बन्दीपुरमा विदेशी पर्यटकको चहलपहल सुरु
१३ असोज २०७९
•
२ मिनेट पाठ
बन्दीपुरमा विदेशी पर्यटकको चहलपहल सुरु
तनहुँको प्रमुख पर्यटकीय गन्तव्यस्थल बन्दीपुरमा विदेशी पर्यटकको चहलपहल सुरु भएको छ। असोज लागेसँगै बन्दीपुरमा विदेशी पर्यटक आउन थालेका हुन्।




विदेशीको घुम्ने समय भएकाले बन्दीपुर आउने क्रम सुरु भएको व्यवसायी बताउँछन्। बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष एवं होटल व्यवसायी किसन प्रधानले विदेशी पर्यटकको आगमन सुरु भएको जानकारी दिए। 'तीन दिन अगाडिमात्रै ७० विदेशी पाहुना बन्दीपुर आउनुभयो', प्रधानले भने, 'आइतबार पनि २५ जना आउनुभएको छ, अब बन्दीपुरमा विदेशीको चहलपहल थप बढ्ने विश्वास लिएका छ्रौँ।' 

बन्दीपुर आउने पर्यटकमध्ये फ्रान्स, बेलायतका बढी छन्। चिनियाँ पर्यटक भने बन्दीपुरमा ठप्प रहेको उनले बताए। 'पहिला पहिला बन्दीपुरमा सबैभन्दा बढी पर्यटक चिनियाँ हुन्थे, तर अहिले चिनियाँ पर्यटक ठप्प छन्, युरोपेली मुलुकका पर्यटक आउँछन्', उनले भने। विदेशी पर्यटकको घुम्ने समयका कारण नेपाल आएका पर्यटक प्याकेजमा बन्दीपुरसम्म आउने गरेको उनले सुनाए। 'नेपाल आएका पर्यटक पोखरा, सौराहा लगायतका ठाउँसम्म घुम्न निस्किने र त्यही बेला बन्दीपुर भ्रमणका लागि आउने गरेका छन्', उनले भने, 'यहाँको रीतिरिवाज, रहनसहन देखेर उनीहरु मख्ख पर्छन्।' बन्दीपुरमा विदेशी पर्यटकको चहलपहल सुरु भए पनि स्वदेशी पर्यटक भने न्यून रहेको व्यवसायी बताउँछन्। होटल व्यवसायी बसन्त पौडेलले स्वदेशी पाहुनाको आगमन घटेको बताए।

'स्वदेशी पाहुना फ्याट्टफुट्ट मात्रै बन्दीपुर आइपुगेका छन्', उनले भने। सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दिपुर पुगिन्छ। जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ। प्राकृतिक सुन्दरता बोकेको बन्दिपुरबाट अन्नपूर्ण, माछापुच्छरे, धौलागिरी लगायतका हिमशृङ्खला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने गर्दछ। 

भक्तपुरे शैलीमा निर्माण गरिएको घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्र लगायतका स्थल यहाँ आउने पर्यटकको पहिलो रोजाइँ बन्ने गरेको छ। बन्दीपुरमा होटल सङ्घसँग आबद्ध साना ठूला गरी ७७ होटल सञ्चालनमा छन्।
अर्को समाचार
आठलाख पाहुनाको लक्ष्यमा बन्दीपुर
०९ वैशाख २०८३
•
४ मिनेट पाठ
आठलाख पाहुनाको लक्ष्यमा बन्दीपुर
तनहुँको पर्यटकीय बजार बन्दीपुर। तस्बिरः सन्तोष/नागरिक
तनहुँको पर्यटकीय क्षेत्र बन्दीपुरले सन् २०२५ मा बन्दीपुर भ्रमण वर्ष मनायो। त्यो वर्ष बन्दीपुरले सबैगरि ६ लाख २५ हजार पाहुना भित्र्याउन सक्यो। ती पाहुनामध्ये ५ लाख आन्तरिक थिए। बाँकी १ लाख २५ हजार पाहुना विदेशी थिए। यो वर्ष भने बन्दीपुरले स्वदेशी र विदेशी गरि कम्तिमा आठलाख पाहुना भित्र्याउने लक्ष्य राखेको छ।  




आठलाख पाहुना भित्र्याउने लक्ष्य पुरा गर्नका लागि बन्दीपुरले यो वर्ष मेहनत थालेको छ। त्यसका लागि आगामि दुईसातापछि ‘गाउँ पर्यटन मेला’ आयोजना गर्दैछ। त्यसबाहेक बन्दीपुर आसपासका ११ वटा होमस्टेसम्म पाहुना लैजाने प्रयास गर्दैछ। वर्षैभरि कुनै न कुनै कार्यक्रम गरेर पाहुनालाई गाउँ उकाल्ने योजना बन्दीपुरको रहेको छ।  

क्षेत्रीय होटल संघ बन्दीपुरकी अध्यक्ष फूलमति थापा भन्छिन्, ‘हामीले पाहुनालाई बन्दीपुर बजारमा मात्र राख्ने होईन, आसपासका गाउँमा लगेर त्यहाँका बासिन्दालाई पनि पर्यटनमार्फत लाभ दिलाउने प्रयास गर्नेछौ।’ उनका अनुसार बन्दीपुरले अहिले आसपासका ११ मध्ये आठवटा होमस्टेलाई जोडेर सर्किट बनाईरहेको छ। पाहुनालाई ती होमस्टेका स्थानीय संस्कृति देखाउने प्रयास यो पटक गरिएको उनले बताइन्।  

‘पर्यटनको लाभ बन्दीपुर बजारले मात्र लिने होईन, आसपासका गाउँका बासिन्दालाई पनि त्यसको लाभ दिन सकिन्छ। त्यो लाभ पाएमा मात्र स्थानीयको अपनत्व हुन्छ,’ उनले भनिन, ‘स्थानीयको कलाशैली, संस्कृतिलाई देखाउन सकियो भने गाउँलेले पर्यटनबाट लाभ पाउनेछन। नत्र होमस्टे चलाएर मात्र भएन, पाहुना लैजना सकिएन भने उपलब्धी हुँदैन।’ 
फरक फरक गाउँको संस्कृति फरक रहेकोले पाहुनालाई देखाउन सकेमा त्यसबाट लाभ पाइने उनले बताईन।  ‘पाहुनालाई बजार मात्र सीमित राख्न खोजेर अब उनीहरुको बसाई अवधि बढाउन सकिन्न। पाहुनालाई गाउँको स्वाद पस्कन सक्यो भने त्यसले पर्यटनमा फाइदा पुग्छ। त्यस्तै दोहोरिएर आउने पाहुनाका लागि पनि बजार भन्दा गाउँको बसाई रोमाञ्चक बन्न सक्छ’ उनले भने, ‘पाहुनालाई आकर्षित गर्ने, उनीहरुको बसाई अवधि बढाउने गरि योजना बनाएका छौ। फरक गाउँको फरक संस्कृतिलाई पाहुना समक्ष प्रस्तुत गर्न सकेमा पर्यटन प्रवद्र्धन हुन्छ।’ नयाँनयाँ कार्यक्रम मार्फत पाहुना आकर्षण गर्न सकेमा मात्र बन्दीपुरको आठलाख पाहुनाको लक्ष्य पुरा हुने उनले बताइन्।  

सन् २०२५ मा बन्दीपुर भ्रमण वर्ष मनाउँदाका संयोजक समेत रहेका स्थानीय पर्यटन व्यावसायी बैश गुरुङ पनि पर्यटनको लाभ ग्रामीण क्षेत्रलाई पनि दिलाउन सकेमा पर्यटन प्रवर्द्धन हुने बताउँछन। त्यसका लागि आसपासका गाउँलाई पनि पर्यटनमा जोड्ने प्रयास थालेको उनले बताए। ‘होमस्टे सर्किटमा पाहुना लैजान सकियो भने त्यसबाट गाउँको पर्यटन प्रवर्द्धन हुन्छ,’ उनले भने। गाउँपालिकास्तरीय पर्यटन समितिका सदस्य समेत रहेका गुरुङका अनुसार बन्दीपुर आसपासका गाउँको पर्यटन बाहेक साहसिक पर्यटकीय गन्तव्यले पनि पहिचान बदलिएको छ।  

उनका अनुसार बन्दीपुर आसपासमा अहिले गुफा, रक क्लाईम्बिङ, प्याराग्लाईडिङ, हाईकिङ  लगायतका गतिविधि हुन्छन। त्यसबाहेक केवलकारले पनि अहिले यात्रुलाई बन्दीपुरसम्म उकाल्न सहज भएको छ। पोखराबाट फर्किने र पोखरा भित्रिने पाहुनालाई पृथ्वी राजमार्गबाट आठकिलोमिटर माथि उकाल्ने प्रयास स्वरुप विभिन्न कार्यक्रम गरेको उनले बताए।  

‘बन्दीपुरसम्म आउजाउमा समस्या पनि छैन। बन्दीपुरको मौसम आफैमा भिन्न छ। बन्दीपुरबाट देखिने नागबेली मर्स्याङ्दीको दृश्य पनि लोभलाग्दो हुन्छ,’ उनले भने, ‘आसपासका गाउँ पनि आकर्षक छन र ती गाँउका संस्कृति झनै महत्वपूर्ण छन्।’ 
बन्दीपुरका पुराना घरमा संचालन गरिएका कतिपय होटल पाहुनाका लागि झनै आकर्षक रहेको पनि उनले बताए।  उनका अनुसार बन्दीपुरमा सबैगरि साना ठूला गरेर ७५ वटा होटल छन्। ती होटलमा ६ सय हाराहारीमा कोठा छन्। बन्दीपुरका होटलमा मात्र एकरातमा १४ सय हाराहारीमा पाहुना अट्छन। आसपासका होमस्टेमा समेत गरेर बन्दीपुरमा एकरातमा २५ सय पाहुना अट्ने क्षमता रहेका पनि गुरुङले बताए।  

बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापा पनि गाउँका बासिन्दालाई पर्यटनबाट लाभ दिलाउनका लागि पहल थालिएको बताए। ‘अघिल्लो वर्ष लक्ष्य भन्दा बढी संख्यामा पाहुना भित्रिए पछि बन्दीपुर हौसिएको हो। पर्यटनको लाभ पाएपछि बन्दीपुर यो वर्ष आठलाख पाहुना भित्र्याउन कस्सिएको छ,’ उनले भने, ‘सबैको पहलमा यो प्रयास थालिएको छ। पर्यटक पुगेर आम्दानी दिलाउन थालेपछि स्थानीय व्यावसायी बल्ल लाभान्वित हुन्छन।’

पर्यटन बोर्ड गण्डकी प्रमुख मणिराज लामिछाने पनि बन्दीपुर पछिल्लो समय आकर्षक गन्तव्य बन्दै गएको बताउँछन्। बन्दीपुरले पर्यटन, स्वास्थ्य र शिक्षामार्फत पहिचानको दायरा फराकिलो बनाएको पनि उनले बताए। बन्दीपुरका संचालित अस्पताल, त्यहाँको विद्यालय र पर्यटन बन्दीपुरको चिनारी भएको पनि उनले बताए। ‘बन्दीपुर आफैमा फरक पहिचान बोकेको पर्यटकीय गन्तव्य हो। बन्दीपुरसँग प्रकृति मात्र नभई संस्कृति पनि छ। त्यसैले बन्दीपुरले पाहुना पाएको छ। यो वर्षको आठलाख पाहुना भित्र्याउने लक्ष्यमा सबैको साथ खोजेको छ,’ उनले भने। बोर्डले बन्दीपुरको प्रवर्द्धनमा सहज होस भनेर यो वर्षको गाउँ पर्यटन मेलामा समेत सहकार्य गरेको उनले बताए।  
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस