गोरखा- गोरखाको देउराली-५ मा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। तनहुँको आँबुखैरेनीदेखि गोरखा सडक खण्डमा पर्ने उक्त सडकमा गोरखाबाट आँबुखैरेनी जाँदै गरेको ना१क १४५५ नम्बरको ट्रक र बा३९प ५४१२ नम्बरको मोटरसाइकल गएराति एक आपसमा ठोक्किएको हो।
दुर्घटनामा मोटरसाइकल चालक गोरखा नगरपालिका १० का विजय कुमालको मृत्यु भएको छ। पछाडी सवार दीपेन्द्र कुमाल घाइते भएका छन्। विजयको थप उपचारका लागि भरतपुर लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ।
घाइते दीपेन्द्रको अहिले भरतपुर अस्पतालमा उपचार भइरहेको ट्राफिक दूर्गा बन्जाडेले बताए। ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा छन्।