नेपालबाट बेलायत हुँदै अस्ट्रेलियामा चुरोट तस्करी
२८ साउन २०८२
•
३ मिनेट पाठ
नेपालबाट बेलायत हुँदै अस्ट्रेलियामा चुरोट तस्करी
एआईको सहयोगमा बनाइएको सांकेतिक तस्बिर।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर बेलायत हुँदै अस्ट्रेलिया चुरोट तस्करी हुने गरेको छ।




एक साताअघि अनधिकृत रुपमा बेलायत पठाउन लागिए ३२ कार्टुन चुरोट त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बरामद गरेपछि तस्करीको रहस्य खुलेको हो।

यस विषयमा भन्सार कार्यालयले उपसचिवको नेतृत्वमा छानबिन समिति बनाएको छ। स्थल नाका भएर नेपालबाट भारतमा र भारतबाट नेपालमा चुरोट तस्करी हुनुलाई सामान्य मानिए पनि विमानस्थलबाटै अनधिकृत रुपमा चुरोट तेस्रो मुलुक पठाउने तस्करको गिरोह सक्रिय रहेको देखिएको विमानस्थल भन्सार कार्यालयले जनाएको छ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दिलीपकुमार गौतमले डिपी नेक्स कुरियर र इकिमा कुरियरबाट अनधिकृत रुपमा बेलायत पठाउन लागिएको चुरोट बरामद गरिएको बताए।

उनका अनुसार डिपी नेक्सले पठाउन लागेको ६ कार्टुन र इकिमा कुरियरले पठाउन लागेको २६ कार्टुन चुरोट बरामद गरिएको हो। ‘३२ कार्टुन चुरोट बरामद भएको हो, बेलायत पठाउन लागिएको रहेछ, कुरियर सञ्चालकहरुसँग धरौटी मागिएको छ,’ गौतमले भने।

उनले विमानस्थल भएर आउने र पठाइने सबै सामान जाँचमा सतर्कता अपनाइएको बताए। ‘पूर्वसजगता र सतर्कता अपनाएका छौं’, गौतमले भने।

चुरोट बरामद भएपछि छानबिनका लागि विमानस्थल भन्सार कार्यालयका उपसचिवको नेतृत्वमा ५ सदस्यीय समिति बनाइएको छ। भन्सार कार्यालयले समितिबाट प्राप्त सुझाव कार्यान्वयन गर्ने जनाएको छ।

त्रिभुवन विमानस्थलबाट पछिल्लो समय चुरोट, गुट्खा जस्ता सुर्तीजन्य पदार्थको पनि अवैध ओसारपसार हुने गरेको छ। तस्करले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर सुन, लागुऔषधलगायतका सामान पनि तस्करी गर्दै आएका छन्।

विमानस्थलको सुरक्षा घेरा र भन्सार प्रणाली छलेर जहाजसम्म पुर्‍याउन लागेका अनधिकृत सामग्रीहरु बेलामौकामा बरामद गरिन्छन्। अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी र भन्सारलाई छलेर विदेशी मालवस्तु ओसारपसार भैरहेको विषय सामान्यतया कम सार्वजनिक हुने गरेको छ।

चुरोट पनि नेपालबाट कतार हुँदै बेलायत, अस्ट्रेलियालगायत देशमा पुर्‍याउने गरिएको छ। बेलायतबाट जाने सामानमा अस्ट्रेलियाले खासै चासो नदिने भएकाले पनि तस्करले नेपालबाट बेलायतमा चुरोट पठाउने र त्यहाँ पुन प्याकिङ गरेर अस्ट्रेलिया पठाउने गरेको स्रोतको दाबी छ। बरामद ३२ कार्टुन चुरोटको मूल्य करिब एक करोड ३० लाख रुपैयाँबराबर भएको बताइएको छ।

पुराना एक्सरे मेसिन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा पुराना ‘एक्स–रे’ र ‘वाक थ्रु गेट’ छन्। पुराना यी उपकरणले चुरोट वा गुट्खा केही पनि छुट्याउँदैनन्। तिनै मेसिनमा ‘जाँच पास’ भएर पटक–पटक अवैध वस्तुहरु पास हुने गरेको स्रोतको दाबी छ।

प्रमुख भन्सार प्रशासक गौतम दुई वटा एक्सरे मेसिनबाट मालवस्तु जाँचिने बताउँछन्। एक्सरे मेसिनबाट बारम्बार प्रतिबन्धित सामान पास भएको विषयमा भन्सार कार्यालयमा सुरक्षा बैठक पनि बस्ने गरेको छ।

बैठकमा विमानस्थलको सुरक्षा व्यवस्थाबारे छलफल हुँदा एक्सरे मेसिनले नदेखाएकै कारण यस्तो समस्या आएको भन्सार पक्षको दाबी रहने स्रोतले बतायो।

एक्स–रे मेसिन यात्रुले ल्याएको र लैजाने झोला, सुटकेस तथा कार्गो सामानमा अवैध वस्तु वा अन्य निषेधित वस्तु परीक्षण गर्न प्रयोग गरिन्छ। तर एक्सरे मेसिनले नै नदेखाएपछि अवैध वा निषेधित वस्तु तस्करी हुने गरेको दाबी भन्सारका कर्मचारीको हुन्छ।

त्रिभुवन विमानस्थलमा भन्सारका अतिरिक्त, अध्यागमन कार्यालय, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागलगायतका युनिट सुरक्षामा क्रियाशील छन्।
अर्को समाचार
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
३२ मिनेट अघि
•
१ मिनेट पाठ
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
काठमाडौं। देशभर भएका १६ वटा विपद्का घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। ती घटनाबाट रु २५ लाख ५१ हजार ८०० बराबरको आर्थिक क्षति भएको छ।




राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मङ्सिर ११ देखि १२ गतेसम्म देशका विभिन्न जिल्लामा आगलागी, सर्पदंश, लेक लाग्नु तथा जनावरको आक्रमणका घटना भएका हुन्।

प्राधिकरणका प्रवक्ता एवं उपसचिव रामबहादुर केसीका अनुसार उक्त अवधिमा झापा, मोरङ, सुनसरी, उदयपुर, सिरहा, दोलखा, कास्की र रुपन्देहीलगायत जिल्लामा आगलागीका घटना भएका छन्। त्यस्तै दोलखा र मोरङमा सर्पदंश, मुस्ताङमा लेक लाग्नु तथा उदयपुर र रौतहटमा जनावरको आक्रमणका घटना भएका छन्।

विभिन्न विपद्का घटनामा परी घाइते भएकामध्ये केहीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई थप उपचारका लागि अन्य जिल्लाका अस्पतालमा पठाइएको प्राधिकरणले जनाएको छ।

विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत तथा व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रवक्ता केसीले जानकारी दिए। घटनाबाट भएको जनधनको क्षतिको थप विवरण सङ्कलन गर्ने कार्यसमेत जारी रहेको प्राधिकरणले जनाएको छ।

यसैबीच, प्राधिकरणले सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ। अनावश्यक जोखिम नलिन, आधिकारिक निकायबाट जारी सूचना तथा निर्देशन पालना गर्न र सम्भावित जोखिमबाट बच्न आवश्यक पूर्वतयारी गर्न प्राधिकरणले अनुरोध गरेको छ।
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
राजनीति
Clock ५ मिनेट अघि | ० मिनेट पाठ
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले सरकारका कामकारबाहीले कानुनी विधि र प्रक्रियालाई आधार बनाउनुपर्नेमा जोड दिएका छन्।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
खेल
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
 विदेशमा बस्ने नेपालीहरुको संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कर्णाली प्रदेशमा सुरु भएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाएक...
Whatsapp
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
राजनीति
Clock १९ मिनेट अघि | ० मिनेट पाठ
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
गृहमन्त्री सुधन गुरुङले जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्ने बताएका छन्।
Whatsapp
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
नेपाली कांग्रेसले देशभर ७५३ वटै स्थानीय तहमा ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने भएको छ।
Whatsapp
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
समाज
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
देशभर भएका १६ वटा विपद्का घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
Whatsapp
यो पनि पढौँ
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
धर्म/संस्कृति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रमलाई यस क्षेत्रको धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिएको छ।
Whatsapp
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी
समाज
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी
सशस्त्र प्रहरी बल नेपालले नेपाल–भारत सीमा क्षेत्रमा हुने विभिन्न आपराधिक क्रियाकलाप न्यूनीकरण तथा राजस्व चुहावट नियन्त्रण गर्ने ध्येयका साथ स्था...
Whatsapp
दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने
उनलाई नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माले परियोजनाको हालसम्मको  प्रगति र वर्तमान अवस्थाबारे जानकारी गराएका थिए।
Whatsapp
तापक्रम वृद्धिसँगै मलेरिया सार्ने लामखुट्टेको जोखिम बढ्न सक्ने
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तापक्रम वृद्धिसँगै मलेरिया सार्ने लामखुट्टेको जोखिम बढ्न सक्ने
वैज्ञानिकहरूले उच्च तापक्रममा मलेरिया सार्ने लामखुट्टेको प्रजनन क्षमता बढाउन मद्दत गर्ने एउटा जीनको भिन्नता पत्ता लगाएका छन्।
Whatsapp
दसौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दसौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशका विभिन्न जिल्लामा अनौपचारिक रूपमा सञ्चालन भएका खेलहरूको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थ...
Whatsapp
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले आयोजना क्षेत्रमा रहेका चमेराको संरक्षणका लागि तीनवटा वैकल्पिक बासस्थान निर्माण सुरु गरेको छ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस