डढेलोले चार हजार हेक्टर सखाप
१५ वैशाख २०७३
•
१३ मिनेट पाठ
डढेलोले चार हजार हेक्टर सखाप
वैशाख-हरेक चैत–वैशाखमा पूर्वी पहाडका वनमा डढेलो लाग्दा हजारौं हेक्टर वनजन्य स्रोत नष्ट भइरहेको छ । वनमा लागेको आगो बस्तीमा फैलिएर करोडौं रुपैयाँको धनमाल खरानी हुने गरेको छ । तर, वनमा बर्सेनि लाग्ने डढेलो नियन्त्रणका लागि प्रयास भएको देखिँदैन ।आगो नियन्त्रण प्रविधि नहुँदा बर्सेनि यसको क्षति बढिरहेको छ । इलामका दर्जनौं सामुदायिक वन हरेक वर्ष डढेलोले खरानी भइरहेका छन् । डढेलो नियन्त्रण गर्न नसक्दा करोडौं रुपैयाँको क्षति भइरहेको छ । वनको कति हेक्टरमा डढेलो लाग्यो भन्ने तथ्यांक आउँछ, कति रुखमा असर पुग्यो भन्ने पनि सालाखाला तथ्यांक अनुमान होला । तर, वनका जडिबुटी, बिरुवा, आश्रित वन्यजन्तुमा पुगिरहेको क्षति भने अनुमान छैन । यसले हरेक वर्ष भू–क्षय र बाढीपहिरोसमेत निम्त्याइरहेको छ । जिल्लाका चुरे क्षेत्रमा बढी सामुदायिक वन छन् । ती वनमा हरेक वर्ष डढेलो लागिरहेको छ । चुलाचुली, बाँझो, महमाई, दानाबारी, साकफारा लगायत गाउँका सामुदायिक वनमा चैतदेखि करिब जेठसम्म हरेक वर्ष डढेलो लाग्ने गरेको स्थानीय बताउँछन् । आगो नियन्त्रणका लागि बेलामा प्रयास नै हुँदैन । भएका प्रयासले नियन्त्रण सम्भव नहुँदा क्षति बेहोर्नुपरेको छ ।

यो वर्षमात्र जिल्लाका ४४ सामुदायिक तथा निजी वनमा डढेलो लागेको छ । आगोले बुधबारसम्ममा १ हजार ४ सय हेक्टर वन सखाप भइसकेको जिल्ला वन कार्यालयले जनाएको छ । जिल्लाको नामसालिङ–९ स्थित लाहुरे सामुदायिक वनमा सोमबार बिहान लागेको डढेलो मंगलबार राति नियन्त्रणमा आउँदा करिब २५ हेक्टर वन सखाप भएको कार्यालयका सहायक वन अधिकृत सुनीलकुमार सिंहले बताए । विभिन्न वनमा लाग्ने डढेलोले बिरुवा, रुख, जडिबुटी लगायत क्षति गरिरहेको छ । 'चाहेर पनि नियन्त्रण गर्न सक्ने अवस्था छैन,' उनले भने । कतिपय वनमा स्थानीयले घाँसका लागि डढेलो लगाउने गरेका छन् । झाडी सफा गर्ने क्रममा लगाएको आगो फैलिएर ठूलो क्षेत्रको वनमा क्षति पुग्ने गरेको छ ।

डढेलो नियन्त्रणको रकमले गाडीको टायर

इलामस्थित जिल्ला वन कार्यालय डढेलो सचेतना र नियन्त्रणका लागि रकम नै नभएर समस्या भइरहेको बताउँछ । कार्यालयमा यो वर्ष वनको डढेलो सचेतना र नियन्त्रणलाई १ लाख रुपैयाँ आयो । त्यसमध्ये ४० हजार रुपैयाँ कार्यालयको गाडीको टायर फेर्नमा खर्च गरिएको छ । अन्य रकम पनि गाडीमा इन्धन हाल्दैमा सकिने सहायक वन अधिकृत सिंहले बताए ।

कार्यालयमा आएको १ लाख मध्ये ४० हजार रुपैयाँले गाडीको टायर फेरियो । २५ हजार रुपैयाँ डढेलो नियन्त्रण सचेतनामा खर्च भएको कार्यालयले बतायो । चुलाचुली र दानाबारी गाविसका १–१ स्कुलमा सचेतना कार्यक्रम गर्दा ३६ हजार रुपैयाँ खर्च भयो । 'गाडीमा तेल हाल्नैपर्यो, टायर नभएर गाडी नकुद्ने, पैसा यसोउसोमै सकिइहाल्छ,' सिंहले भने, 'अनि वनमा आगो लागिहाल्यो भने सेउलाले कुट्ने र माटोले पुर्नेबाहेक केही गर्न सकिन्न । ग्यास लगायत प्रविधि प्रयोग गरी आगो नियन्त्रण हुने त अमेरिकातिर मात्रै हो । हाम्रोमा सकिँदैन ।'

चुलाचुली गाविसमा ५० हजार रुपैयाँ खर्चेर डढेलो नियन्त्रणबारे सचेतना जगाउने कार्यक्रम रहेको उनको भनाइ छ । डढेलो नियन्त्रणका लागि आएको बजेट गाडी मर्मत, इन्धन र सचेतनामै खर्च गर्दा वनमा डढेलो लागिहाले नियन्त्रण गर्ने स्रोतसाधनचाहिँ छैन । डढेलो लागिहाले स्थानीय, प्रहरी, सशस्त्र प्रहरी र सेनालगायतले नियन्त्रण प्रयास गर्छन् । सबै सामुदायिक वन क्षेत्रमा दमकल जान नसक्ने भएकाले पानीले आयो निभाउन सम्भव हुँदैन ।

वनको डढेलोले बस्ती सखाप

पाँचथरको स्बरुम्बा गाविसको भुतेखोला जंगलमा लागेको डढेलो बस्तीमा सल्किँदा १ र २ नम्बर वडाका बस्ती सखाप भए । आगोले करिब ७० लाख रुपैयाँको क्षति गर्यो । हावाहुरीसँगै लागेको आगोले स्थानीय ११ जनाको घरगोठ जलेको पाँचथर प्रहरीले जनायो । आगलागीबाट घर, लत्ताकपडा, गोठ तथा चौपाया जले ।

पानीको चरम अभाव भएको यो ठाउँमा हावाहुरीसँगै वनको आगो पसेको हो । आगो सल्किएको खबर पाएपछि भेला भएका सयौं स्थानीय र प्रहरीले नियन्त्रण प्रयास गरे । तर, आगलागी नियन्त्रणका लागि आवश्यक सामग्री नहुँदा भेला माटो र सेउलाको भर पर्नुको विकल्प रहेन । यसले मात्र आगो नियन्त्रणमा नआउँदा बस्ती सखाप भयो । 'आगो नियन्त्रणका लागि पानी थिएन, सेउला र माटोको भरले चारैतिरबाट पसेको आगो निभाउन सम्भन भएन,' स्थानीय पूर्णबहादुर पाण्डेले भने । साताअघि चोकमागु गाउँमा पनि जंगलबाट आगो पस्यो । ५ घर क्षणभरमै खरानी भए । एउटा घरमा आगो लागेपछि निभाउन गरेको प्रयास सम्भव भएन । पानी पर्याप्त थिएन । दमकल पुग्ने कुरा भएन । सेउला र माटो भरमा आगो निभाउँदा निभाउँदै ५ घर खरानी ।

चैतयता जिल्लाका २० स्थानमा डढेलो लागिसकेको जिल्ला वन कार्यालयको तथ्यांक छ । आगोले निजी, सामुदायिक र सरकारद्वारा संरक्षित वनको १ हजार ५ सय ७६ हेक्टरमा क्षति गरेको सहायक वन अधिकृत जगदीश देवले बताए । डढेलेको क्षतिको पूर्ण विवरण भने छैन । गत वैशाख १३ को डढेलोले स्याबरुम्बाको ४ सय हेक्टर, रानीगाउँको ३ सय, अमरपुर र अमरमपुरकै सल्लेरी सामुदायिक वनको डेढडेढ सय हेक्टर वन सखाप भएको कार्यालयले जनाएको छ ।

चैत–वैशाखमा हावाहुण्डरी चल्ने भएकाले डढेलो र आगलागीका घटना बढेका छन् । दिनहुँजसो आगलागीले लाखौंको क्षति गरिरहेको छ । आगलागी नियन्त्रणका लागि स्रोतसाधन नहुँदा ठूलो क्षति हुने गरेको छ । सानो संख्यामा रहेका प्रहरी र स्थानीयले सेउला र पानीको भरमा जोखिम मोलेर आगो नियन्त्रणमा लिइरहेका छन् । खडेरीका कारण पानी पर्याप्त छैन । आगो निभाउँदा प्रयोग गर्नुपर्ने पोसाकसमेत छैन । केही महिनाअघि आगो निभाउन खोज्दा रानीगाउँमा १ र भारपामा २ जनाको ज्यानसमेत गएको थियो ।

प्रमुख जिल्ला अधिकारी संयोजक रहेको जिल्ला दैवीप्रकोप उद्धार तथा राहत समिति लगायत निकायले आगलागी नियन्त्रणको पूर्वतयारी गरेको देखिँदैन । राम्रो आम्दानी हुने सामुदायिक वनले समेत आगलागी नियन्त्रणका लागि प्रयास गरेका छैनन् ।

'आगो नियन्त्रणका लागि उपाय नै छैन । घरहरूमा लागेको आगो पानी पर्याप्त नहुँदा माटो र सेउलाको भर पर्नुपर्छ । सामुदायिक वनमा लागेको आगो अग्निरेखा बनाएर नियन्त्रणमा लिने प्रयास गरेका छौं,' डिएसपी कृष्णप्रसाद कोइरालाले भने, 'जोखिम लिएर आगो नियन्त्रण गर्नुपर्छ ।' चैत र वैशाखमा भएका आगलागीबाट करोडौंको क्षति भइसकेको उनले बताए । हेलचेक््रयाइँ र राम्रो घाँसका लागि वनमा डढेलो लगाउने गरिएको छ । खडेरीसँगै आगलागीले विकराल रूप लिएको सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष देवी न्यौपाने बताउँछन् । सामुदायिक वनमा आगो लगाइदिने तथा खडरीले सुकेको वनमा चाँडै आगो सल्किने भएकाले ठूलो क्षति भइरहेको उनको भनाइ छ ।

७० सामुदायिक वन जोखिममा

धनकुटाका १३ सामुदायिक वनमा डढेलो लागेको छ । डढेलोले १ हजार १ सय ५० हेक्टर वन क्षेत्र जलेको छ । सामुदायिक वनमा लागेको डढेलो सल्किएर बसन्तटार गाविसमा ३ घरसमेत जले । कुरुलेतेनुपामा ३ गोठ खरानी भए । धनकुटाकै लेगुवामा निजी वनमा लागेको डढेलोले १४ घर जलेका छन् । यसबाट करिब १ करोडको क्षति भएको छ ।

सामुदायिक वन उपभोक्ता महसंघका अनुसार जिल्लामा ७० सामुदायिक वन डढेलोको जोखिममा छन् । यीमध्ये ४७ सामुदायिक वनबाट सल्लाको खोटो संकलन हुने गरेको छ । तमोर र अरुण नदीको पाटामा पर्ने ती सामुदायिक वनमा हेरालुसँगै वनको ब्लक विभाजन गर्ने, अग्निरेखा कोर्ने र सचेतना कार्यक्रम चलाउने गरेको महासंघ अध्यक्ष राजेन्द्र खड्काले बताए । डढेलो नियन्त्रणका लागि जिल्लामा पर्चा, पम्प्लेट टाँस्ने र सचेतनासम्बन्धी सूचना प्रसारण गर्नेबाहेक अन्य कार्यक्रम छैन । वनमा डढेलो लागे तत्काल नियन्त्रण गर्न रेन्जपोस्ट कार्यालयमा फायरिङ मेसिन, हेलमेट, स्वेटर लगायत सुरक्षा सामग्री रहे पनि पर्याप्त नभएको जिल्ला वन अधिकृत कृष्णप्रसाद वस्तीले बताए ।

सामुदायिक वनमा डढेलो लगाउने व्यक्तिलाई यहाँका सामुदायिक वन समूहले आर्थिक जरिवानासँगै १ वर्षसम्म निःशुल्क वनको हेरालु गराउने कारबाही गरे पनि प्रभावकारी बन्न सकेको छैन ।

...........

फिदिम नगरपालिका अन्तर्गत थाक्लेको सामुदायिक वनमा लागेको डढेलो ।

तस्बिर सौजन्य ः नेपाल प्रहरी
अर्को समाचार
पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
१३ वैशाख २०८१
•
२ मिनेट पाठ
पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
यहाँका विभिन्न वन–जङ्गलमा डढेलो लाग्ने क्रम रोकिएको छैन। गत चैत दोस्रो सातादेखि सुरु भएको डढेलोले हालसम्म एक हजार चार सय हेक्टर वन–जङ्गल सखाप पारेको छ।

डिभिजन वन कार्यालयका सहायक वन अधिकृत रामबहादुर विकले दिएको जानकारीअनुसार हालसम्म एक हजार चार सय १६ दशमलव छ हेक्टर वन–जङ्गल डढेलोले सखाप परेको छ।

पर्वतमा गत चैत २२ गते जलजला गाउँपालिका–१ को देउराली सामुदायिक वन र जलजला वडा नं-५ को सिमल्टेचौर सामुदायिक वनबाट आगो लाग्न सुरु भएको थियाे। बुधबारसम्म ७० सामुदायिक तथा राष्ट्रिय वनमा आगो लागेको विकले जानकारी दिए।

हरेक वर्ष सामान्यतयाः फागुनदेखि जेठसम्मको समयलाई वन डढेलोको याम भनेर चिनिन्छ। प्रायः यो समयावधिमा वन डढेलोको प्रकोप देशभर अत्यधिक बढ्ने गरेको छ। यसरी हरेक वर्ष लाग्ने डढेलोले वन प्राकृतिक र मानवीय धनजनको ठूलो क्षति गर्दै आएको छ।

डढेलोले जङ्गलमात्र नभएर मानव बस्तीलाई समेत जोखिममा पार्दै आएको छ। जिल्लामा वन्यजन्तु तथा मानवीय क्षति नभएको जिल्ला वन कार्यालयको तथ्याङ्क छ।

जिल्लामा गत चैतमा खासै डढेलोका घटना नभए पनि वैशाख लागेसँगै यहाँ रहेका सामुदायिक तथा राष्ट्रिय वनमा डढेलो लागेको सहायक वन अधिकृत विकले बताए। गत वर्षको तुलनामा यस वर्ष वनमा धेरै मात्रामा डढेलो लागेको छ।

आगलागी भएका वनमा सामुदायिक नै धेरै छन्। विकले भने, ‘जनचेतना र प्रचार–प्रसारको कमी हुँदा वनमा धेरै आगलागी भएको छ, यसको नियन्त्रणका लागि कार्यालय सक्रियताका साथ लागेको छ।’

डढेलोबाट हुने जनधन र वनको क्षति न्यूनीकरण गर्न सञ्चारमाध्यममा प्रचार–प्रसारका सामग्री प्रसारण तथा प्रकाशित गरिएको छ। जिल्लाका तीन सुरक्षा निकायलाई एक–एक अग्नि सेट उपलब्ध गराउनुका साथै सामुदायिक वन उपभोक्ता समितिमार्फत सचेतना गोष्ठी र अग्नि नियन्त्रण डेमो प्रदर्शन गरिएको उनको भनाइ छ। वनमा डढेलो लाग्न नदिन सबै नागरिकलाई सचेत हुन डिभिजन वन कार्यालयले अनुरोध गरेको छ।

जिल्लामा वन डढेलो प्राकृतिक कारणले मात्र नभएर मानवीय कारण धेरै हुने गरेको छ। वन पैदावार सङ्कलन, वन अतिक्रमण, चोरी सिकारीलगायत खेती किसानीका लागि प्रयोग गरिने आगो पनि डढेलो लाग्नुका मुख्य कारण बनेको छ।

मुलुकी ऐनमा आगो लगाउनेको महलले आगो लगाउने कार्यलाई फौजदारी अभियोग मानेको छ। वन ऐन, २०४९ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को ‘वनमा आगो लगाउन वा आगो लाग्न सक्ने क्रियाकलापहरूलाई अपराधको रूपमा लिएर कैद सजाय र दण्ड जरिवाना गर्ने व्यवस्था गरे पनि त्यो कागजमै सीमित छ।

जिल्लामा कुल भूमि ५४ हजार दुई सय १० हेक्टरमध्ये वन क्षेत्र २७ हजार छ सय ४० हेक्टर (५१ प्रतिशत) मा फैलिएको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस