नागरिककर्मी केसीलाई धम्की
०७ असोज २०७९
•
१ मिनेट पाठ
नागरिककर्मी केसीलाई धम्की
नागरिककर्मी गोविन्द केसीलाई सशस्त्र प्रहरी नायव महानिरीक्षक अभिकुमार खत्रीले सामाजिक सञ्जाल फेसबुकमार्फत धम्की दिएका छन्। केसीले फेसबुकमा ‘दैलेखमा जन्मेर दैलेखी भन्न लाज मान्ने वरिष्ठ सरको सुर्खेतबाट सरुवा भएछ’ भनेर लेखेका थिए।  

उक्त स्टाटसमा सशस्त्र प्रहरीका डिआइजी खत्रीले अस्लिल शब्दहरु प्रयोग गरेर कमेन्ट गरेका छन्। नागरिककर्मी केसीले सामाजिक सञ्जालमार्फत आफूलाई अस्लिल गालीगलौज गर्नुका साथै फेसबुक म्यासेन्जरमार्फत पनि धम्की दिएको बताए।

‘मैले कसैको नाम उल्लेख नगरेर स्टाटस लेखेको थिएँ,’ केसीले भने, ‘डिआइजी खत्रीले आफैलाई भनेको जस्तो गरेर अस्लिल शब्दसहित कमेन्ट गर्नुभयो, म्यासेन्जरमार्फत धम्की दिनुभयो।’

यसैबीच नेपाल पत्रकार महासंघ दैलेख शाखाले डिआइजी खत्रीले नागरिकर्मी केसीलाई दिइएको धम्कीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघले डिआइजी खत्रीलाई कारवाहीको पनि माग गरेको छ। ‘आफ्नो पदीय मर्यादालाई ख्याल नगरी सामाजिक सञ्जालमार्फत अपमानजनक स्टाटस लेख्ने सशस्त्र प्रहरीका डिआइजी खत्रीलाई आवश्यक कानुनी कारवाहीका लागि सम्वन्धित निकायसँग माग गर्दछौं,’ अध्यक्ष यज्ञराज थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
अर्को समाचार
समाचारका विषयमा नागरिककर्मीलाई धम्की
१५ वैशाख २०७७
•
१ मिनेट पाठ
समाचारका विषयमा नागरिककर्मीलाई धम्की
वीरेन्द्रनगर- दैलेख जिल्ला सदरमुकामसमेत रहेको नारायण नगरपालिकाको समाचार किन लेखेको भन्दै नागरिक दैनिकका दैलेख संवाददाता गोविन्द केसीलाई धम्की आएको छ । उक्त नगरपालिकाका चमेना गृह सञ्चालक छत्र थापाले नागरिककर्मी केसीलाई सार्वजनिक स्थानमा धम्की दिँदै दुव्र्यवहार गरेका हुन् ।

चमेना गृह सञ्चालक थापालाई प्रहरीले पक्राउसमत गरेको नागरिककर्मी केसीले जानकारी दिए । नागरिक दैनिकको वैशाख १० गते प्रकाशित अंकमा ‘राहत सामग्री खरिदमा अनियमितता’ भन्ने समाचार प्रकाशित भएको छ । उक्त समाचार किन र कति पैसा खाएर लेखेको भन्दै चमेना गृह सञ्चालक थापाले नागरिककर्मीलाई धम्कीसँगै दुव्र्यवहार गरेका थिए । ‘चमेना गृह सञ्चालक थापाले मलाई कुटपिट गर्न अरु मान्छे पनि बोलाएका थिए,’ नागरिककर्मी केसीले भने, ‘पछि प्रहरीले थाहा पाएर थापालाई नियन्त्रणमा लियो ।’
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस