चुरे संरक्षणमा छैन सरकारको चासो
२६ भदौ २०८३
•
४ मिनेट पाठ
चुरे संरक्षणमा छैन सरकारको चासो
तीन वर्षअघि संघीय सरकारले ढुंगा, गिटी, बालुवा उत्खनन गरी निर्यात गर्ने नीति तथा कार्यक्रम बनायो। सरकारले आफ्नो नीति तथा कार्यक्रमको बुँदा नम्बर ४१ र ६२ मा ढुंगा, गिटी, बालुवा उत्खनन गरी निकासी गर्ने प्रस्टसँग लेखेको थियो। सरकारले नदीजन्य ढुंगा, गिटी, बालुवा निर्यातलाई राजस्व संकलनको बलियो आधारका रूपमा अर्थ्याएको थियो।




चुरेसम्बन्धी जानकारहरूका अनुसार त्यतिबेलाको सरकार चुरे क्षेत्रबाट बग्ने नदीबाट ढुंगा, गिटी, बालुवा झिकेर भारतलाई बेच्न चाहन्थ्यो, उसलाई चुरे संरक्षणप्रति चासो थिएन। सरकारको उक्त कदमको चर्को विरोध भयो। ‘चुरेका ढुंगा, बालुवा भारतलाई बिक्री गर्ने गलत कदम चाल्न खोजिएको थियो,’ चुरेविज्ञ डा. विनोद भट्ट भन्छन्, ‘नेपालबाट यी पदार्थ उत्खनन हुने भनेको चुरेबाट मात्रै हो। राजस्व लोभमा सरकारले चुरे दोहनलाई छुट दियो भने तराई–मधेस जोगिन्न।’

चार वर्षअघि पनि सरकारले ९२ स्थानबाट ढुंगा झिकेर भारतलाई बिक्री गर्ने योजना बनाएको थियो। तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले ल्याएको यो प्रस्तावमा ती ९२ स्थानलाई महाभारत शृंखलाका भनिएको थियो। चुरेसम्बन्धी जानकारहरूका अनुसार ती ९२ स्थान चुरेसँग जोडिएका थिए।

महाभारतबाट ढुंगा, बालुवा उत्खनन गरी निर्यात गर्ने तत्कालीन सरकारको कदमले चुरेलाई ठुलो नोक्सानी पुग्ने खतरा थियो। तर त्यसको चर्को विरोध भएपछि सरकारले उक्त योजना कार्यान्वयन हुनबाट रोकेको थियो ।

एमाले नेता शंकर पोख्रेल नेतृत्वको तत्कालीन लुम्बिनी प्रदेश सरकारले रूपन्देहीस्थित चुरेको एउटा डाँडो खनेर सम्माउने योजना बनायो। सरकारले बुटवल, पाल्पा जोड्ने सडकमा पर्ने वसन्तपुर डाँडो खनेर ढुंगा, बालुवा बिक्री गर्ने योजना बनाएको थियो। प्रदेश सरकारले वसन्तपुर डाँडो सम्माएपछि पहिरोको जोखिम टर्ने बताएको थियो। सरकारको भित्री नियत भने डाँडोबाट बालुवा, ढुंगा बेचेर राजस्व संकलन गर्नु थियो।

सरकारको यही तयारीबमोजिम प्रदेश योजना आयोगले वसन्तपुर डाँडो खन्न गुरुयोजनासमेत पास गरिसकेको थियो। तर सरकारले त्यो डाँडोलाई चुरे क्षेत्र भनेर कतै उल्लेख गरेन ।

‘सरकारले त्यो डाँडोलाई चुरे भनेर कतै पनि उल्लेख गरेन’, प्रदेश सरकारका तत्कालीन एक अधिकारीले भने, ‘पछि चुरेको डाँडो खन्न थालेको कुरा जानकारीमा आएपछि चर्को विरोध भयो।’

प्रदेश योजना आयोगका एक पूर्वअधिकारीका अनुसार उक्त डाँडो खन्न ठेक्कासमेत लगाइएको थियो। ‘मलाई जानकारीमा भएअनुसार ठेक्का पनि भइसकेको थियो’, ती अधिकारीले भने, ‘तर पछि उक्त ठेक्का रद्द भएको थियो। सायद रोकिनुको कारण चुरेको डाँडो खन्न थालेको भनेर मुद्दा परेको हुनुपर्छ।’

विरोध भएपछि प्रदेश सरकार वसन्तपुर डाँडोबाट बालुवा, ढुंगा झिक्ने निर्णयबाट पछि हटेको थियो ।

दाङको लमही नगरपालिकाले पनि दुई वर्षअघि राप्ती नदी उत्खननका लागि ठेक्का आह्वान गर्‍यो तर वडा नम्बर ७ स्थित राप्ती नदी उत्खननका लागि ठेक्का भने लागेन। कारण– ठेक्का लिन इच्छुक कोही देखिएनन् तर नगरपालिकालाई राजस्व संकलनका लागि जसरी पनि ठेक्का लगाउनै थियो। नगरपालिकाले अमानतमा ठेक्का लगाउने निर्णय गर्‍यो। मेयर जोगराज चौधरीले ठेक्का लागिसक्नुपर्ने अवधिमा ठेक्का नलागेको भन्दै पुनः ठेक्का खोले। त्यसलाई उनले अमानत ठेक्का भनेर उल्लेख गरे।

अमानतमार्फत खोलिएको ठेक्काका आधारमा उक्त स्थानमा पछि उत्खनन सुरु भयो। मेयर चौधरीले भने, ‘हामीले विशुद्ध राजस्वका लागि अमानतमा ठेक्का लगाएका हौं। सुरुमा ठेक्का नलागेपछि अमानतमा लगाउन पाउने प्रावधान छ।’

लमही नगरपालिकाको नियत राजस्व बढाउन चुरे उधिन्ने थियो। लमही नगरपालिका, राप्ती गाउँपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकाको मुख्य आयस्रोतका रूपमा रहेको चुरेस्थित राप्ती नदी दोहनको उच्च मारमा छ ।

सरकारले चुरेलाई राजस्व स्रोतका रूपमा व्याख्या गर्दा यो क्षेत्र खतरामा पर्दै गएको बुझाइ चुरेविज्ञको छ। संघीय सरकारदेखि प्रदेश र स्थानीय तहसम्मै चुरे क्षेत्रलाई राजस्व संकलनको बलियो स्रोतका रूपमा लिइन्छ। यसकारण चुरे क्षेत्रका नदी तथा खोलाको जथाभावी दोहन सरकारकै आडमा भइरहेको छ ।

विगतमा संघीय सरकारले चुरे दोहन योजना बनाए पनि वर्तमान सरकार भने यसप्रति संवेदनशील बन्ने अपेक्षा विज्ञहरूको थियो तर वर्तमान सरकारबाट पनि चुरे क्षेत्र जोगाउन कुनै ठोस योजनाको परिकल्पना हुन नसकेको चुरेविज्ञ डा. भट्टको बुझाइ छ।

‘चुरेजस्तो हाम्रो सम्पत्तिलाई नास गर्ने मनसाय विगतका सरकारहरूबाट भए। वर्तमान सरकारबाट यसको उचित संरक्षणको अपेक्षा गरिएको थियो,’ उनले भने, तर यो सरकारले पनि चुरे संरक्षणतर्फ कुनै सकारात्मक संकेत देखाएको छैन।’

चुरे संरक्षणका लागि ऐनसहित ठोस योजना बनाउनुपर्ने सुझाव विज्ञहरूले पटकपटक दिँदै आए पनि सरकारले यो विषयलाई गम्भीरतापूर्वक नलिएको भट्टको बुझाइ छ। ‘घुमाउरो पारामा जहिले पनि चुरेलाई बिक्री गर्ने योजना बनाइयो,’ चुरे संरक्षणका लागि गुरुयोजना निर्माण गरेका डा. भट्ट भन्छन्, ‘विगतका सरकारले जस्तो अहिलेको सरकारले चुरेलाई बेवास्ता नगरोस् भन्ने अपेक्षा छ तर अहिलेसम्म यो सरकारले पनि संरक्षणतफै पाइला चालेको छैन।’

भट्टका अनुसार चुरे संरक्षण गर्न नसके चुरेसहित मधेसमा बस्ने मानिसको उठिबास लाग्ने खतरा बढ्दै गएको छ। चुरे पानी सञ्चय गर्ने थलो हो। यो क्षेत्रलाई उजाड बनाइए चुरेसहित तल्लो क्षेत्रमा पानीको समस्या विकराल बन्दै जाने उनको बुझाइ छ।

यसैगरी चुरे उत्खननले बाढीपहिरो निम्ताउने र खेतीयोग्य जमिन मासिने खतरा हुन्छ। ‘चुरे तराई–मधेसको अन्नभण्डारको स्रोत हो,’ उनी भन्छन्, ‘चुरे बचेन भने यो क्षेत्रमा पानीको हाहाकारसहित उब्जनी घट्ने छ।’

यो संवेदनशीलतालाई बेवास्ता गरी राजस्व संकलन गर्ने ध्याउन्नमा मात्र राज्य सञ्चालकहरू रहेको भट्टको बुझाइ छ ।
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
३४ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५८ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस