मृतक गणेश यादवका परिवारलाई भेट्न गृहमन्त्री गुरुङ आज सिरहा आउन सक्ने
१५ साउन २०८३
•
१ मिनेट पाठ
मृतक गणेश यादवका परिवारलाई भेट्न गृहमन्त्री गुरुङ आज सिरहा आउन सक्ने
सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका धनगढीमाई नगरपालिका–तुलसियाहीका गणेश यादवका परिवारलाई भेट्न गृहमन्त्री सुदन गुरुङ आज सिरहा आउने तयारी रहेको बुझिएको छ।  




तर उनको भ्रमण कार्यक्रमबारे औपचारिक पुष्टि भने भइसकेको छैन। गोलबजारमा बिहीबार उत्पन्न तनावका क्रममा प्रहरीको गोली लागेर रामवृक्ष यादवका छोरा गणेश यादवको मृत्यु भएको थियो। घटनापछि मृतकका परिवारलाई भेट्न र अवस्थाबारे जानकारी लिन गृहमन्त्री गुरुङ सिरहा जाने तयारीमा रहेको स्रोतले जनाएको छ।

यसअघि बिहीबार राति गृहमन्त्री गुरुङले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्ज पुगेर त्यहाँका मृतकका आफन्तसँग भेटवार्ता गरेका थिए। उनको उपस्थितिमा पीडित पक्ष र प्रशासनबीच सात बुँदे सहमतिपत्रमा हस्ताक्षर समेत भएको थियो।

कप्तानगञ्जबाट वार्ता सकेर गृहमन्त्री विराटनगर पुगेका छन्। केही समय विराटनगरको बसाइँपछि आउने कार्यतालिका रहेको बताइए पनि यसको आधिकारिक पुष्टि भएको छैन।

मधेश प्रदेश प्रहरी कार्यालयका डिआइजी ओम अधिकारीले गृहमन्त्री सिरहा आउने चर्चा आफूले पनि सुनेको तर हालसम्म औपचारिक जानकारी प्राप्त नभएको प्रतिक्रिया दिएका छन्।

सिरहाको घटनापछि स्थानीय क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
अर्को समाचार
गृहमन्त्री गुरुङ मध्यरातमै गणेश यादवको घर पुगेर निष्पक्ष छानबिन र न्याय दिलाउने प्रतिबद्धता
१६ साउन २०८३
•
१ मिनेट पाठ
गृहमन्त्री गुरुङ मध्यरातमै गणेश यादवको घर पुगेर निष्पक्ष छानबिन र न्याय दिलाउने प्रतिबद्धता
सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका १५ वर्षीय गणेश यादवका परिवारलाई भेट्न गृहमन्त्री सुधन गुरुङ शुक्रबार मध्यरातमा सिरहाको औरही गाउँपालिका–२ तुलसियाही स्थित निवास पुगेका छन्।




गृहमन्त्री गुरुङले शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कडा कारबाही गरिने प्रतिबद्धता जनाएका छन्। उनले पीडित परिवारलाई न्याय दिलाउन सरकारले आवश्यक सबै पहल गर्ने विश्वाससमेत दिलाएका छन्।

भेटपछि गृहमन्त्री र मृतकका अभिभावकबीच ७ बुँदे सहमति भएको छ। सहमति अनुसार गणेश यादवलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाइने, परिवारलाई नेपाल सरकारका तर्फबाट १० लाख रुपैयाँ राहत उपलब्ध गराइने, घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याइने, परिवारका एक सदस्यलाई रोजगारीको व्यवस्था मिलाइने तथा मृतकको सम्झनामा स्थानीय तहसँग समन्वय गरी स्मृति पार्क निर्माण गरिने उल्लेख छ।

त्यस्तै, छानबिन समितिको प्रतिवेदनका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने र मृतकको अन्त्येष्टि शनिबार बिहान १० बजे गर्ने सहमति पनि भएको छ।

सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर गणेश यादवको मृत्यु भएपछि मधेस प्रदेशका विभिन्न जिल्लामा विरोध प्रदर्शन चर्किएको थियो। घटनापछि सरकारमाथि निष्पक्ष अनुसन्धान र पीडित परिवारलाई न्याय दिन व्यापक दबाब बढिरहेको छ।
तापक्रम वृद्धिसँगै मलेरिया सार्ने लामखुट्टेको जोखिम बढ्न सक्ने
अन्तर्राष्ट्रिय
Clock १० मिनेट अघि | १ मिनेट पाठ
तापक्रम वृद्धिसँगै मलेरिया सार्ने लामखुट्टेको जोखिम बढ्न सक्ने
वैज्ञानिकहरूले उच्च तापक्रममा मलेरिया सार्ने लामखुट्टेको प्रजनन क्षमता बढाउन मद्दत गर्ने एउटा जीनको भिन्नता पत्ता लगाएका छन्।
Whatsapp
दसौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
खेल
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
दसौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशका विभिन्न जिल्लामा अनौपचारिक रूपमा सञ्चालन भएका खेलहरूको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थ...
Whatsapp
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले आयोजना क्षेत्रमा रहेका चमेराको संरक्षणका लागि तीनवटा वैकल्पिक बासस्थान निर्माण सुरु गरेको छ...
Whatsapp
जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती
बागलुङ, वैदेशिक रोजगारीका लागि जापान पुगेका निसीखोला गाउँपालिका-४ थापागाउँका लीलाबहादुर घर्ती एक वर्षमै स्वदेश फर्किएर कृषि उद्यममा रमाएका छन्।
Whatsapp
पर्यटकीय स्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
समाज
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
पर्यटकीय स्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
दाङको पर्यटकीय क्षेत्र तुलसीपुर उपमहानगरपालिका वडा नं १९ छिल्लीकोट जोड्ने सडक विस्तार तथा स्तरोन्नति हुने भएको छ।
Whatsapp
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
अर्थ
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
नेपाल–चीन उत्तरी कोरलानाकामा भौतिक पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको चार वर्ष बितिसक्दासमेत निर्माण कार्य स...
Whatsapp
धान चुटेर, गोरु धपाएर रमाए विदेशी पर्यटक
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धान चुटेर, गोरु धपाएर रमाए विदेशी पर्यटक
धान काटेर खाली भएको खेतमा कोही कुन्यूँबाट धान निकालेर चुट्न व्यस्त थिए भने कोही गोरु नारेर दाइँ गरिरहेका थिए। महिलाहरू गुन्द्री बुन्न प्रयोग हुने पराल...
Whatsapp
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
बजार
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
Whatsapp
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस