कर्णाली प्रदेश प्रहरी कार्यालयले नेपाल प्रहरीको ६७ औं प्रहरी दिवस भब्यताका साथ मनाएको छ। प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशले विभिन्न कार्यक्रम गरि प्रहरी दिवस मनाएकाे हाे।
प्रदेश प्रहरी कार्यालय सुर्खेतले ६७ औं प्रहरी दिवसको अवसरमा रक्तदान कार्यक्रम, वृक्षारोपण कार्यक्रम, सुरक्षा चुनौती विषयमा टेलिभिजनमा टक सो कार्यक्रम, सरसफाई कार्यक्रम १० वटा जिल्लाका सदरमुकामस्थित विभिन्न सार्वजनिक स्थानहरुमा, अमर प्रहरी परिवारहरुलाई कदरपत्र र दोसल्ला ओढाएर सम्मान कार्यक्रम र उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कार वितरण कार्यक्रम गरिएको कर्णाली प्रदेश प्रहरी प्रवक्ता (एसएसपी) माधव प्रसाद श्रेष्ठले बताए।
कार्यक्रममा प्रमुख अतिथि जीवनबहादुर शाहीले अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गरेका थिए। प्रहरी अँझै प्रदेश मातहतमा ल्याउन नसकिएको भन्दै कार्यक्रमका प्रमुख अतिथि जीवनबहादुर शाहीले अब प्रहरी प्रदेश मातहतमा ल्याउने गरि काम गर्ने बताए। ्र
जन अर्थात जनताको पथ अर्थात बाटो भएकाले जनपथ भनिएको जनतासंगै संगसगै हुने भएकाले प्रहरीलाई जनताको पहिरो सारथी रुपमा लिईएको मुख्यमन्त्री जीवनबहादुर शाहीले बताए। कर्णालीमा अहिले आएको बाढी पहिरोमा प्रहरी, सेनाले रातदिन नभनि काम गरेको भन्दै मुख्यमन्त्री शाहीले धन्यवाद दिए। कार्यक्रममा कर्णाली प्रदेश प्रहरी प्रमुख पोषराज पोखरेलले बोल्दै धन्यवाद ज्ञापन गरेका थिए।
कार्यक्रममा उच्च अदालतका का.म. मुख्य न्यायाधिश माधव पोखरेल, उत्तर पश्चिम पृतना हेड क्वाटर निमारे सुर्खेतका पृतनापति उपरथी हिरालाल जोशी, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव दिनेश सागर भुषाल, प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, सशस्त्र प्रहरी वन न.६ महेश्वरी बाहिनी सुर्खेतका डिआईजी प्रदिप कुमार पाल, रक्तकालिका गणका गणपति विमल डाँगी लगायत उद्योगी ब्यवसायी, अमर प्रहरीका परिवार, प्रहरी कमचारीहरुको सहभागी रहेको थियो।
वि.स. २०१२ असोज ३० गते प्रहरी ऐन, २०१२ लागु भएको दिन असोज समान्तलाई नेपाल प्रहरीले आफ्नो स्थापना दिवसको रुपमा प्रत्येक वर्ष विभिन्न कार्यक्रम गरि मनाउँदै आएको हो।
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।
चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।
त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्यो।
सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्यो भने भुवन खड्का ५५ मतमा सीमित भए।
अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।
त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।
नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।
पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।
समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...