राजविराज-ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी एक युवतीको गएराति उपचारको क्रममा मृत्यु भएको छ ।मृत्यु हुनेमा सप्तरीको कुशहा गाविस–१ की १७ वर्षीया मनकामना चौधरी रहेको प्रहरीले जनाएको छ । उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा गएराति मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ–५ स्थित सडकखण्डमा आइतबार राति उनलाई ट्रकले ठक्कर दिएको थियो । रासस
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ–५ स्थित सडकखण्डमा आइतबार राति उनलाई ट्रकले ठक्कर दिएको थियो । रासस