जाडोमा २ सय विपन्नलाई न्यानो कपडा उपहार
०४ माघ २०८०
•
३ मिनेट पाठ
जाडोमा २ सय विपन्नलाई न्यानो कपडा उपहार
शीत लहरसँगै जाडो बढ्दै गए पछि कपिलवस्तुको महराजगंज नगरपालिकाका २ सय विपन्नलाई न्यानो कपडा सेट उपहार प्रदान गरिएको छ।महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र राज आचार्यको पहलमा पालिका भित्र रहेका अति बिपन्नको नामावली छनौट गरी ८ हजार बढी मूल्य पर्ने कपडाको सेट प्रदान गरिएको हो।




कतार च्यारेटीको सहयोग, समाज कल्याण परिषद्को समन्वय र लिडो नेपालको आयोजनामा महारागंज नगरपालिका ९ सेमरी गाउँमा सो कपडा सेट बाँडिएको हो।महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले विपन्नलाई कपडा हस्तान्तरण गरेका थिए।बिभिन्न ८ प्रकारका जाडोमा आवश्यक पर्ने सामाग्रीहरू विपन्नलाई प्रदान गरिएको थियो।न्यानो कपडाहरूमा कम्मल, फाइबर सिरक, पी फोम, न्यानो तन्ना, पछ्यौरी, थर्मस र तातो पानी रबर ब्याग छन। 

सो अवसरमा मन्त्री आचार्यले जाडो बढे पछि समस्यामा परेका अति बिपन्न परिवारलाई राहत दिने उद्देश्यले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने चार पालिकमा न्यानो कपडा बाँडिएको बताए।उनले आफूले दाताहरूको खोजी गरेर विपन्नका लागि पहिलो चरणमा यो कार्यक्रम गरेको बताए।उनले यस क्षेत्रको जनताको सुख दुःखमा साथ दिने आफ्नो कत्तब्र्य रहेको बताए।उनले सिचाई हेन्ड पाइप लगायतका लागि समेत आफू प्रयासरत रहेको बताए।

उनले अहिलेको लागि सीमित व्यक्तिहरूको लागि मात्र कपडा बाँडिएको र आफूले थप कम्मलका लागि पहल गर्ने बताए।मन्त्री आचार्य कै पहलमा कपिलवस्तु क्षेत्र नम्बर २ का सांसद आचार्यको क्षेत्रमा पर्ने यशोधरा गाउँपालिकामा ४ सय ८० कपिलवस्तु र बुद्धभुमी नगरपालिकामा चुजी फाउन्डेसनको सहयोगमा पाँच पाँच सय कम्मल र चप्पल उपलब्ध गराइएको छ।सो अवसरमा लिडो संस्थाका अध्यक्ष तथा पूर्व सांसद अतहर कमालले मन्त्री आचार्यको पहलमा गरिएको यो रचनात्मक काम निकै राम्रो भएको बताए।

विशेषतः महराजगंजका बिपन्न परिवारलाई उपलब्ध गराइएको यो सामान निकै उपयोगी हुने बताए। उनले यस्तो कार्यक्रम जिल्लाभर संचालन गर्नु पर्ने बताए।चिसो अत्यधिक बढेका बेला न्यानो कपडाको सेट पाए पछि विपन्नहरूको मुहारमा खुसी छाएको छ।उनीहरुले सरकारले सबै विपन्नलाई जाडो याममा राहत मिल्ने किसिमको सेवा सुविधा दिनु पर्ने माग गरे ।कपडाको सेट पाएर खुसी बनेका राजपुर गाउँका महबुल धोबीले जायो याममा पाएको यो सामान आफ्नो परिवारका लागि अति उपयोगी भएको बताए।उनले यसले जाडोमा आफुलाई निकै राहत मिल्ने बताए।समेरीकी मायादेबी चमारले शीतलहरले जाडो बढ्दै गएको बेला पाएको सामाग्री आफ्नो लागिबहुमुल्य रहेको बताईन।

उनले यो सामागीले परिवारलाई धेरै सहज हुने बताईन।सो अवसरमा महाराजगंज नगरपालिकाका मेयर अब्दुल कलामले बिपन्न परिवारले न्यानो कपडाका सेट उपहार पाउँदा आफुलाई पनि निकै खुसी लागेको बताए।उनले यस्तो कार्यक्रम पालिकामा राखेमा आयोजकलाई धन्यवाद दिँदै पछि परको आफ्नो पालिका बिकासका लागि थप पहल गर्न मन्त्री समेत आग्रह गरे।

महराजगंज नगरपालिकाका मेयर कलामको अध्यक्षता खग प्रसाद चापागाईँको संचालनमा भएको कार्यक्रममा वडा नम्बर ९ का  वडाध्यक्ष फरिद माहोम्मद लगायतले यस्तो कार्यक्रम थप ल्याउनु पर्ने बताए।महाराजगंजमा थप २ सय जनालाई यस्तै कपडाको सेट केही दिन मै उपलब्ध गराउने कार्यक्रम रहेको लिडोकी व्यवस्थापक सुनिता बेल्बासेले बताईन।महाराजगंजमा सुत्केरी आमा र बच्चाका लागि न्यानो कपडा वितरण समेत गरिने उनले बताईन।
अर्को समाचार
गैरसरकारी संस्थालाई समुन्नत समाजको निर्माणका लागि जुट्न मन्त्री रेग्मीको आह्वान
०६ असोज २०७९
•
१ मिनेट पाठ
गैरसरकारी संस्थालाई समुन्नत समाजको निर्माणका लागि जुट्न मन्त्री रेग्मीको आह्वान
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले समुन्नत समाजको निर्माणमा जुट्न सबै गैरसरकारी संस्थाहरुसँग आह्वान गरेकी छिन्।




बिहीबार काठमाडौँमा समाज कल्याण परिषद्ले ४३ औं सामाजिक सेवा दिवसको अवसरमा आायोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले गरिब, विपन्न, समुदायको सामाजिक र आर्थिक रुपान्तरण गर्दै समुन्नत समाजको निर्माण गर्न सबै गैरसरकारी संस्था जुट्नुपर्ने बेला आएको बताएकी हुन्। सामाजिक संघ, संस्थाको कामलाई सहजीकरण गर्दै परियोजनको लक्षित उद्देश्य प्राप्ति गर्ने कार्यमा स्थानीय तहसँगको समन्वय र सहकार्यमा प्रभावकारी, पारदर्शी र जवाफदेही हुन आवश्यक रहेको पनि उनले बताइन्। 

मन्त्री रेग्मीले परिषद्मा आवद्ध रहेका ५४ हजार गैरसरकारी संस्था तथा २ सय हाराहारीमा रहेका अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका काम कारबाहीलाई परिषद्ले अत्यन्त सुक्ष्म रुपमा अध्ययन गरिरहेको बताइन्। उनले गैर सरकारी संस्थाका कामकारबाहीलाई पारदर्शी, वैज्ञानिक किसिमले अघि बढाउन परिषद् लागिपरेको बताइन्। सामाजिक संघ, संस्थाले प्राप्त गरेको सहयोग, दूरदराजका ग्रामिण विपन्न व्यक्ति, समुदाय, लक्षित कार्यक्रमहरु तर्जुमा र कार्यान्वयनमा जोड दिनुपर्ने आजको आवश्यक्ता रहेको स्पष्ट उनले पारिन्।  

मन्त्री रेग्मीले अहिले अस्तव्यस्त रहेको भृकुटीमण्डपलाइ आफू नेतृत्वको टिमले पारदर्शी बनाउनको निमित्त टेण्डर प्रक्रियाबाट कामहरु सञ्चालन गरीरहेको बताइन्। उनले समिति गठन गरेर अनुगमन मूल्यांकन अद्यावधिक गर्ने प्रणाली पनि सुरु गरेको बताइन्।
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस