देशका ८ स्थानमा सवारी दुर्घटना हुँदा १३ जनाको मृत्यु
१८ असोज २०८२
•
३ मिनेट पाठ
देशका ८ स्थानमा सवारी दुर्घटना हुँदा १३ जनाको मृत्यु
देशभरका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परि १३ जनाले ज्यान गुमाएका छन्।




पाँचथर, कुम्मायक गाउँपालिका-३ कार्तिकेस्थित तमोर करिडोर सडक खण्डमा ताप्लेजुङबाट धारानतर्फ जाँदै गरेको मे.१ ज ३०५५ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई सडकदेखि करिब ३ सय मिटर तल खसेर शनिबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवार ३ जना पुरूष र ३ जना महिला गरी ६ जनाको मृत्यु भएको छ।

साथै, दुर्घटनामा घाइते भएका गाडीमा सवारमध्ये ५ जनालाई उपचारको लागि धरानतर्फ र १ जनालाई जिल्ला अस्पताल फिदिमतर्फ पठाइएको छ।

काठमाडौं, टोखा नगरपालिका-३ शेर्पा पेट्रोल पम्प नजिक सडकमा बा.प्र-०२-०४९ प ०१९४ नम्बरको मोटरसाइकल अनियान्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक टोखा नगरपालिका-२ चण्डेश्वरी बस्ने ३२ वर्षीय सुरेश डंगोलको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको ग्रेण्डी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

दोलखा, कालिन्चोक गाउँपालिका-९ सुन्द्रावतीस्थित सडकमा चरिकोटबाट लापिलाङतर्फ जाँदै गरेको बा.प्र.०१-०२६ च ०८३६ नम्बरको बलेरोबाट खसेर बलेरोमा सवार बैतेश्वर गाउँपालिका-३ बस्ने ३० वर्षीय सरोज दाहालको शुक्रबार दिउँसो मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल शाखा अस्पताल दोलखा हुँदै मध्यपुर थिमी अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो। बलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

मोरङ, उर्लाबारी नगरपालिका-९ भोटेपुलस्थित सडकमा प्रदेश १-०२-०५७ प ६०९० नम्बरको स्कुटर अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक उर्लाबारी नगरपालिका-२ बस्ने ४२ वर्षीय प्रेम राईको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको अरनिको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

सप्तरी, तिरहुत गाउँपालिका-१ धनपुरीस्थित सडकमा काठमाडौंबाट धरानतर्फ जाँदै गरेको बा.प्र.०३-००१ ख २५८२ नम्बरको हाईसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७५ वर्षीया जगिया देवी सुढी पंजियारको शुक्रबार साँझ मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको विराट नर्सिङ होम विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो।

हाईस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

धनुषा, मिथिला नगरपालिका-६ ढल्केवरस्थित सडकमा जनकपुरबाट बर्दिवासतर्फ जाँदै गरेको म.प्र.०२-००७ प ९९८२ नम्बरको मोटसाइकल अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक मिथिला नगरपालिका-३ बस्ने २३ वर्षीय सन्तोष महतोको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो।

कपिलवस्तु, शिवराज नगरपालिका-१ बनकसबासस्थित सडकमा धनगढीबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ख ५७०३ नम्बरको बस अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा बसमा सवार डोटी दिपायल सिलगढी नगरपालिका-१ टिखा बस्ने १८ वर्षीया सरस्वती खड्काको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो।

साथै, दुर्घटनामा घाइते भएका बसमा सवारमध्ये ३ जनाको सोही अस्पतालमा, १२ जनाको चौराहा अस्पताल बुटवलमा र ९ जनाको सन्जिवनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भइरहेको छ।

हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ।

कैलाली, धनगढी उपमहानगरपालिका-३ बोराडाँडीस्थित सडकमा धनगढीबाट पोखरातर्फ जाँदै गरेको ग.२ ख १९०७ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका-४ बस्ने ६० वर्षीय गणेश शाहीको शनिबार दिउँसो मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो। बसले पैदलयात्रीलाई ठक्कर दिई अनियन्त्रित भई दुर्घटना भएको थियो।

दुर्घटनामा घाइते भएका बसमा सवार २० जनामध्ये ९ जनाको मायामेट्रो अस्पतालमा, ४ जनाको नवजिवन अस्पतालमा, ४ जनाको स्वस्तिक कार्डियो अस्पतालमा र ३ जनाको निसर्ग अस्पतालमा उपचार भइरहेको छ।

हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ। 

उल्लेखित सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान जारी राखेको छ।
अर्को समाचार
देशका विभिन्न स्थानमा सवारी दुर्घटना : ११ जनाको मृत्यु, ११९ घाइते
३० जेष्ठ २०८३
•
१ मिनेट पाठ
देशका विभिन्न स्थानमा सवारी दुर्घटना : ११ जनाको मृत्यु, ११९ घाइते
शुक्रबार देशका विभिन्न क्षेत्रमा भएका सवारी दुर्घटनामा परेर ११ जनाको मृत्यु भएको छ। ती दुर्घटनामा परेर ११९ जना घाइते भएका छन्।




नेपाल प्रहरीद्वारा सार्वजनिक गरिएको २४ घण्टाको तथ्यांकअनुसार देशका सातै प्रदेशका विभिन्न स्थानमा साना-ठूला सवारी दुर्घटना भएका हुन्। यस अवधिमा सबैभन्दा बढी मानवीय क्षति बागमती प्रदेशमा भएको छ, जहाँ ९ जनाको मृत्यु र ३३ जना घाइते भएका छन्।

यस्तै कर्णाली प्रदेशमा १ जनाको मृत्यु र ४ जना घाइते, मधेश प्रदेशमा १ जनाको मृत्यु र २४ जना घाइते, कोशी प्रदेशमा ३१ जना घाइते, काठमाडौं उपत्यकामा २० जना घाइते, लुम्बिनी प्रदेशमा ६ जना घाइते र सुदूरपश्चिम प्रदेशमा १ जना घाइते भएका छन् भने गण्डकी प्रदेशमा कुनै मानवीय क्षति भएको छैन।

डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस