बाराको निजगढमा मिटरब्याज पीडित र गृहमन्त्री सुधन गुरुङबीच करिब पाँच घण्टा चलेको वार्ता निष्कर्षविहीन भएको छ।
दुवै पक्षले थप गृहकार्य गर्ने सहमति गरे पनि पीडित पक्षले आफ्ना माग सम्बोधन नभए काठमाडौंसम्मको पैदल ‘न्याय मार्च’लाई निरन्तरता दिने चेतावनी दिएको छ।
उद्योग वाणिज्य संघको भवनमा भएको वार्तामा मिटरब्याज सम्बन्धी विगतमा गठन गरिएका गौरीबहादुर कार्की, तेजबहादुर कार्की र बाबुराम रेग्मी नेतृत्वका तीनवटै आयोगका प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग पीडित पक्षले प्रमुख रूपमा उठाएको थियो।
संयुक्त जनअधिकार मोर्चा नेपालका संयोजक निर्ग नवीनले आयोगका प्रतिवेदन सार्वजनिक नभएसम्म कुनै पनि हालतमा सहमति सम्भव नरहेको बताए। सरकार मिटरब्याज पीडितका मागप्रति आवश्यक तयारीसहित प्रस्तुत नभएको उनको आरोप छ।
मिटरब्याज पीडित अभियन्ता लक्ष्मी घिमिरेले मिटरब्याज समस्या समाधानका लागि प्रस्तुत ६ बुँदे मागबारे प्रधानमन्त्री कार्यालयमा उच्चस्तरीय छलफल भइरहेको बताइन्।
तस्बिर: मदन ठाकुर/नागरिकफर्जी तमसुक, दृष्टिबन्धक, रजिस्ट्रेसन तथा चेकलगायतका लिखत खारेज, प्रभावकारी कानुन निर्माण, विशेष न्यायाधिकरण गठन तथा विगतका सम्झौताको कार्यान्वयन आन्दोलनरत पक्षका प्रमुख माग हुन्।
"आजको वार्ताबाट कुनै लिखित सहमति भएन। गृहमन्त्रीले तीनवटै आयोगका प्रतिवेदन तत्काल सार्वजनिक गर्ने आश्वासन दिनुभएको छ। यदि हाम्रो ६ बुँदे माग सम्बोधन भयो भने भोलिदेखि नै मार्च रोक्छौं, अन्यथा बिहानै काठमाडौंतर्फ यात्रा अघि बढ्छ," घिमिरेले भनिन्।
प्रधानमन्त्रीका सल्लाहकार असिम साहसहितको टोलीले काठमाडौंमा आन्दोलनकारीका मागबारे छलफल गरिरहेको र त्यहाँबाट आउने निर्णयपछि सरकार र आन्दोलनरत पक्षबीच पुनः तेस्रो चरणको वार्ता हुने उनले बताइन्।
वार्ताका क्रममा गृहमन्त्री गुरुङले मिटरब्याज सम्बन्धी अध्ययनका लागि गठन गरिएका तीनवटै आयोगका प्रतिवेदन तत्काल सार्वजनिक गर्न मातहतका निकायलाई निर्देशन दिएका थिए। ती प्रतिवेदन लामो समयदेखि सार्वजनिक नगरिएको भन्दै पीडितहरू आक्रोशित छन्।
सरकार र आन्दोलनरत पक्षले मागपत्रका विषयमा थप गृहकार्य गर्ने निष्कर्ष निकालेका छन्। तर लिखित सहमति नभए जनकपुरधामबाट सुरु भएको पैदल न्याय मार्च संघीय राजधानी काठमाडौंतर्फ अघि बढ्ने पीडित पक्षको अडान छ।
मिटरब्याज पीडितहरूले असार २५ गते जनकपुरधामको तिरहुतिया गाछीबाट काठमाडौंसम्मको पैदल न्याय मार्च सुरु गरेका थिए। मार्च सोमबार छैटौँ दिनमा पुगेको छ। मूलतः बाराको पथलैयासम्म पुग्ने कार्यक्रम रहे पनि गृहमन्त्रीसँग वार्ता गर्न उनीहरू निजगढमै रोकिएका थिए।
तस्बिर: मदन ठाकुर/नागरिककरिब २०० भन्दा बढी सहभागी रहेको मार्चमा सहभागी पीडितहरूले साहु–महाजनले फर्जी कागजात र चर्को ब्याजको माध्यमबाट आफ्नो घरजग्गा कब्जा गरी आफूहरूलाई घरबारविहीन बनाएको गुनासो गृहमन्त्रीसमक्ष राखेका थिए।
वार्ता निष्कर्षविहीन भए पनि बुधबार पुनः वार्ता बस्ने तयारी भएको बुझिएको छ। गृहमन्त्री आज बाराको सिमरामै बस्ने कार्यक्रम रहेको छ। मिटरब्याज पीडितका माग सम्बोधनका लागि आवश्यक पहल पूरा गरेर मात्रै उनी काठमाडौं फर्कने तयारीमा रहेको स्रोतले जनाएको छ।
तनहुँ। निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले आयोजना क्षेत्रमा रहेका चमेराको संरक्षणका लागि तीनवटा वैकल्पिक बासस्थान निर्माण सुरु गरेको छ।
आयोजना निर्माणका क्रममा रूख कटान तथा अन्य गतिविधिबाट चमेराको प्राकृतिक बासस्थान प्रभावित हुन सक्ने भएपछि वैकल्पिक आश्रयस्थल तयार गर्न लागिएको हो।
आयोजनाका प्रमुख श्यामजी भण्डारीले वन्यजन्तु संरक्षण तथा बासस्थान व्यवस्थापन योजनाअन्तर्गत चमेराका लागि काठबाट बनाइने आवासको ‘डिजाइन’ तयार गरी निर्माण कार्य सुरु गरिएको जानकारी दिए।
राष्ट्रिय वन्यजन्तु विशेषज्ञले चमेराको बासस्थानका लागि काठको घरको डिजाइन तयार गरेका हुन्। सोही डिजाइनअनुसार आयोजना क्षेत्रभित्र तीनवटा आवास निर्माण गरिने आयोजना प्रमुख भण्डारीले बताए।
भण्डारीले भने, 'विशेषगरी आयोजना निर्माणका क्रममा हुने गतिविधि तथा रूख हटाउने कार्यबाट प्राकृतिक बासस्थान प्रभावित हुन सक्ने स्थानलाई ध्यानमा राखेर चमेराका लागि वैकल्पिक आश्रयस्थल निर्माण गर्न लागिएको हो। निर्माण सम्पन्न भएपछि आयोजना क्षेत्रभित्र चमेराका लागि उपयुक्त स्थान पहिचान गरी ती आवास स्थापना गरिनेछ।'
चमेराले प्राकृतिक पारिस्थितिक प्रणालीमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले यसको संरक्षणलाई आयोजनाको वातावरणीय व्यवस्थापन योजनामा समेटिएको छ। प्राकृतिक बासस्थानमा निर्माण कार्यबाट पर्न सक्ने सम्भावित असर न्यूनीकरण र स्थानीय चमेरा प्रजातिलाई सुरक्षित आश्रय उपलब्ध गराउने उद्देश्यले यो कार्यक्रम अघि बढाइएको हो।
आयोजनाले निर्माण गर्ने वैकल्पिक आवासबाट चमेराको बासस्थान संरक्षण, आश्रयस्थलको उपलब्धता र वन्यजन्तुमाथि आयोजनाका गतिविधिले पार्न सक्ने सम्भावित प्रभाव कम गर्न सहयोग पुग्ने अपेक्षा गरेको भण्डारीले उल्लेख गरे।
उक्त आयोजना ऋषिङ गाउँपालिका क्षेत्रमा निर्माणाधीन छ। १४० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित अघि बढाइएको आयोजनाले भौतिक संरचना निर्माणसँगै वातावरणीय तथा सामाजिक व्यवस्थापनका कार्यक्रमलाई पनि निरन्तरता दिँदै आएको छ। रासस
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशका विभिन्न जिल्लामा अनौपचारिक रूपमा सञ्चालन भएका खेलहरूको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थ...
निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले आयोजना क्षेत्रमा रहेका चमेराको संरक्षणका लागि तीनवटा वैकल्पिक बासस्थान निर्माण सुरु गरेको छ...
धान काटेर खाली भएको खेतमा कोही कुन्यूँबाट धान निकालेर चुट्न व्यस्त थिए भने कोही गोरु नारेर दाइँ गरिरहेका थिए। महिलाहरू गुन्द्री बुन्न प्रयोग हुने पराल...