काठमाडाैं-नेविसंघकाे सक्रियतामा निर्माण भएको विद्यालय भवन हस्तान्तरण गरिएको छ। गत वर्षको वैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट क्षति पुगेको किर्तिपुर माध्यामिक विद्यालयमा भूकम्प प्रतिरोधात्मक चारकोठे भवन निर्माण गरी विद्यालयलाई बिहीबार हस्तान्तरण गरिएको हो।नेपाल विद्यार्थी संघका अध्यक्ष रञ्जित कर्णको आर्किटेकमा निर्माण भएको सो भवनलाई नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले हस्तान्तरण गरेका हुन्। नेता सिंहले भूकम्प गएको एक वर्ष वितिसक्दा पनि सरकारले काम गर्न नसक्नु दूर्भाग्यपूर्ण रहेकाे बताए।
नेता सिंहले आफ्नो पार्टीको एजेण्डा सरकार ढाल्ने नभएको भन्दै सरकारभित्रै सहभागी दल सरकार गिराउने खेलमा लागेको बताए। उनले भने, 'भूकम्प र नाकाबन्दीले जनता गास, बास, कपासको समस्यामा छन् यसलाई सरकारले चाँडो पुरा गर्नुपर्छ।' उनले संविधान कार्यान्वयन र पुननिर्माणमा नेपाली काँग्रेस कडा प्रतिपक्षको भूमिका खेल्ने बताए।