलखा, कास्की र रुपन्देहीलगायत जिल्लामा आगलागीका घटना भएका छन्। त्यस्तै दोलखा र मोरङमा सर्पदंश, मुस्ताङमा लेक लाग्नु तथा उदयपुर र रौतहटमा जनावरको आक्रमणका घटना भएका छन्।

विभिन्न विपद्का घटनामा परी घाइते भएकामध्ये केहीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई थप उपचारका लागि अन्य जिल्लाका अस्पतालमा पठाइएको प्राधिकरणले जनाएको छ।

विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत तथा व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रवक्ता केसीले जानकारी दिए। घटनाबाट भएको जनधनको क्षतिको थप विवरण सङ्कलन गर्ने कार्यसमेत जारी रहेको प्राधिकरणले जनाएको छ।

यसैबीच, प्राधिकरणले सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ। अनावश्यक जोखिम नलिन, आधिकारिक निकायबाट जारी सूचना तथा निर्देशन पालना गर्न र सम्भावित जोखिमबाट बच्न आवश्यक पूर्वतयारी गर्न प्राधिकरणले अनुरोध गरेको छ।
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
नेपाली कांग्रेसले देशभर ७५३ वटै स्थानीय तहमा ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने भएको छ।
Whatsapp
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
समाज
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
देशभर भएका १६ वटा विपद्का घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
Whatsapp
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
धर्म/संस्कृति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रमलाई यस क्षेत्रको धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिएको छ।
Whatsapp
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी
समाज
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी
सशस्त्र प्रहरी बल नेपालले नेपाल–भारत सीमा क्षेत्रमा हुने विभिन्न आपराधिक क्रियाकलाप न्यूनीकरण तथा राजस्व चुहावट नियन्त्रण गर्ने ध्येयका साथ स्था...
Whatsapp
दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने
उनलाई नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माले परियोजनाको हालसम्मको  प्रगति र वर्तमान अवस्थाबारे जानकारी गराएका थिए।
Whatsapp
तापक्रम वृद्धिसँगै मलेरिया सार्ने लामखुट्टेको जोखिम बढ्न सक्ने
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तापक्रम वृद्धिसँगै मलेरिया सार्ने लामखुट्टेको जोखिम बढ्न सक्ने
वैज्ञानिकहरूले उच्च तापक्रममा मलेरिया सार्ने लामखुट्टेको प्रजनन क्षमता बढाउन मद्दत गर्ने एउटा जीनको भिन्नता पत्ता लगाएका छन्।
Whatsapp
यो पनि पढौँ
दसौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दसौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशका विभिन्न जिल्लामा अनौपचारिक रूपमा सञ्चालन भएका खेलहरूको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थ...
Whatsapp
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले आयोजना क्षेत्रमा रहेका चमेराको संरक्षणका लागि तीनवटा वैकल्पिक बासस्थान निर्माण सुरु गरेको छ...
Whatsapp
जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती
बागलुङ, वैदेशिक रोजगारीका लागि जापान पुगेका निसीखोला गाउँपालिका-४ थापागाउँका लीलाबहादुर घर्ती एक वर्षमै स्वदेश फर्किएर कृषि उद्यममा रमाएका छन्।
Whatsapp
पर्यटकीय स्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पर्यटकीय स्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
दाङको पर्यटकीय क्षेत्र तुलसीपुर उपमहानगरपालिका वडा नं १९ छिल्लीकोट जोड्ने सडक विस्तार तथा स्तरोन्नति हुने भएको छ।
Whatsapp
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
नेपाल–चीन उत्तरी कोरलानाकामा भौतिक पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको चार वर्ष बितिसक्दासमेत निर्माण कार्य स...
Whatsapp
धान चुटेर, गोरु धपाएर रमाए विदेशी पर्यटक
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धान चुटेर, गोरु धपाएर रमाए विदेशी पर्यटक
धान काटेर खाली भएको खेतमा कोही कुन्यूँबाट धान निकालेर चुट्न व्यस्त थिए भने कोही गोरु नारेर दाइँ गरिरहेका थिए। महिलाहरू गुन्द्री बुन्न प्रयोग हुने पराल...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस