जिब्रोको दास बन्ने कि स्वस्थ जीवनको मालिक?
२१ चैत्र २०८२
•
५ मिनेट पाठ
जिब्रोको दास बन्ने कि स्वस्थ जीवनको मालिक?
मानव अस्तित्वको रक्षा र निरन्तरताका लागि खाना पहिलो अनिवार्य सर्त हो। भोक मेट्नु प्राकृतिक धर्म हो भने उचित खाना छान्नु र खानु मानवीय विवेक हो तर आजको आधुनिक सभ्यतामा विवेकभन्दा जिब्रोको स्वाद बढी शक्तिशाली भएर निस्किएको छ, जसले गर्दा मानिस आफ्नो स्वास्थ्यप्रति चरम लापरबाह बन्दै गएको देखिन्छ। ‘धेरै खाई मल, थोरै खाई बल’ भन्ने हाम्रा पुर्खाको लामो अनुभवबाट खारिएको उखानलाई आधुनिक मानिसले रद्दीको टोकरीमा फालिदिँदा आहार नै व्याधिको मूल कारण बन्न पुगेको छ। तसर्थ विवेकहीन खानपानले गर्दा नै आजको मानव जीवन ऊर्जाशील हुनुको सट्टा रोगको घर बनिरहेको छ।




हाम्रो शरीर एउटा यस्तो सूक्ष्म र संवेदनशील जैविक यन्त्र हो, जसलाई स्वस्थ राख्न सधैं शुद्ध र प्राकृतिक इन्धनको आवश्यकता पर्छ। विडम्बना त के छ भने मानिस आफूले चलाउने निर्जीव बाइक वा कारमा पेट्रोल हाल्न प¥यो भने मिसावट नभएको पम्प खोज्दै सहर चहार्छ तर आफ्नै अमूल्य शरीरलाई भने संसारभरका अखाद्य वस्तु विसर्जन गर्ने ‘डम्पिङ साइट’ बनाएको पत्तै पाउँदैन। यो विरोधाभासपूर्ण व्यवहारले आजको मानिसलाई सुविधाभोगी त बनाएको छ, सँगसँगै शरीरभित्र फोहोरको थुप्रो जम्मा गरेर अल्पायु पनि बनाइरहेको छ। आफ्नो सवारी साधनको इन्धनमा सचेत हुने मानिसले आफ्नै शरीरमा विष हालिरहनु आजको सबैभन्दा ठुलो विडम्बना हो। यसले मानिसको बाह्य चेतना र आन्तरिक विवेकबिचको भयानक खाडललाई उजागर गर्छ।

स्वस्थ र दीर्घजीवी जीवनको एउटा सरल सूत्र छ– खाना सकेसम्म प्रकृतिले पकाएको खानू, त्यो सम्भव नभए आफ्नै भान्सामा पाकेको खानू तर कारखानामा तयार पारिएको चाहिँ कदापि नखानू। प्रकृतिले सूर्यको ताप र माटोको सामीप्यमा पकाएका फलफूल र कन्दमूलहरू अमृत समान हुन्छन् भने आफ्नै भान्सामा प्रेम र शुद्धतासाथ तयार पारिएको भोजनले शरीर र मन दुवैलाई पोषण दिन्छ तर आजकल ठ्याक्कै उल्टो भइरहेको छ, मानिस प्रकृतिको काखबाट टाढिएर विज्ञापनको चमकधमकमा भुलिँदै प्लास्टिकका खोलभित्र कैद गरिएका रसायनयुक्त ‘प्रोसेस्ड’ खानालाई आधुनिकताको पर्याय ठान्न थालेको छ। यो उल्टो यात्राले हाम्रो शरीरलाई जैविक प्रणालीबाट रासायनिक भण्डारमा परिणत गरिदिएको छ। प्रकृतिको शुद्धता छाडेर कारखानाको कृत्रिमता रोज्नु नै मानव स्वास्थ्यका लागि आत्मघाती कदम साबित भएको छ।

पूर्वीय दर्शनले खानपानलाई केवल पेट भर्ने भौतिक प्रक्रिया मात्र नमानी यसलाई एउटा पवित्र साधना र योगको रूपमा व्याख्या गरेको छ। ऋताहार (ऋतुअनुसारको खाना), हिताहार (हितकारी खाना) र मिताहार (ठिक्क मात्रामा खाइने खाना) का शास्त्रीय मान्यताहरू आजको आधुनिक विज्ञानले समेत पुष्टि गरेका स्वास्थ्यका अकाट्य तथ्य हुन्। तर, आजको समाजमा यी आदर्श कुराहरू केवल किताबी पानामा सीमित छन्। मानिसको मनोविज्ञान ‘खाइसार कि लाइसार, मरेपछि लम्पसार’ भन्ने उच्छृङ्खल र घातक दर्शनबाट निर्देशित हुन थालेको छ। रुघाखोकी लाग्दा वा शरीर अस्वस्थ हुँदा समेत ‘मलाई त जे खाए पनि केही हुँदैन’ भन्दै जिब्रोलाई मन अचारमा मरिहत्ते गर्ने र ‘हेरेर मर्नुभन्दा छेरेर मर्नु जाती’ भन्ने सोचले मानिसलाई संयमको घेराभन्दा बाहिर पुर्‍याएको छ। आफ्नै स्वास्थ्यप्रति उत्तरदायी नभई जे पायो त्यही खाएर आनन्द मान्ने प्रवृत्तिले मानिसलाई अन्ततः अस्पतालको बेड र मृत्युको नजिक पुर्‍याइरहेको छ।

सामाजिक संरचनाको पाटो हेर्ने हो भने भोजभतेर, पिकनिक र जमघट हाम्रो संस्कृतिको अभिन्न अंग बनिसकेको छ। हुन त भोजभतेर सबै जात विशेषको हुन्छ र यस विषयमा कुनै वर्गलाई मात्र लक्षित गर्नु न्यायोचित हुँदैन तर कतिपय समुदायमा यसको प्रभाव सामाजिक दबाबकै रूपमा देखा पर्छ। भोजभतेरलाई बिस्तारै कम गर्दै जाने अनि यसलाई मितव्ययी र सरल बनाउने विषयमा कसैले पनि कुरा उठाउन चाहँदैनन्।

आखिर जसले पनि एक पेट खानु हो।  खानु भनेको स्वास्थ्य बिगार्नका लागि नभएर स्वस्थ रहनका लागि हो। त्यसैले कुनै पनि भोजमा स्वादिला र गरिष्ठ भन्दा पनि गुनिला र सुपाच्य खानेकुरा हुनुपर्ने हो तर आजको सामाजिक प्रतिष्ठाको मानक नै कुन भोजमा कति थरीका परिकार थिए भन्नेमा केन्द्रित छ। भोजभतेरहरू अचेल सामाजिक सद्भाव बढाउने थलो नभएर स्वादको मजा लिने मैदानजस्ता भएका छन्। त्यहाँ प्रायः स्वास्थ्यका मापदण्डलाई पूर्णतः बेवास्ता गरी चिल्लो, पिरो र चिनीको अत्यधिक मात्रा भएका परिकार तयार गरिएको हुन्छ। कुनै पार्टी प्यालेसमा आयोजित बिहेभोजमा पेय पदार्थसहितको स्न्याक्स लिँदैमा अघाइसकेको मान्छे फेरि डिनरका लागि लाइन लाग्छ। त्यहाँ फिँजाइएका माछामासुका परिकार एउटै नबिराइकन थालमा चुल्याएर लिँदै घाँटीसम्म हुने गरी खाएको मान्छेलाई पक्कै पनि ‘फुड पोइजन’ होला। जे होस्, ऊ जसोतसो घर पुगेर रातभरि तिर्खाउँछ, शौचालय धाउँछ। कतिलाई त बिहान अस्वस्थ भएर अस्पताल जानुपर्ने अवस्था पनि आउन सक्छ। त्यस्तो नभए पनि पेटमा भएको बाहिर नगएसम्म शरीर भारी भइरहन्छ। कतिपय भोज खाएपछि बिरामी भएका घटना पनि छन्। यसरी स्वास्थ्यको कुनै परवाह नगरी केवल स्वाद र ‘सित्तैमा पाएको’ लोभमा खाइने भोजको भोजनले शरीरलाई गाह्रो बनाउँछ। बिहेव्रतबन्धको लगन–साइत धेरै भएको महिनामा त झन गाह्रो हुने नै भयो।

जिब्रोको स्वाद नै मानिसको सबैभन्दा ठुलो र अदृश्य शत्रु बनेको छ, जसले क्षणिक आनन्दका लागि सारा जीवनलाई कष्टकर बनाइदिन सक्छ। स्वाद केवल केही सेन्टिमिटर लामो जिब्रोमा मात्र सीमित हुन्छ, तर यसको विषालु असर शरीरका अर्बौं कोषिकाले लामो समयसम्म भोग्नुपर्छ। अस्पतालका बेडहरू भाइरस वा व्याधिले भन्दा बढी मानिसको अनियन्त्रित भान्सा र जिब्रोको दासताका कारण भरिइरहेका छन् भन्ने तथ्यलाई हामीले आत्मसात् गर्न सकेका छैनौं । रोग लागेर थलिएपछि मात्र मानिसमा अलिकति चेत खुल्छ तर त्यतिबेलासम्म शरीरले आफ्नो धेरै जैविक क्षमता गुमाइसकेको हुन्छ। जिब्रोको क्षणिक तृप्तिका लागि सारा शरीरलाई सास्ती दिने मूर्खतापूर्ण व्यवहार नै आजको विश्वव्यापी स्वास्थ्य संकटको जड हो। कसरत नगर्ने तर खान नहुने बढी खानेकुरा खाएरै त होला, कतिपय खानदानी परिवारका र उच्च तहका मानिसहरू आजकल हार्ट अट्याक भएर बित्ने गरेका छन्।

अन्त्यमा खाना मानिसको बाँच्ने आधार मात्र हुनुपर्छ, यसलाई नै जीवनको अन्तिम साध्य बनाउनु कदापि बुद्धिमानी होइन। भनिन्छ– ‘मानिस खान नपाएर होइन, खान नजानेर मर्छ।’ शरीरलाई अखाद्य वस्तुको विसर्जन केन्द्र बनाउन छाडेर यसलाई एउटा पवित्र मन्दिरका रूपमा सम्मान गर्दै ‘जिउनका लागि खाने’ संस्कारको विकास गर्नु आजको अनिवार्य आवश्यकता हो।

जबसम्म हामी जिब्रोको स्वादलाई मस्तिष्कको विवेकले र विज्ञापनको मोहलाई प्रकृतिको नियमले नियन्त्रण गर्न सक्दैनौं, तबसम्म हामी आफ्नै दाँतले आफ्नै चिहान खनिरहेका हुनेछौं। स्वादभन्दा माथि उठेर स्वास्थ्यलाई सर्वोपरि ठान्ने दृष्टि नै सुखी र दीर्घजीवी जीवनको एक मात्र मार्ग हो। तसर्थ जिब्रोको दास बन्न छाडेर शरीरको स्वामी बन्ने संकल्प गरौं।
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
४५ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस