एसएलसी ग्रेडिङको अन्योल
१२ चैत्र २०७२
•
२३ मिनेट पाठ
एसएलसी ग्रेडिङको अन्योल
काठमाडौं– सिन्धुपाल्चोक, सुनखानीस्थित कोल्दौङदेवी माध्यमिक विद्यालयकी छात्रा पाल्साङ तामाङ चैत १८ देखि सुरु हुन लागेको एसएलसी परीक्षाको तयारीमा छन्। एसएलसीमा यही वर्षदेखि लागू हुने अक्षर ग्रेडिङ प्रणाली भनेको कस्तो हो? उनलाई थाहा छैन।'शिक्षकले बुझाउने प्रयास त गर्नुभएको छ तर मैले पूरै बु‰न सकेकी छैन,' उनले भनिन्।




सोही विद्यालयका आदित्य सुनार कक्षाकै अब्बल हुन्। अंग्रेजी, गणित र विज्ञानमा विशेष दक्खल राख्ने उनी पनि अक्षर ग्रेडिङबारे पूरै जानकार छैनन्। यो नयाँ प्रणाली विद्यार्थीको हितमा भए पनि यसले विशिष्ट श्रेणी ल्याउने मिहिनेती विद्यार्थीका लागि भने फाइदा नगर्ने उनको बुझाइ छ।

'औसत विद्यार्थीका लागि भने यस्तो प्रणाली राम्रै हुन्छ भन्ने मैले बुझेको छु,' उनले सुनाए।

सिन्धुपाल्चोककै अर्को विद्यालय महेन्द्रोदय उच्च माध्यमिक विद्यालयका नवराज ठकुरी पनि आदित्यको कुरामा सहमत छन्। यसमा थोरै मिहिनेतले पनि राम्रो प्रतिफल निस्किने उनी बताउँछन्। 'सबै विषयमा राम्रो नभएर एउटामा फेल अर्कोमा पास भन्ने हुँदैन,' उनी भन्छन्। नयाँ ग्रेडिङ प्रणालीअनुसार एसएलसीमा आफ्नो 'ए प्लस' आउने उनको अपेक्षा छ।

त्यस्तै, काठमाडौंस्थित मदन भण्डारी मेमोरियल स्कुलका विद्यार्थी रविन मण्डल अक्षर ग्रेडिङ प्रणाली लागू हुनु सकारात्मक रहेको तर्क गर्छन्। यसले कसैलाई निराश बनाउँदैन भन्ने उनको आशा छ। यसमा फेल भइँदैन तर कम ग्रेड आए आफूले चाहेको विषय पढ्नै नपाउने हो कि भन्ने आशंकाले अहिले दैनिक १६ घन्टा पढिरहेको उनले बताए।

६ लाख १५ हजार ५ सय ५३ परीक्षार्थी सहभागी हुने यसपटकको एसएलसी विगतको तुलनामा फरक हुँदैछ। सरकारले परीक्षाको मूल्यांकन अंकका आधारमा नभई अक्षरमा गर्ने निर्णयसँगै परिणामको प्रवृत्ति फरक देखिनेछ। तर विद्यार्थी तथा शिक्षकमा यसबारे पूरा जानकारी नगराई लागू गर्न खोजिएकाले यसको नतिजा सकारात्मक आउला या नकारात्मक, हेर्न बाँकी छ।

विद्यार्थी मात्र होइन, शिक्षक पनि अलमलमा छन् नयाँ प्रणालीबारे। मदनभण्डारी मेमोरियल स्कुलका प्रधानाध्यापक राजु रानामगर ग्रेडिङ सिस्टम अलमलको विषय भएको बताउँछन्। उच्च माध्यमिक शिक्षा परिषदले 'सी' भन्दा कम ग्रेड ल्याउनेलाई भर्ना लिन नसक्ने जनाएपछि अझ अन्योल थपिएको उनी बताउँछन्।

'पढ्ने/नपढ्ने कुरा मात्र होइन, आधिकारिक संस्थाबाट पनि केही धारणा आएको छैन,' उनी भन्छन्। अभिभावक, सहकर्मी शिक्षक र विद्यार्थीले सोध्दा पनि सञ्चार माध्यमबाट प्राप्त जानकारीभन्दा थप कुरा थाहा छैन भन्नुपर्ने अवस्था रहेको रानामगर बताउँछन्।

कोल्दौङदेवीका प्रधानाध्यापक लक्ष्मण थापा पनि आफूलाई अक्षर ग्रेडिङ प्रणालीबारे सामान्य मात्र जानकारी भएको बताउँछन्। उनलाई यसबारे न कसैले बतायो न आफंैले धेरै जान्ने प्रयास गरे। विगतभन्दा फरक तरिकाले विद्यार्थीको क्षमता मूल्यांकन हुन्छ भन्ने उनले बुझेका छन्।

'विगतमा पास र फेल भन्ने हुन्थ्यो, अहिले कोही पनि फेल हुँदैनन् भन्ने कुरा नै विद्यार्थीलाई बताएका छौं,' उनले भने, 'तर पनि 'डी' प्लसभन्दा कम ग्रेड ल्याउने विद्यार्थी फेलजस्तै मानिने भएकाले सोहीअनुसार मिहिनेत गर्नुपर्ने बताएका छौं।' यद्यपि नयाँ प्रणालीका कारण अध्ययन र अध्यापनमा उल्लेखनीय भिन्नता भने नदेखिएको उनले बताए।

सरकारले एसएलसीमा अक्षरांकन ग्रेडिङ प्रणाली गत वर्ष ९९ वटा प्राविधिक विद्यालयमा लागू गरेको थियो भने यस वर्ष साधारणतर्फ लागू गर्ने निर्णय गरेको थियो।

अक्षरांकन ग्रेडिङअन्तर्गत विभिन्न नौ वटा श्रेणीमा विद्यार्थीको क्षमतालाई छुट्टाइन्छ। जसअनुसार ९० भन्दामाथि अंक ल्याउनेलाई 'ए प्लस', ८० देखि ९० ल्याउनेलाई 'ए', ७० देखि ८० अंक ल्याउनेलाई 'बी प्लस', ६० देखि ७० अंक ल्याउनेलाई 'बी', ५० देखि ६० अंक ल्याउनेलाई 'सी प्लस', ४० देखि ५० अंक ल्याउनेलाई 'सी' ग्रेडमा राखिनेछ। ३० देखि ४० अंक ल्याउनेलाई 'डी प्लस', २० देखि ३० अंक ल्याउनेलाई 'डी' र ० देखि २० अंक ल्याउनेलाई 'ई' श्रेणीमा वर्गीकरण गरिनेछ।

नयाँ ग्रेडिङ प्रणालीले कतिपय विद्यार्थीमा भने उत्साह थपेको छ। मदन भण्डारी मेमोरियल स्कुलकी सुस्मिता धौरासिया ग्रेडिङ सिस्टमले आफूलाई फाइदा पुग्ने बताइन्। भन्छिन्, 'म औसत विद्यार्थी हुँ, एउटा विषयमा थोरै नम्बर आए पूरै प्रतिशत झर्ला भन्ने डर यसमा छैन।' र अर्को मुख्य कुरा यसमा हामी फेल हुँदैनौं। जसले गर्दा कम ग्रेड आए पनि हामी अगाडि बढ्न सक्ने आधार बाँकी नै रहन्छ।

महेन्द्रोदय उच्च माध्यमिक विद्यालय, सिन्धुपाल्चोकका प्रधानाध्यापक निलप्रसाद सुवेदी पनि ग्रेडिङ प्रणालीबारे विद्यार्थीलाई बुझाउन लागिपरेका छन्। उनीहरुलाई सम्झाउन विद्यालय तहको परीक्षाको परीक्षाफल पनि ग्रेडिङ सिस्टममै प्रकाशित गरे यसपटक सुवेदीले। 'ग्रेडिङको स्कोरिङबारे उनीहरु रणभुल्ल छन् तर सकारात्मक,' उनले भने। पहिले प्रतिशत आउने र अब ग्रेडिङ आउने हुनाले कोही पनि निराश नभएको सुवेदीले बताए। 'सी' भन्दा तल आए आफूले रोजेको विषय पढ्न नपाइने भन्ने छाप परेकाले विद्यार्थीले मिहिनेत गरिरहेको उनले पाएका छन्।

लालीगुराँस बालवाटिका स्कुल, काठमाडौंका शिक्षक हरि सापकोटा निकै वर्षअघिदेखि बहसमा सीमित ग्रेडिङ सिस्टम कार्यान्वयन हुन लागेकोमा खुसी छन्। यसलाई सकारात्मक रुपमा हेर्नुपर्नेमा उनको जोड छ। 'यसले निराश भएर वितृष्णा जाग्ने, आत्महत्यासमेत गर्ने प्रवृत्तिलाई न्यूनीकरण गर्नसक्छ। सामाजिक अपराध रोक्न सघाउँछ,' उनी भन्छन्।

कुनै एउटा विषयमा कमजोर विद्यार्थीलाई अर्कोमा अवसर छ है भनेर देखाउन यो राम्रो मौका भएको र शिक्षकले पनि आफ्नो विद्यार्थीलाई यसरी बुझाउन सक्नुपर्नेमा सापकोटा जोड दिन्छन्।

प्रधानाध्यापक राजु रानामगरले भने ग्रेडिङ सिस्टमले बालबालिकामा एउटा डरलाग्दो मनस्थिति सिर्जना गरेको अनुभव गरेका छन्। अधिकांश विद्यार्थी फेल भइँदैन, जसरी पनि पास भइन्छ भन्ने सोचमा रहेको उनी बताउँछन्। विद्यार्थीले अहिले एसएलसी परीक्षाको तयारी गर्ने तरिका नै फरक भएको उनलाई लागेको छ। 'उनीहरुलाई एसएलसीपछि के पढ्ने भन्ने कुराको चिन्ता छैन,' उनी थप्छन्, 'पहिले विद्यार्थीमा विशिष्ट श्रेणी आउँछ, पास हुन्छु वा फेल हुन्छु भन्ने हुन्थ्यो तर अहिले उनीहरुलाई जति पढभन्दा पनि म फेल त हुँदिनँ नि भन्ने भइरहेको छ।'

पढाइमा अब्बल विद्यार्थीलाई 'ए प्लस' ल्याउनुपर्छ भन्ने भए पनि अधिकांशमा पास भइहालिन्छ, किन दुःख गर्ने भन्ने मनस्थिति विकास भएको रानामगर बताउँछन्।

सापकोटा भने विद्यार्थीमा नपढे पनि पास भइने सोचलाई सतही भन्न रुचाउँछन्। विद्यार्थी कुनै न कुनै विषयमा अब्बल हुने भएकाले गहिरिएर मूल्यांकन गर्ने हो भने ग्रेडिङ प्रणालीले कसैलाई पनि थप पढ्नबाट वञ्चित नगर्ने उनको बुझाइ छ। 'निजी विद्यालयका विद्यार्थी 'सी' र 'डी' मा झर्दैनन्। सामुदायिक विद्यालयका विद्यार्थीलाई हेर्ने हो भने पनि यो सकारात्मक हो,' सापकोटा भन्छन्।

आफ्ना विद्यार्थीलाई अबको स्कोर ग्रेडिङ हुने भनेर प्रयोगात्मक अभ्यास र प्रशिक्षण दिएको उनले जानकारी दिए। सबै जना यसमा सकारात्मक हुनुपर्ने भन्दै उनी थप्छन्, 'गणित विषयमा कमजोर विद्यार्थी त्यसमा फेल भयो भन्दैमा जिन्दगीमा फेल भएको भन्ने हुँदैन। त्यति कारण एसएलसी फेल हुनुपर्ने अवस्था अब कसैले भोग्नुपर्दैन।'

बिनातयारी नयाँ प्रणाली

गत मंसिरमा राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याकंन परिषद्ले स्वीकृत गरेको विद्यालय शिक्षामा अक्षरांकन पद्धति कार्यान्वयन कार्यविधिले पाँच वटा परिच्छेदमा अक्षर ग्रेडिङ प्रणाली कार्यान्वयनबारे उल्लेख गरेको थियो। यसमा ग्रेड निर्धारण, विभिन्न निकायको भूमिका र पाठ्यक्रम परिमार्जनबारे उल्लेख छ।

यसबारे हरेक विद्यालय तहसम्म प्रशिक्षण कार्यक्रम राखेर मात्र लागू गर्नुपर्नेमा बिनातयारी गरिएको शिक्षक बताउँछन्। विज्ञ वा नीतिनिर्माण तहमा तयारी भए पनि विद्यार्थी र शिक्षक तहसम्म तयारी नपुगेको उनीहरुको गुनासो छ।

'जसको भविष्यका लागि ग्रेडिङ गर्न लागिएको हो, त्यहाँसम्म स्पष्ट जानकारी पुर्यााउन सकिएन,' रानामगर भन्छन्। यसलाई प्रभावकारी बनाउन उपयुक्त प्रशिक्षण वा अभिमुखीकरणमा उनको जोड छ। त्यसो त सरकारी तहबाट मात्र होइन, निजी तहबाट पनि यसबारे खास प्रशिक्षण सञ्चालन भएको छैन। निजी विद्यालय संगठनले पनि अन्तर्गतका विद्यालयमा यसबारे स्पष्ट जानकारी पुर्यााउन सकेका छैनन्।

शैक्षिक मूल्यांकनमा सुधार हुँदै जानु र नयाँ शैलीको प्रवेश हुनु सकारात्मक रहेको रानामगरको सोच छ तर पर्याप्त समय दिई प्रशिक्षित गराएर कार्यान्वयन गर्न सकेको भए थप प्रभावकारी हुने उनको ठम्याइ छ। 'लक्षित वर्गलाई यसबारे अभिमुखीकरण गर्न सकेको भए अझ राम्रो हुन सक्थ्यो,' उनी भन्छन्। सरकारको नियत राम्रो भए पनि व्यावहारिक अभ्यास कमी भएको रानामगरको बुझाइ छ।

शिक्षाविद् प्रा. विद्यानाथ कोइराला पनि पर्याप्त तयारी नभई ग्रेडिङ सिस्टम सुरु भएको बताउँछन्। शिक्षा मन्त्रालयले अहिले शिक्षक, विद्यार्थी, अभिभावक सबैमा अन्योल सिर्जना गरेको उनको आरोप छ। 'मन्त्रालयको तयारी ठ्याक्कै छैन, शिक्षा मन्त्रालयले धेरै प्रशिक्षण दिनुपर्छ,' उनी भन्छन्। सुरु गर्ने बेला मार्कसिटमा खास प्राप्तांक र जिपिए दुवै राखिदिनुपर्ने उनको सुझाव छ।

लेटर ग्रेडिङ सिस्टम हुनु र नम्बर ग्रेडिङ सिस्टम हुनुमा खास फरक नभएको प्राध्यापक कोइराला बताउँछन्। नम्बर ग्रेडिङले ठिक्क नम्बर र लेटर ग्रेडिङले औसत नम्बर दिने हो। तर नम्बर ग्रेडिङले पास र फेल तोकेको र लेटर ग्रेडिङले निर्माणात्मक ढंगले ए, ए प्लस, बी, बी प्लस भन्दै तोकेको मात्र हो। 'यसो गर्दा शिक्षक अन्योलमा परे। विद्यार्थीमा नपढे पनि पास भइन्छ, ग्रेड नै त हो नि भन्ने भयो,' उनले भने।

अब विद्यार्थीले शून्य अंक ल्याए पनि एक सय पूर्णांकमा एक सय नै ल्याए पनि दस कक्षामा बस्नुपर्ने अवस्था अन्त्य भएको उनी बताउँछन्। तर फेल नै भइँदैन भन्ने हिसाबले बुझाइ ठिक होइन। विद्यार्थीले त्यसरी बु‰न नहुने र शिक्षकले पनि त्यसरी बुझाउन नहुने उनले तर्क गरे।

'कति विद्यार्थी न पास हुन्छन्, न फेल। शिक्षकले १, २, ३, ४ नम्बर दिनु र ए, बी, सी, डी नम्बर दिनु एउटै हो भनेर बु‰नुपर्थ्यो र बुझाइनुपर्थ्यो,' उनी भन्छन्, '५० नम्बर आउनु यो ग्रेडमा पर्ने रहेछ, शून्य नम्बर आउने भनेको यो ग्रेडमा पर्ने रहेछ भनेर बुझाइदिनुपर्थ्यो।'

ग्रेडिङ प्रणाली आवश्यक भए पनि पर्याप्त तयारीबिना सुरु गरिएको अर्का शिक्षाविद् विष्णु कार्की पनि स्विकार्छन्। विद्यार्थी, शिक्षक मात्र नभएर रोजगारदाता र उच्च शिक्षा पढाउने शैक्षिक संस्थालाई पनि यसबारे पर्याप्त जानकारी हुनुपर्ने उनी बताउँछन्। अहिले रोजगारी र उच्च शिक्षामा भर्ना प्रतिशतकै आधारमा हुने भएकाले ग्रेडिङ प्रयोग व्यवस्थित हुन समय लाग्ने उनको आँकलन छ ।

'अहिले कसैले एक प्रतिशत कम वा बढी ल्याएको हिसाबमा भर्ना हुने–नहुने भन्ने छ। यस्तो चलनमा त्यो सबै कुरा व्यवस्थित नगरी प्रयोगका लागि सुरु भएको तर तयारीबिना सुरु भएको कुरा सत्य हो,' कार्की भन्छन्। यसले गर्दा अभिभावक र विद्यार्थी मात्र होइन, एसएलसीको कापी जाँच गर्ने शिक्षकसमेत अन्योलमा भएको उनको दाबी छ।

'ग्रेडिङ सिस्टम त लागू गर्यौं तर स्कोरिङ कसरी हुन्छ? जाँच्ने शिक्षकले कसरी जाँच्छ? जाँच्दा अंकका आधारमा जाँच्ने र पाएको अंकका आधारमा ए, बी, सी गर्ने हो भने के आधार भयो त?' उनी प्रश्न गर्छन्।

सय पूर्णांकमै उत्तरपुस्तिका जाँच गरेर अंक दिने पहिलेकै शैली अपनाएर त्यसलाई ग्रेडिङमा बदलिए ग्रेडिङको कुनै अर्थ नहुने शिक्षाविद् कार्की बताउँछन्। 'यसमा कम्पिटेन्सीको मेटि्रक्स प्रयोग गर्नुपर्ने हो,' उनी भन्छन्। यसका लागि उत्तरपुस्तिका जाँच गर्ने परम्परागत शैली पनि परिवर्तन गर्नुपर्नेमा उनको जोड छ।

केही शिक्षण संस्थालाई छाडेर नेपालमा अझै पनि उच्च शिक्षामा समेत परम्परागत प्रतिशत र अंक शैलीमा परीक्षाफल प्रकाशित गरिने भएकाले विद्यार्थीलाई मनोवैज्ञानिक रुपमा ग्रेडिङ प्रणालीबारे बुझ्न केही समय लाग्नेछ।

पर्याप्त तयारीबिना सुरु गरिएको भए पनि यसका सकारात्मक पाटा प्रशस्त भएको कार्की बताउँछन्। परीक्षाफलमा जम्मा कति आयो भनेर प्रतिस्पर्धा गराउने भन्दा पनि विषयअनुसारको ग्रेडिङले महत्व राख्ने उनको राय छ। 'रोजगारकै सन्दर्भमा कुनै रोजगारदातालाई अंग्रेजीमा कमजोर भए पनि मलाई मतलब छैन, अरु विषयमा राम्रो गरेको रहेछ भन्ने ठीक छ भन्ने लाग्न सक्छ,' उनी थप्छन्, 'अहिलेको हाम्रो सिस्टम एउटा विषय कमजोर हुँदा फेल हुन्थ्यो, विद्यार्थीमाथि अन्याय थियो।'

उच्च शिक्षामा चुनौती

सरकारले विद्यार्थीलाई तिमीहरु सबै कोही फेल हुँदैनौ, अब मन लागेको पढ्न बाटो नछेकिने भयो भने पनि के एसएलसीको पढाइ उति सहज होला त भन्ने टुंगो भने अझै लागेको छैन। निजी प्लस टुले राम्रा विद्यार्थी मात्रै ताक्नु स्वाभाविक हो। त्यस्ता विद्यालयले सीभन्दा तल ल्याउने विद्यार्थीलाई फेल नै ठानेर भर्ना नलिने सम्भावना छ।

सिटिइभिटीले त सी ग्रेडभन्दा तल ल्याउनेलाई भर्ना नलिने निर्णयै गरिसकेको छ। उच्च माध्यमिक शिक्षा परिषद्ले भने यसबारे अझै निर्णय लिइसकेको छैन। लोकसेवा आयोगले पनि कुन–कुन तहलाई योग्य ठान्ने भन्ने अझै निर्णय गरिसकेको छैन। यस्तोमा तल्ला श्रेणी ल्याउनेलाई सबैले बहिष्कार गरे भविष्यमा उनीहरुको व्यवस्थापन थप चुनौती बन्न सक्छ।

शिक्षाविद् कोइराला भन्छन्, 'त्यस्ता विद्यार्थीलाई आधारभूत सीपयुक्त तालिम दिनुपर्ने थियो, यसका लागि सरकारले पहिल्यै तयारी गर्नुपर्नेमा अहिलेसम्म केही गरेको छैन।' उमाशिप, सिटिइभिटी तथा सरकार मिलेर त्यस्ता विद्यार्थीलाई व्यवस्थापन गर्न नयाँ योजना ल्याउनुपर्ने उनको तर्क छ। त्यस्ता विद्यार्थीले थप पढ्न पनि नपाउने र जागिर पनि नपाउने अवस्था रह्यो भने यो प्रणालीले झन् सामाजिक विचलनको अवस्था नल्याउला भन्न नसकिने शिक्षाविद्को ठम्याइ छ।

'सबैको ए, ए प्लस आयो। एउटाको भर्ना भयो, अर्कोको भएन भने के गर्ने?' उनको प्रश्न छ। अहिलेसम्म एसएलसीको स्कोरिङ अंकमा हुने गरेकामा त्यससँग ग्रेडिङलाई कसरी तुलना गर्ने र कसरी मूल्यांकन गर्ने भन्ने समस्या केही समय जारी रहिरहने उनी बताउँछन्।

सिटिइभिटीले 'सी' लाई झैं उमाशिपले 'ई' ल्याएको विद्यार्थीलाई भर्ना लिन्नँ भन्यो भने अवस्था जटिल बन्न सक्ने उनको बुझाइ छ।

पहिलोपटक लेटर ग्रेडिङमा पर्ने यस वर्षका ६ लाखभन्दा धेरै विद्यार्थीमध्ये विगतको नतिजा हेर्दा यो अन्योलमा पर्ने विद्यार्थीको संख्या ४ लाख हुने कोइराला बताउँछन्। 'डी' प्लसभन्दा कम ल्याउने ४ लाख विद्यार्थीलाई कसले, कसरी भर्ना लिने भन्ने विषयमा मन्त्रालयले स्पष्ट योजना नबनाएको कोइरालाको भनाइ छ।
अर्को समाचार
ग्रेडिङको अन्योल
२४ चैत्र २०७२
•
६ मिनेट पाठ
ग्रेडिङको अन्योल
एसएलसी– २०७२ जारी छ। र, साथै जारी छ यसपटकदेखि सुरु गरिएको ग्रेडिङ प्रणालीको अन्योल पनि। यसअघि एसएलसी परीक्षाको मापन डिभिजन अर्थात् श्रेणीमा गरिन्थ्यो। उत्तीर्ण–अनुत्तीर्णका साथै पहिलो, दोस्रो र तेस्रो गरी ३ श्रेणीमा विद्यार्थीको मूल्यांकन गरिन्थ्यो।औसतमा परीक्षा दिएकामध्ये आधा विद्यार्थीमात्रै सफल हुन्थे । त्यसैले यसलाई 'फलामको ढोका' उपनाम दिइएको थियो । सरकारले दशकौँदेखि कायम उक्त प्रथा हटाएर एसएलसीमा अब कोही पनि अनुत्तीर्ण नहुने विधि भित्राएको छ । तर, त्यस विधिबारे विद्यार्थी त अनभिज्ञ छन् नै साथमा शिक्षक पनि जानकार छैनन् । के हो ग्रेडिङ प्रणाली ? परीक्षामा पनि सबै उत्तीर्ण हुने कस्तो विधि हो भनी आफूलाई वर्षौं पढाएका शिक्षकलाई सोध्न विद्यार्थी जाँदा अधिकांश गुरु जवाफ दिन सक्दैनन् । त्यसपछि शिक्षक पुग्छन् सम्बद्ध सरकारी निकायका अधिकारीलाई सोध्न । अवस्था उस्तै छ सरकारी कर्मचारीको पनि ! देशभर प्रश्न उठेको छ, ग्रेडिङ प्रणाली अपनाएपछि एकाएक विद्यार्थीको स्तर अन्तर्राष्ट्रिय बन्ने त होइन होला ?




नेपालको शैक्षिकस्तर अभिवृद्धि गर्न भनेर विभिन्न दाता राष्ट्र तथा संघ–संस्थाले लामो समयदेखि सहयोग गर्दै आएका छन् । तिनले नेपालको शिक्षालाई विकसित मुलुककै दाँजोमा पु¥याउने अभीष्ट राखेका हुन सक्छन्, जुन स्वागतयोग्य कुरा हो । तर, विकसित मुलुकको शिक्षा प्रणाली, अभिभावक तथा शिक्षकको स्तर, तिनको जीवनशैली, आम्दानीको स्रोत, रोजगारीका अवसरलगायत नितान्त भिन्न छ नेपालको भन्दा । यस्ता भिन्नताका बीच शिक्षाको स्तर तथा मापन प्रणाली कसरी समान हुन सक्छ ? यसबारे शिक्षा मन्त्रालयले सोचेको देखिएन । ग्रेडिङ प्रणालीबारे राम्ररी गृहकार्य नै नगरी लागु गर्ने जुन प्रयत्न गरियो, यही कारण अन्योल बढेको हो । यस पटक एसएलसी दिने विद्यार्थी संख्या ६ लाखभन्दा बढी छ । ती विद्यार्थीमध्ये एक जना पनि अनुत्तीर्ण नहुँदा तिनले प्लस टु पढ्न पाउनुपर्छ । के त्यो क्षमता मौजुदा उच्च माध्यमिक विद्यालयहरूमा छ ? सरकारले रातारात त्यस्तो व्यवस्था गर्ने सोचेको हो ? झन् ११ महिनाअघि देशले भोगेको प्राकृतिक महाप्रकोपले यो प्रश्नलाई घनीभूत पारिदिएको छ । एसएलसी परीक्षा सञ्चालन गर्न कतिपय स्थानमा भवन अभाव देखिएको छ भने विद्यार्थीले तयारी पनि राम्ररी गर्न पाएका छैनन् । कारण फरक भए पनि तराई–मधेसका विद्यार्थीको अवस्था पनि कमजोर छ । यस्तो अप्ठेरो समयमा नयाँ प्रणाली लागु नगरिनहुने अवस्था सरकारलाई कसरी आइप¥यो ? सरकारी विद्यालय तथा कलेज भवन हजारौँको संख्यामा भत्किएका छन्, तिनको पुनर्निर्माण हुन सकेको छैन । यस्तो परिस्थितिमा आरम्भ गरिएको नयाँ प्रणाली प्रत्युत्पादक हुन सक्ने हेक्का सम्बद्ध अधिकारीले राखेको देखिएन ।

उसै पनि नेपालको शिक्षा प्रणाली बेरोजगार उत्पादन गर्ने कारखाना बन्दै आएको छ । मेरिटका आधारमा भन्दा भनसुन, आर्थिक चलखेल, नातावाद–कृपावाद महŒवपूर्ण विषय पढ्नका निम्ति अत्यावश्यक तŒव बन्दै आएका छन् । सोही कारण मेधावी विद्यार्थी पलायन हुने क्रम चुलिँदो छ । सरकारले हरेक वर्ष शिक्षामा छुट्याएको बजेट हेर्दा प्रतिफल निराशाजनक देखिन्छ । शिक्षित बेरोजगारको संख्या दिनप्रतिदिन बढ्दो छ । त्यसमाथि सरकारी शिक्षा प्रणालीकै कारण देशमा दुई वर्गका नागरिक बढ्दै गएको आरोप धेरै अघिदेखि लाग्दै आएको हो । सरकारी विद्यालय–कलेजको स्तर खस्कँदो छ भने निजीले स्तरीय शिक्षा दिने नाममा अभिभावकमाथि ब्रह्मलुट मच्चाइरहेको छ । सबै उत्तीर्ण हुने प्रणालीले निजीको मनपरी झनै बढ्ने निश्चित छ । किनकि, लाखौँ विद्यार्थी धान्ने क्षमता सरकारी उच्च माध्यमिकको छैन । यस्तो अवस्थामा कोही पनि अनुत्तीर्ण नहुने प्रणालीको औचित्य र परिणाम कस्तो होला विचारणीय छ । दाताले पैसा दिन्छन् भन्दैमा तिनले जे चाह्यो त्यही विधि अपनाउनु गलत हुन्छ । नेपालको भौगौलिक अवस्थिति, नागरिकको जीवनस्तर, देशको आवश्यकता हेरेर दातालाई 'कन्भिन्स' गर्नुपर्छ र देशको अवस्था सुहाउँदो प्रणाली अवलम्बन गर्नुपर्छ । अर्कोतिर पाठ्यक्रम भने उही पुरानै छ । नतिजा विधि परिवर्तन गर्दा पाठ्यक्रममा पनि परिवर्तन जरुरी हुन्छ । नयाँ प्रणाली अपनाउनुअघि सरोकारवाला निकाय तथा व्यक्तिसँग गहन छलफल गरिनुपर्छ ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस