काठमाडौंमा विद्युतीय सहरी बस !
२२ फागुन २०७२
•
६ मिनेट पाठ
काठमाडौंमा विद्युतीय सहरी बस !
काठमाडौं-काठमाडौंको सडकमैत्री विद्युतीय बस सञ्चालनको सम्भाव्यता अध्ययन गर्न चिनियाँ टोली काठमाडौं आएको छ । उसले यहाँको सडकको संरचना र विद्युत वितरणसम्बन्धी अध्ययन गर्न उनीहरू केही दिनदेखि काठमाडौंमा छन् ।काठमाडौं महानगरपालिकाको निमन्त्रणामा चीनको हुनान प्रान्तको टायम्स् इलेक्ट्रोनिक्स भेइकल कम्पनी लिमिटेडले टोली पठाएको हो । महानगर प्रवक्ता ज्ञानेन्द्र कार्कीका अनुसार टोलीले सम्भाव्यता अध्ययनको रिपोर्ट महानगरलाई बुझाउनेछ ।

करिब एक महिनाअघि कार्कीको नेतृत्वमा महानगर टोलीले चीनले उत्पादन गरिरहेको विद्युतीय सवारीको सम्भाव्यता अध्ययनपछि चिनियाँ टोली पनि काठमाडौं आएको उनले बताए ।

कार्कीका अनुसार टोलीले प्रधानमन्त्री, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, साझा यातायात, विद्युत प्राधिकरण लगायतका पदाधिकारीसँग भेट गरिसकेका छन् ।

काठमाडौंका सडकमा गुडाउन २० वटा बसमध्ये १२ वटा महानगर र सरकारले खरिद गर्ने योजना छ । यसबाहेक ८ वटा बस चीन सरकारसँग अनुदान माग्ने तयारी गरिएको छ ।

बुधबार इन्जिनियरसहित काठमाडौं आएको चिनियाँ टोलीले साझा बसमै यात्रा गरेर सडकको अवस्थाको अध्ययन गरेको उनले बताए । सोह्रखुट्टेको उकालो सडक लगायतका संरचनाको अध्ययन चिनियाँ पक्षले गरिसकेको छ ।

'टोलीले हामीलाई आफ्नो राय बुझाउनेछ,' कार्कीले भने, 'त्यसलाई हामीले प्रधानमन्त्रीको कार्यालयलाई बुझाउने छौं । प्रधानमन्त्रीको चीन भ्रमणका बेला सम्झौता गर्ने गरी योजना बनिरहेको छ ।'

चिनियाँ पक्षले यहाँको विद्युतीय सप्लाईका बारेमा बिहीबार विद्युत प्राधिकरणसँग पनि छलफल गरेको थियो । महानगरले विद्युतीय बस पनि खरिद गरेर साझालाई सार्वजनिक–निजी साझेदारीअनुसार सञ्चालन गर्न दिने तयारी गरिरहेको छ । यसअघि पनि महानगरले साझालाई १० करोड रुपैयाँ बराबरका २५ वटा ठूला बस खरिद गर्न साउनमा सम्झौता गरिसकेको छ ।

बुधबार साझा यातायात पुगेका चिनियाँ टोलीले साझाका बसको क्षमताका बारेमा जानकारी राखेको साझा यातायात सदस्य भूषण तुलाधरले बताए ।

'यहाँको विद्युत वितरण प्रणाली र साझाले त्यसको व्यवस्थापन गर्न सक्ने वा नसक्नेबारे बुझ्न टोली आएको थियो,' तुलाधरले भने, 'हामीले आफ्नो क्षमताबारे जानकारी दियौं ।'

उनका अनुसार साझाका बस प्रतिदिन गुड्ने दुरी, विद्युतीय बस चार्ज गर्ने क्षेत्र र साझाको जनशक्तिबारे टोलीले बुझेको छ ।

'काठमाडौंमा विद्युतीय बस सञ्चालन गर्न सकिन्छ तर सुरुको मूल्य एकदमै महँगो हुन्छ । यदि कसैले अनुदान दिन्छ भने साझा सञ्चालन लागि सक्षम र तयार छ,' तुलाधरले भने, 'सञ्चालन खर्च न्यून हुने भएकाले र मर्मत खर्च पनि तेलले चल्ने भन्दा कम लाग्छ । नाफाको हिसाबले साझालाई ठीक छ ।'

महानगरले चीनबाट ल्याइने विद्युतीय बस साझालाई सञ्चालन गर्न दिने कुरा भइरहेका बेला साझा उपयुक्त साझेदार हुन सक्छ वा सक्दैन भन्ने हेर्न पनि चिनियाँ टोली साझा पुगेको हो । साधारण रुपमा ३ घन्टा चार्ज गर्दा २ सय किलोमिटर गुड्न सक्ने क्षमता यस्ता बसमा रहेको महानगर टोलीको भनाइ छ । यसबाहेक करिब १५ देखि २० मिनेटमै चार्ज गर्दा पनि कुनै बस पूर्ण चार्ज हुने क्षमता रहेको महानगरको भनाइ छ ।

चीनको सांघाईस्थित सांघाई सेन्लोङ बस कम्पनी लिमिटेड र हुनान प्रान्तको टायम्स् इलेक्ट्रोनिक्स भेइकल कम्पनी लिमिटेडमा महानगर टोलीले गएको महिना गरेको अध्ययनबाट यस्तो सम्भावना देखिएको थियो । यी बस काठमाडौंका सडकमैत्री बनाउन र पाटपुर्जा पाउन भने मुस्किल हुने टोलीको निष्कर्ष छ ।

यस्ता बस झण्डै १ करोड ८० लाख रुपैयाँसम्म पर्ने भए पनि सडकअनुसार मोडिफाइ गरे करिब एक करोडसम्म खरिद गर्न सकिने टोलीको निष्कर्ष छ ।

टोलीले १० मिटर लामा बस उपयुक्त हुने देखेको छ । बसको तल्लो भाग र भुइँको दुरी (ग्राउन्ड क्लियरेन्स) मात्र २० इन्च हुँदा काठमाडौंमैत्री नदेखिएको चीन गएको महानगर टोलीका एक सदस्यले बताए । ग्राउन्ड क्लियरेन्स ३६ इन्चसम्म बढाउने, बसमुनि रहने ब्याट्री सडकको पानीले असर नपार्न अन्य ठाउँमा राख्नेजस्ता सुझाव उत्पादक कम्पनीलाई महानगर टोलीले दिएको थियो ।
अर्को समाचार
बिजुली बस चढेर प्रधानमन्त्री सिंहदरबार
०६ कार्तिक २०७५
•
१ मिनेट पाठ
बिजुली बस चढेर प्रधानमन्त्री सिंहदरबार
विद्युतीय बस चढेर सिंहदरबार जाँदै प्रधानमन्त्री ओली। तस्बिर : केशव थोकर
काठमाडौं- साझा यातायातले आजबाट सुरु गरेको विद्युतीय बसमा चढेर प्रधानमन्त्री सिंहदरवार पुगेका छन्। सहरी यातायातमा ‘मास ट्रान्पोर्टेसन’लाई सरकारले प्रवर्दन गर्न थालेपछि सक्रिय भएको साझा यातायात प्रालिले काठमाडौंमा विद्युतीय बस सेवाको आजबाट शुभारम्भ गरेको थियो।

पुल्चोकबाट प्रधानमन्त्री ओली, पर्यटनमन्त्री रवीन्द्र अधिकारीकाठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलगायत सिंहदरबार पुगेका थिए।

ललितपुरको पुल्चोकस्थित हरिहर भवनमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान विद्युतीय बस सेवा सञ्चालनको उद्घाटन गरेका थिए।  साझाले उपत्यकाको बढ्दो प्रदूषणलाई नियन्त्रण गर्ने उद्देश्यका साथ ५ वटा विद्युत्तीय बस सञ्चालनमा ल्याएको हो।
https://images.nagariknewscdn.com/archive/17-20/news_images/5bcecca617e82.jpg
https://images.nagariknewscdn.com/archive/17-20/news_images/5bcecca62006f.jpg
https://images.nagariknewscdn.com/archive/17-20/news_images/5bcecca64a20b.jpg
https://images.nagariknewscdn.com/archive/17-20/news_images/5bcecca65f081.jpg
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस