छुट्टाछुट्टै सवारी दुर्घटना: ५ जनाको मृत्यु, १६ जना घाइते
१६ फागुन २०७९
•
२ मिनेट पाठ
छुट्टाछुट्टै सवारी दुर्घटना: ५ जनाको मृत्यु, १६ जना घाइते
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।  ती दुर्घटनामा १२ जना घाइते भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।




सप्तरीमा दुई स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु र १२ जना घाइते भएका छन्।

कञ्चनरुप–९ विष्णुमन्दिर नजिक मंगलबार बिहान बा १ ८ च ६६१७ नम्बरको कार र घोडा बोकेको प्रदेश २–०२–००१ च ०७४६ नम्बरको पिकअप भ्यान ठोक्किँदा सुनसरीको दुहबी नगरपालिका –३ का ४५ वर्षीया राजकुमारी चौधरी र ४० वर्षीय हरेराम साह हलुवाईको मृत्यु भएको छ। उक्त दुर्घटनामा घाइते भएका १२ जनाको विराटनगरमा उपचार भइरहेको छ।

सप्तरीकै हनुमाननगर कंकालिनी नगरपालिका–३ पोर्ताहामा भारतीय नम्बर प्लेटको कारले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

साथै काभ्रेको पाँचखाल नगरपालिका ४ लामीडाँडामा मंगलबबार  टिप्परको ठक्करबाट मोटरसाइकल चालकको सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका ७ का २० वर्षीय गौतम तामाङको मृत्यु भएको छ।

धुलिखेल अस्पतालमा मंगलबार पौने १० बजे तामाङको मृत्यु भएको हो। सोही घटनामा घाइते भएका मोटरसाइकलमा पछाडी सवार सोही ठाउँका १९ वर्षीय सांगी तामाङको भने धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।

जिरो किलोबाट पाँचखालतर्फ जाँदै गरेको बा ५ ख ३४९४ नम्बरको टिप्परले विपरीत दिशाबाट आउँदै गरेको बा ८५ प ९०१७ नम्बरको मोटरसाइकलाई मंगलबार बिहान करिब ९ बजे ठक्कर दिएको थियो। दुर्घटनामा संलग्न दुवै सवारी साधन र टिप्पर चालकलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले नियन्त्रणमा लिएको छ।

उता, नवलपरासी बर्दघाट सुस्ता पूर्वको विनयी त्रिवेणी गाउँपालिका ४ काभ्रेली चोकमा ट्याक्टर पल्टिँदा १ बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा ट्याक्टरमा सवार सोही ठाउँका १२ वर्षीय बविन क्षेत्री रहेका छन्।

जिल्ला अस्पतालमा उपचारको क्रममा मंगलबार बिहान सवा ४ बजे बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पुर्वले जनाएको छ। दुर्घटनामा घाइते भएकी ट्याक्टरमा सवार स्थानीय २७ वर्षीया डुग्गी कुँवर क्षेत्रीको सोही अस्पतालमा उपचार भइरहेको छ। सामान्य घाइते भएका ट्याक्टर चालक भने उपचार पश्चात प्रहरीको नियन्त्रणमा छन्।  लु ४ त ३०४६ नम्बरको ट्याक्टर सवा १ बजे अनियन्त्रित भई सडक किनारमा रहेको गणेश प्रसाद बस्यालको घरमा ठोकिन पुगेको थियो।

यस्तै, बाग्लुङको बाग्लुङ नगरपालिका २ पेन्सन क्याम्प चोकमा ट्रकमा मोटरसाइकल ठोक्किँदा २ जना घाइते भएका छन्। मोटरसाइकल चालक बाग्लुङ नगरपालिका ३ गुठीका २३ वर्षीय शैलेन्द्र खड्का र पछाडी सवार स्थानीय २६ वर्षीय मिलन पुन मगर घाइते भएका हुन्।

धौलागिरि अस्पतालबाट दुवैलाई थप उपचारको लागि पोखरा स्थित मणिपाल शिक्षण अस्पताल पठाइएको छ। सडक किनार पार्किङमा राखेको ना ८ ख ३६८६ नम्बरको ट्रकमा ध १ प ९७३९ नम्बरको मोटरसाइकल ठोक्किएको थियो। मोटरसाइकलमा सवार दुवै मदिराको नशामा रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
अर्को समाचार
मोरङमा छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु
२३ असार २०८०
•
२ मिनेट पाठ
मोरङमा छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु
मोरङको छुट्टाछुट्टै २ स्थानमा भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु र २ जना घाइते भएका छन्। 




लेटाङ नगरपालिका–३ मा बोलेरो गाडीले अटो टेम्पोलाई ठक्कर दिँदा अटो चालक र बालिकाको मृत्यु भएको छ। लेटाङबाट कानेपोखरीतर्फ जाँदै गरेको प्रदेश १–०२–००३ ह १३१२ नम्बरको अटोलाई विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–००२ च ४१७३ नम्बरको बोलेरोले शुक्रवार राति पौन ८ बजेतिर ठक्कर दिएको मोरङ प्रहरीले जनाएको छ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले अटो चालक कानेपोखरी गाउँपालिका–६ का ३५ वर्षीय सागर तामाङ र ८ वर्षीया बालिका रोशनी मगरको मृत्यु भएको जानकारी दिए। दुर्घटनामा परी घाइते भएका अटो चालक तामाङको उपचारका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लैजाँदै गर्दा बाटैमा मृत्यु भएको डिएसपी दाहालले बताए।

राति पौन १० बजेतिर उपचारका क्रममा विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका क्रममा बालिकाको मृत्यु भएको बताउँदै, डिएसपी दाहालले भने, ‘बालिकासँगै दुर्घटनामा परेकी उनकी आमा ३५ वर्षीया टीका आले मगरको गोल्डेनमा उपचार भइरहेको छ। गाडी चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेका छौँ।’

लेटाङ–६ का ४१ वर्षीय सन्तोष घिसिङ बेलोरे चालकलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ। 

त्यस्तै, सिराहाको लहान नगरपालिका घर भएका २५ वर्षीय सन्तोष भुजेलको कानेपोखरी–७ आइतबारेमा मोटरसाइकल दुर्घटना परी मृत्यु भएको छ।

भुजेलले चलाएको मोटरसाइकल पछाडि सवार लहानकै ३० वर्षीय वीरेन्द्र मगर घाइते भएका छन्। उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश २–०१–००३ प ४९३५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित हुँदा राति साढे ११ बजेतिर दुर्घटना भएको हो। 

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक भुजेलको उर्लाबारीस्थित मंगलबारेको मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको डिएसपी दाहालले बताए।

अर्का घाइते मगरको विराटनगरस्थित नोबेल शिक्षक अस्पतालमा उपचार भइरहेको छ। मादक पदार्थ सेवन गरेर मोटरसाइकल चलाउँदा आफै अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ भने घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस