२१ सय विपन्नलाई नयाँ घर
२२ असोज २०७९
•
३ मिनेट पाठ
२१ सय विपन्नलाई नयाँ घर
जनता आवास कार्यक्रमबाट निर्माण गरिएको घर।
जानकी गाउँपालिका वडा नम्बर ४ अमृतपुरकी मनकला सुनार शारीरिक रुपले अशक्त छिन्। उनको माटोको घर पानी पर्दा चुहिने मात्रै होइन पानी पसेर बस्नसमेत नसकिने हुन्थ्यो। इट्टाको पक्की घरमा बस्न पाउनु सपना जस्तै थियो उनलाई। उनको सपना पूरा गरिदियो, लुम्बिनी प्रदेश सरकारको जनता आवास कार्यक्रमले।  




नेपालगन्ज उपमहानगरपालिका–१३ की जाना खटिक एकल महिला हन्। उनका लागि पक्की घर बनाउनु फलामको चिउरा चपाउनुजत्तिकै अप्ठ्यारो थियो। तर, लुम्बिनी प्रदेश सरकारको जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माण भए पनि उनको ठूलो सपना पूरा भएको छ। उनका एक छोरा र एक छोरीसहितको परिवार अब तीन कोठा, एक बरण्डा र टिनको छानासहितको घरमा बस्न पाएका छन्। ‘मेरो लागि यो ठूलो सहयोग हो। यस्तो राम्रो घर कहिल्यै बनाउन सक्ने थिइनँ्। पहिले वर्षामा चुहिने घरमा बस्नुपथ्र्याे अब त त्यस्तो समस्या भोग्नु नपर्ने भो,’ खटिकले भनिन्।

मनकला र जानाजस्तै जनता आवास कार्यक्रमबाट बाँके र बर्दियाका दुई हजार एक सय ४४ विपन्न परिवारले पक्की घर पाएका छन्। जसमध्ये एक हजार दुई सय ७२ घरहरु बाँकेमा निर्माण भएका हुन् भने आठ सय ७२ घरहरु बर्दिया जिल्लामा निर्माण भएका हुन्। चालु आर्थिक वर्षमा दुवै जिल्लामा थप सात सय तीन घरहरु निर्माण हुन लागेका बाँके र बर्दिया जिल्लामा जनता आवास कार्यक्रम कार्यान्वयन गराइरहेको सहरी विकास तथा भवन कार्यालय नेपालगन्जले जनाएको छ। आर्थिक वर्ष २०७३÷०७४ बाट सुरु भएको कार्यक्रम सुरुको आर्थिक वर्षमा संघीय सरकारअन्तर्गत सञ्चालन भएको थियो। त्यसपछिको एक वर्ष रोकिएको कार्यक्रम २०७५÷७६ बाट प्रदेश सरकारअन्तर्गत सञ्चालन भइरहेको छ। कार्यक्रमको पहिलो चरणमा बाँकेमा एक हजार आठ सय र बर्दियामा एक हजार तीन सय गरी तीन हजार एक सय घरहरु निर्माण गर्ने लक्ष्य राखिएको छ। जसमध्ये अब नौ सय ५६ घरहरु निर्माण गर्नुपर्ने छ। सात सय तीन घरहरु यस आर्थिक वर्षमा निर्माणका लागि बजेट आएर लाभग्राही छनोट गर्न निवेदन संकलनको काम चलिरहेको छ। बाँकेमा तीन सय ४७ र बर्दियामा दुई सय ८४ घरहरु यस वर्ष निर्माण गर्न बजेट आएको छ। ७२ वटा घरहरु निर्माणाधीन छन्। आवासविहीन, लोपोन्मुख, सीमान्तकृत, दलित र विपन्न एवम् मुस्लिम समुुदाय यस योजनाका लाभग्राही हुन्छन्।  

कार्यक्रमको प्रगति सुध्रिँदै

दुई कोठा, एक बरण्डा र टिनको छानासहितको घर निर्माण गर्नुप¥यो भने कति समय लाग्ला? जनता आवास कार्यक्रमअन्तर्गत सुरुका वर्षमा अधिकांश सम्झौता भएका घरहरु एक वर्षभित्र निर्माण सम्पन्न हुन नसकेर अर्काे वर्षसम्म सर्ने गरेका थिए। आर्थिक वर्ष २०७३÷०७४ मा बाँके बर्दियामा कुल एक हजार नौ सय ३६ लाभग्राहीसँग घर बनाउने सम्झौता भएकोमा बाँकेमा चार ४४ र बर्दियामा ६ सय ६३ घरहरु गरी एक हजार एक सय सात घर निर्माण भएका थिए। आर्थिक वर्ष २०७५÷०७६ मा आर्थिक वर्ष २०७३÷७४ मा निर्माण हुन नसकेका र थप तीन सय ९९ लाभग्राहीसँग सम्झौता गरी एक हजार दुई सय २८ घरहरु निर्माण थालिए पनि ६ सय चार घरमात्रै निर्माण भएका थिए। जुन कुल सम्झौताको ४९ प्रतिशत मात्रै संख्या हो।  

आर्थिक वर्ष २०७६/०७७ मा कुल एक हजार १५ घरहरु निर्माणको योजना रहेको थियो। सो वर्षपनि ४१ प्रतिशतहरु निर्माण भए। आर्थिक वर्ष २०७७/०७८ मा भने कुल सम्झौताको ८८.६ प्रतिशत घरहरु निर्माण भए। गत आर्थिक वर्ष २०७८/०८९ मा कार्यान्वयनमा रहेका चार सय ७४ मध्ये चालू आर्थिक वर्षमा जम्मा ७२ वटा घरहरु मात्रै क्रमगतमा रहेका छन्। कार्यालयका प्रमुख इञ्जिनियर राम आश्रय साह आफूहरुले अहिले कार्यक्रमको प्रगति सुधार्दै लगेको बताउँछन्। सुरुका वर्षमा प्रक्रियामा जटिलता, स्थानीय तहको अभावलगायतका कारण ढिलाइ भए पनि अहिले प्रगति सुध्रिँदै गएको शाहले बताए। उनले लाभग्राहीसम्म सूचना पु¥याउने, लाभग्राही छनोट गर्ने र कार्यान्वयन गर्ने पाटोमा सुधार गर्दै लगेको बताए। यस वर्ष पनि सबै योजनाहरु कार्यान्वयन गराउन तिव्रताका साथ काम अघि बढाइएको उनले बताए।  

चालू आर्थिक वर्षका लागि लाभग्राहीमार्फत अहिले निवेदन संकलनको काम चलिरहेको छ। बर्दियामा ९ गतेसम्म निवेदन दिन सक्ने व्यवस्था गरिएको छ। बर्दियास्थित जलस्रोत कार्यालयभित्र रहेको सहरी विकास तथा भवन कार्यालयको साइट कार्यालयमा निवेदन दिन सक्ने प्रमुख शाहले बताए। निवेदन फाराम निःशुल्क प्राप्त हुने उनले बताए। बाँकेमा असोज ४ गतेसम्म निवेदन बुझाउने म्याद राखिएकोमा पर्याप्त निवेदन नपरेकोले निवेदन दिने मिति असोज १२ गतेसम्म थप गरिएको साहले जानकारी दिए।
अर्को समाचार
गरिब तथा विपन्नलाई निःशुल्क उपचारको व्यवस्था गर्न निर्देशन
२४ चैत्र २०८२
•
१ मिनेट पाठ
गरिब तथा विपन्नलाई निःशुल्क उपचारको व्यवस्था गर्न निर्देशन
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले कानुनअनुसार गरिब तथा विपन्नलाई निःशुल्क उपचारको व्यवस्था गर्न निर्देशन दिएको छ।




मन्त्रालयले प्रदेशअन्तर्गत सञ्चालित सबै अस्पताललाई कूल शय्याको कम्तीमा १० प्रतिशत शय्या गरिब तथा विपन्न बिरामीलाई निःशुल्क उपलब्ध गराउन निर्देशन गरेको हो।

मंगलबार स्वास्थ्यमन्त्री किरण थापामगरले कानुनमा उल्लेख भएअनुसार अस्पतालले कम्तीमा १० प्रतिशत शय्या लक्षित वर्गका बिरामीलाई निःशुल्क उपलब्ध गराउन निर्देशन जारी गरेको बताइन्। उनले भनिन्, ‘मन्त्रालयले सोमबार प्रदेशका १३ जिल्लाभित्र सञ्चालनमा रहेका निजी तथा विभिन्न गैरसरकारी संस्थाका नाममा सञ्चालित अस्पताल एवं स्वास्थ्य संस्थालाई प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ को दफा ३ को उपदफा (६) मा रहेको कानुनी व्यवस्था आजैदेखि अक्षरशः कार्यान्वयन गर्न निर्देशन जारी गरेका छौँ, कार्यान्वयन नगर्ने अस्पताललाई कारबाही गर्छौं।’

बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा सुमित्रा गौतमले स्वास्थ्य सेवा ऐनअनुसार हरेक अस्पतालले सामाजिक सेवा एकाइ स्थापना गरी बेवारिसे, अति गरिब, विपन्न, अपाङ्गता भएका विपन्न तथा असहाय व्यक्तिलाई निःशुल्क रूपमा कुल शय्या सङ्ख्याको कम्तीमा १० प्रतिशत शय्यामा उलपब्ध गराउन निर्देशन दिएको बताइन्।
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस