बिपी राजमार्ग चौडा बनाउन पौने चार अर्बको स्रोत प्रस्ताव
०१ मंसिर २०८३
•
४ मिनेट पाठ
बिपी राजमार्ग चौडा बनाउन पौने चार अर्बको स्रोत प्रस्ताव
बिपी राजमार्ग चौडा पारिने भएको छ। सदरमुकाम धुलिखेलदेखि नमोबुद्धको दाप्चा १ नं पुलसम्मको सडक थप चौडा पारिने भएको हो।




सडक चौडा पार्दा १० मिटरसम्मको मुख्य कालोपत्रे सडक डिभिजन सडक कार्यालय, भक्तपुरले जनाएको छ।

सडक चौडा पार्न रु तीन अर्ब ७९ करोड ७८ लाख ५५ हजार ५०० स्रोत प्रस्ताव गरिएको जनाइएको छ।

हाल भने मुख्य कालोपत्रे भागको चौडाइ सामान्यता पाँच दशमलव ५ मिटर (इन्टरमिडियट : एक लेनभन्दा केही फराकिलो) रहेको छ।

कार्यालयका अनुसार चौडा पारिने सडकको लम्बाइ २० दशमलव छ किलोमिटर रहेको छ। सडक चौडा पार्न विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार भइसकेको कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशले जानकारी दिए।

उनले प्रारम्भिक बातावरणीय परीक्षण प्रतिवेदन तयार पार्ने काम अन्तिम चरमा पुगेको पनि बताए।  डिपीआर अनुसार रु तीन अर्ब ७९ करोड ७८ लाख ५०० लाग्ने खर्चका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई स्रोत प्रस्ताव गरिएको योगेशको भनाइ छ।

कूल खर्चानुमान अनुसार सडक फराकिलो बनाउन प्रतिकिलोटिर रु १८ करोड छ लाख लाग्ने भएको हो।

‘स्रोत सुनिश्चित भएपछि ठेक्का प्रक्रियामा गइनेछ, यसै वर्ष विस्तारको काम सुरु हुन्छ’, योगेशले भने। उनका अनुसार धुलिखेलदेखि भकुण्डेबेँशीसम्म सडक दायाँबाँयाका रुख कटान गर्नुपर्ने तथा मोड सुधारका लागि केही घरसमेत भत्काउनुपर्ने अवस्था रहेकाले काम सुरु गर्न ठेक्का प्रक्रियासँगै केही महिना लम्बिन सक्ने छ।

काम सुरु गरिएको तीन वर्षभित्र सडक विस्तारको काम सम्पन्न हुने समय सीमा सम्झौतामा तोकिने छ।

सडक दायाँबाँया १५ मिटरभित्र बनेका उक्त संरचना तथा जग्गाको मु–आब्जा वितरण भइसकेको योगेशले बताए।

हाल विस्तार गर्ने भनिएको उल्लेखित दुरीको सडक धुलिखेल, पाँचखाल, पनौती तथा नमोबुद्ध नगरका सडकखण्डमा पर्दछ।

उक्त राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी क्षेत्र तथा सिन्धुलीको नेपालथोक क्षेत्रमा पछिल्ला केही बर्षदेखिको बाढी–पहिरोले क्षतिग्रस्त केही नयाँ पुनर्निमाण हुने खण्डलाई भने विस्तार गरेर नाला र ढलसहित ११ मिटर (मुख्य कालापत्रे भाग सात मिटर) बनाउने योजनासहितको काम बढाइएको कार्यालयले जनाएको हो।

सडकखण्ड विस्तारपछि प्रतिघण्टा ३० बाट ६० किमी पुर्‍याइनेछ । जसका कारण ठूला सवारीसाधन आवागमनमा कुनै समस्या देखिने छैन।

सडक विस्तारपछि नारायणगढ हुँदै लामो दूरी घुमेर काठमाडौं आउनुपर्ने ठूला सवारीसाधन बिपी राजमार्ग हुँदै छोटो दूरीमै राजधानी भित्रिन सक्नेछन्।

विस्तारका क्रममा सहज स्थानमा पर्खाल उठाएर र अप्ठ्यारा ठाउँमा भित्तो काटेर सडक चौडा गरिने कार्यालयले जनाएको छ।

विसं २०८१ असोजको बाढीपहिरोले भकुण्डेबेँशीदेखि नेपालथोकसम्मको सडकखण्डमा व्यापक क्षति पुर्‍याएपछि त्यस क्षेत्रलाई दुई लेनमै पुनस्निर्माण गर्ने प्रक्रियाअघि बढाइएको थियो।

सोही क्रममा सुरुवाती बिन्दु धुलिखेलदेखि भकुण्डेबेँशीसम्मको खण्डलाई पनि दुई लेन बनाउन माथिल्लो निकायबाट प्रस्ताव स्वीकृत भएको योगेशको भनाइ छ।

धुलिखेलदेखि नेपालथोकसम्मको करिब ५२ किमी सडक दुई लेन बनेपछि नेपालथोकबाट मध्यपहाडी लोकमार्ग हुँदै खुर्कोटसम्म सहजै पुग्न सकिनेछ।

नेपालथोकदेखि खुर्कोटसम्मको पुरानो बिपी राजमार्गलाई दुई लेन बनाउन भौगोलिक रुपमा कठिन भएकाले नेपालथोकमा सुनकोशी नदीमाथि दुई लेनको पक्की पुल निर्माणका लागि पनि ठेक्का लागिसकेको योगेशले जानकारी दिए।

यस्तै विसं २०८१ असोजको बाढीपहिरोले राजमार्गअन्तर्गत भकुन्डेबोसीदेखि नेपालथोकसम्म करिब ३० किलोमिटर सडकमा क्षति पुर्‍याएको थियो।

त्यसयता रोशी खोलामा अस्थायी रुपमा डाइभर्सन बनाइ आवागमन गराउँदै आइएको थियो। हाल क्षतिग्रस्त क्षेत्रमा स्थायी पुनस्निर्माणको काम तीव्ररुपमा भइरहेको कार्यालयले जनाएको छ।

क्षतिग्रस्त राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकतर्फ तीन र सिन्धुलीतर्फ एक गरी चार प्याकेज बनाएर ठेक्का सम्झौता गरी कामअघि बढाइएको थियो।

जसमध्ये काभ्रेपलाञ्चोक तर्फका तीन सडकखण्डलाई रु सात अर्ब ५० करोड र सिन्धुलीको एक सडकखण्डलाई रु एक अर्बको स्रोत सहमति दिइएको हो।

जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ बाट बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिवास १६० किमी सडक) निर्माण कार्य सुरु गरिएको थियो।

खण्डखण्ड विभाजन गरी निर्माण सम्पन्न राजमार्गको विसं २०७२ असार १८ गते औपचारिक रुपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो।रासस
अर्को समाचार
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी
९ मिनेट अघि
•
१ मिनेट पाठ
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी
रौतहट। सशस्त्र प्रहरी बल नेपालले नेपाल–भारत सीमा क्षेत्रमा हुने विभिन्न आपराधिक क्रियाकलाप न्यूनीकरण तथा राजस्व चुहावट नियन्त्रण गर्ने ध्येयका साथ स्थानीयसँग छलफल र परामर्श गरेको छ।




उक्त सुरक्षा सङ्गठनले जिल्लाको बौधीमाई नगरपालिका–७ स्थित भन्सार नाकामा स्थानीयसँग सीमा क्षेत्रका विद्यमान सुरक्षा चुनौती र त्यसको समाधानबारे गहन मन्थन गरेको हो।  

त्यस अवसरमा सीमा नाकाबाट हुने लागुऔषध ओसारपसार, अवैध चोरी, पैठारी, मानव बेचबिखन, अवैध हातहतियार तथा खरखजनाको कारोबार र राजस्व चुहावट नियन्त्रणलगायत विषयमा स्थानीय र जनप्रतिनिधिसँग राय–सुझाव सङ्कलन गरियो।

सशस्त्र प्रहरी बल छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरीको आयोजनामा भएको उक्त कार्यक्रममा सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टले सीमा सुरक्षा र अपराध नियन्त्रण सुरक्षा निकायको एकल प्रयासले मात्र सम्भव नहुने भएकाले स्थानीय नागरिकको सहकार्य अपरिहार्य रहेको बताए।

त्यस अवसरमा उक्त नगरपालिकाका नगरप्रमुख प्रदीपकुमार यादव, उपप्रमुख प्रमिलादेवी जयसवाल, ईशनाथ नगरपालिकाकी प्रमुख कौशल्या देवी तथा सशस्त्र प्रहरी उपरीक्षक चेतराज जोशीले सुरक्षा निकाय र स्थानीयको सहकार्यबाट मात्रै राज्यले लाभ लिन सक्ने पक्षलाई सबै पक्षलाई सबैले मनन गर्न आवश्यक रहेको बताए।
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
धर्म/संस्कृति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रमलाई यस क्षेत्रको धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिएको छ।
Whatsapp
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी
समाज
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी
सशस्त्र प्रहरी बल नेपालले नेपाल–भारत सीमा क्षेत्रमा हुने विभिन्न आपराधिक क्रियाकलाप न्यूनीकरण तथा राजस्व चुहावट नियन्त्रण गर्ने ध्येयका साथ स्था...
Whatsapp
दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने
उनलाई नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माले परियोजनाको हालसम्मको  प्रगति र वर्तमान अवस्थाबारे जानकारी गराएका थिए।
Whatsapp
तापक्रम वृद्धिसँगै मलेरिया सार्ने लामखुट्टेको जोखिम बढ्न सक्ने
अन्तर्राष्ट्रिय
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
तापक्रम वृद्धिसँगै मलेरिया सार्ने लामखुट्टेको जोखिम बढ्न सक्ने
वैज्ञानिकहरूले उच्च तापक्रममा मलेरिया सार्ने लामखुट्टेको प्रजनन क्षमता बढाउन मद्दत गर्ने एउटा जीनको भिन्नता पत्ता लगाएका छन्।
Whatsapp
दसौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दसौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशका विभिन्न जिल्लामा अनौपचारिक रूपमा सञ्चालन भएका खेलहरूको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थ...
Whatsapp
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले आयोजना क्षेत्रमा रहेका चमेराको संरक्षणका लागि तीनवटा वैकल्पिक बासस्थान निर्माण सुरु गरेको छ...
Whatsapp
जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती
बागलुङ, वैदेशिक रोजगारीका लागि जापान पुगेका निसीखोला गाउँपालिका-४ थापागाउँका लीलाबहादुर घर्ती एक वर्षमै स्वदेश फर्किएर कृषि उद्यममा रमाएका छन्।
Whatsapp
पर्यटकीय स्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पर्यटकीय स्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
दाङको पर्यटकीय क्षेत्र तुलसीपुर उपमहानगरपालिका वडा नं १९ छिल्लीकोट जोड्ने सडक विस्तार तथा स्तरोन्नति हुने भएको छ।
Whatsapp
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
नेपाल–चीन उत्तरी कोरलानाकामा भौतिक पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको चार वर्ष बितिसक्दासमेत निर्माण कार्य स...
Whatsapp
धान चुटेर, गोरु धपाएर रमाए विदेशी पर्यटक
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धान चुटेर, गोरु धपाएर रमाए विदेशी पर्यटक
धान काटेर खाली भएको खेतमा कोही कुन्यूँबाट धान निकालेर चुट्न व्यस्त थिए भने कोही गोरु नारेर दाइँ गरिरहेका थिए। महिलाहरू गुन्द्री बुन्न प्रयोग हुने पराल...
Whatsapp
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
बजार
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
Whatsapp
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock १० घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस