‘बहुविवाह’ को कानुनबारे सदनदेखि सडकसम्म बहस
२० साउन २०८२
•
३ मिनेट पाठ
‘बहुविवाह’ को कानुनबारे सदनदेखि सडकसम्म बहस
महिलाहरूलाई आघात पार्ने गरी बहुविवाहसम्बन्धी कानुन संशोधन गर्न लागेको विषयले सदनदेखि सडकसम्म बहस निम्त्याएको छ। बहस बढ्दै जाँदा गृहमन्त्री रमेश लेखकले मंगलबार बिहानका लागि विधायन समितिको बैठक डाकेका छन्। कानुनमा संशोधन गरिएको विषय द्विअर्थी रहेछ भने पुन: संशोधन गरिने मन्त्री लेखकले नागरिकलाई जानकारी दिए।




कानुन मन्त्रालयले विवाहित पुरुषले अर्की महिलासँग सम्बन्ध विस्तार गर्दा गर्भ रहे वा बच्चा जन्मिए दोस्रो विवाह कायम हुने गरी कानुन संशोधन गर्न लागेको विषयलाई लिएर सदनदेखि सडकसम्म विरोध भएको हो। तर कानुनमन्त्री अजय चौरसियाले यस्तो कानुन संशोधन हुन नसक्ने बताए पनि विरोध हुन छाडेको छैन। पुरुषलाई बहुविवाह गर्न दिने गरी कानुनी मस्यौदा भएको समाचार बाहिरिएपछि यसको सर्वत्र विरोध भएको हो। प्रतिनिधिसभाको सोमबारको बैठकमा महिला सांसदहरूले यसको विरोध गरे। सोमबार आफ्नो धारणा राख्ने अधिकांश महिलाहरूले यसको विषयमा कानुन मन्त्रालयमा मस्यौदा तयार भएको भन्दै कानुनमन्त्रीको विरोध गरेका थिए।

मुलुकी अपराध संहिताको दफा १७५ मा रहेको ‘बहुविवाह गर्न नहुने’ प्रावधानलाई कानुन मन्त्रालयको मस्यौदाबाट हटाइएको छैन। त्यसलाई यथावतै राखिए पनि संसद्मा यसको विरोध भएको पाइन्छ। ‘विवाहित पुरुषले अर्को विवाह गर्न नहुने’ प्रावधानलाई सच्याएर विवाहित पुरुष र विवाहित महिला दुवैले अर्को विवाह गर्न नहुने प्रावधान मस्यौदामा ल्याइएको छ। मस्यौदामा मूल कानुनको दफा १७५ को उपदफा (२) लाई हटाइएको विषय उल्लेख छ। ‘कुनै पुरुष विवाहित हो भन्ने जानी–जानी त्यस्तो पुरुषसँग कुनै महिलाले विवाह गर्नुहुँदैन,’ कानुनको उपदफा २ मा उल्लेख भएको विषय उपदफा १ मा बहुविवाह गर्न हुँदैन भनेर स्पष्ट रूपमा भनिएको छ।

‘बहुविवाह गर्ने व्यक्तिलाई एकदेखि पाँच वर्षसम्म कैद हुन्छ,’ उपदफा ४ मा भनिएको छ। अर्कातर्फ मस्यौदामा भनिएको छ, ‘उपदफा ५ मा जुनसुकै कुरा लेखिएको भए तापनि वैवाहिक सम्बन्धबाट बच्चाको जन्म भइसकेको वा महिला गर्भवती रहेको भए बहुविवाहको कसुरमा सजाय भएको कारणले मात्र त्यस्तो विवाह बदर हुनेछैन।’

यसबाट पुरुषले बहुविवाह गर्न पाइँदैन भन्ने स्पष्ट देखिन्छ। सत्तारुढ दल नेकपा एमालेकी सचेतक सुनिता बरालले बहुविवाहसम्बन्धी चर्चामा सरकारको भूमिका र कानुनी मस्यौदाबारे प्रश्न उठेको बताउँदै बहुविवाह सामाजिक र कानुनी दुवै दृष्टिले अस्वीकार्य रहेको बताइन्। ‘असामाजिक र गैरकानुनी विषयलाई कानुनी बनाउने कुरामा समाजका हरेक व्यक्ति र समूहको चासो छ। यस्तो संवेदनशील विषयमा कसरी मस्यौदा तयार भइरहेको छ भन्ने कुरा सरकारको स्पष्ट जवाफ आउनुपर्छ,’ उनले संसद्मा भनेकी छन्। संसद् बैठकमा नेकपा माओवादी केन्द्रकी सांसद रूपा चौधरी, माओवादी केन्द्रकै सांसद दुर्गा राई, नारायणी शर्मा, रणेन्द्र बराइलीलगायत सांसदहरूले त्यसबारे विरोध जनाएका थिए। बैठकमा नेपाली कांग्रेसका सांसदहरूले पनि आ-आफ्नो धारणा राखेका थिए।

यो विषयमा सामाजिक सञ्जालमा पनि व्यापक बहस र छलफल भएको छ। सामाजिक सञ्जालमा सरकारको व्यापक विरोध भएको छ। सडकमा केही महिला अनशनमा बसेका छन्। बहुविवाहलाई कानुनी मान्यता दिने गरी सरकारले तयार पारेको भनिएको अपराध संहिता संशोधन विधेयकको मस्यौदाविरुद्ध बिनु यादवले आमरण अनशन थालेकी हुन्। वैवाहिक सम्बन्धले दिएको हिंसाविरुद्ध कानुनी लडाइँ लड्दै आएकी यादवले मस्यौदामा प्रस्तावित प्रावधान फिर्ता हुनुपर्ने मागसहित माइतीघर मण्डलमा शुक्रबार आमरण अनशन थालेकी हुन्। 

बहुविवाहलाई कानुनी मान्यता दिए न्यायका लागि अदालत धाइरहेका महिला बाँच्नै नसक्ने अवस्था आउने भएकाले अनशनमा बस्नुपरेको यादवको भनाइ छ। महिला अधिकारकर्मीहरूले पनि यो विषयलाई गम्भीरतापूर्वक लिएका छन्। उनीहरूले अपराध संहिताको दफा १७५ संशोधन गर्न कानुन मन्त्रालयले तयार गरेको मस्यौदामा कुनै महिला गर्भवती भए वा बच्चा जन्मिएको भए पहिला पत्नी भए पनि दोस्रो सम्बन्ध विवाहमा परिणत हुन सक्ने उल्लेख गरेर महिलामाथि चोट पुर्‍याएको दाबी गरेका छन्। मुलुकी देवानी र अपराध संहिताले पूर्णत: निषेध गरेको बहुविवाहलाई छुट दिने विधेयक ल्याउन खोजिएको विषयलाई अधिकारकर्मीहरूले मात्र होइन, सत्तापक्ष पनि प्रतिपक्षका सांसदहरूसमेत एकै ठाउँ उभिएर विरोध जनाएका छन्।
अर्को समाचार
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
१३ मिनेट अघि
•
१ मिनेट पाठ
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
काठमाडौं। देशभर भएका १६ वटा विपद्का घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। ती घटनाबाट रु २५ लाख ५१ हजार ८०० बराबरको आर्थिक क्षति भएको छ।




राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मङ्सिर ११ देखि १२ गतेसम्म देशका विभिन्न जिल्लामा आगलागी, सर्पदंश, लेक लाग्नु तथा जनावरको आक्रमणका घटना भएका हुन्।

प्राधिकरणका प्रवक्ता एवं उपसचिव रामबहादुर केसीका अनुसार उक्त अवधिमा झापा, मोरङ, सुनसरी, उदयपुर, सिरहा, दोलखा, कास्की र रुपन्देहीलगायत जिल्लामा आगलागीका घटना भएका छन्। त्यस्तै दोलखा र मोरङमा सर्पदंश, मुस्ताङमा लेक लाग्नु तथा उदयपुर र रौतहटमा जनावरको आक्रमणका घटना भएका छन्।

विभिन्न विपद्का घटनामा परी घाइते भएकामध्ये केहीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई थप उपचारका लागि अन्य जिल्लाका अस्पतालमा पठाइएको प्राधिकरणले जनाएको छ।

विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत तथा व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रवक्ता केसीले जानकारी दिए। घटनाबाट भएको जनधनको क्षतिको थप विवरण सङ्कलन गर्ने कार्यसमेत जारी रहेको प्राधिकरणले जनाएको छ।

यसैबीच, प्राधिकरणले सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ। अनावश्यक जोखिम नलिन, आधिकारिक निकायबाट जारी सूचना तथा निर्देशन पालना गर्न र सम्भावित जोखिमबाट बच्न आवश्यक पूर्वतयारी गर्न प्राधिकरणले अनुरोध गरेको छ।
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
राजनीति
Clock १ मिनेट अघि | ० मिनेट पाठ
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
गृहमन्त्री सुधन गुरुङले जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्ने बताएका छन्।
Whatsapp
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
नेपाली कांग्रेसले देशभर ७५३ वटै स्थानीय तहमा ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने भएको छ।
Whatsapp
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
समाज
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
देशभर भएका १६ वटा विपद्का घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
Whatsapp
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
धर्म/संस्कृति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रमलाई यस क्षेत्रको धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिएको छ।
Whatsapp
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी
समाज
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी
सशस्त्र प्रहरी बल नेपालले नेपाल–भारत सीमा क्षेत्रमा हुने विभिन्न आपराधिक क्रियाकलाप न्यूनीकरण तथा राजस्व चुहावट नियन्त्रण गर्ने ध्येयका साथ स्था...
Whatsapp
दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने
उनलाई नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माले परियोजनाको हालसम्मको  प्रगति र वर्तमान अवस्थाबारे जानकारी गराएका थिए।
Whatsapp
यो पनि पढौँ
तापक्रम वृद्धिसँगै मलेरिया सार्ने लामखुट्टेको जोखिम बढ्न सक्ने
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तापक्रम वृद्धिसँगै मलेरिया सार्ने लामखुट्टेको जोखिम बढ्न सक्ने
वैज्ञानिकहरूले उच्च तापक्रममा मलेरिया सार्ने लामखुट्टेको प्रजनन क्षमता बढाउन मद्दत गर्ने एउटा जीनको भिन्नता पत्ता लगाएका छन्।
Whatsapp
दसौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दसौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशका विभिन्न जिल्लामा अनौपचारिक रूपमा सञ्चालन भएका खेलहरूको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थ...
Whatsapp
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले आयोजना क्षेत्रमा रहेका चमेराको संरक्षणका लागि तीनवटा वैकल्पिक बासस्थान निर्माण सुरु गरेको छ...
Whatsapp
जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती
बागलुङ, वैदेशिक रोजगारीका लागि जापान पुगेका निसीखोला गाउँपालिका-४ थापागाउँका लीलाबहादुर घर्ती एक वर्षमै स्वदेश फर्किएर कृषि उद्यममा रमाएका छन्।
Whatsapp
पर्यटकीय स्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पर्यटकीय स्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
दाङको पर्यटकीय क्षेत्र तुलसीपुर उपमहानगरपालिका वडा नं १९ छिल्लीकोट जोड्ने सडक विस्तार तथा स्तरोन्नति हुने भएको छ।
Whatsapp
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
नेपाल–चीन उत्तरी कोरलानाकामा भौतिक पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको चार वर्ष बितिसक्दासमेत निर्माण कार्य स...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस