झापा-जंगली हात्तीको आक्रमणबाट बुधबार बिहान झापामा एक जनाको ज्यान गएको छ। दक्षिण झापाको पृथ्वीनगर २ का ३० वर्षे देवीकुमार राईको हात्ती आक्रमणबाट मृत्यु भएको हो।जिल्ला प्रहरी कार्यालयका अनुसार गाउँ नजिकै रहेको विशालपुर सामुदायीक वनमा दाउरा लिन जाँदै गर्दा उनी हात्तीको आक्रमणमा परेका थिए। जंगलमा उनलाई हात्तीले उनलाई खुट्टाले कुल्चेको थियो। घाइते उनलाई उपचारका लागि भद्रपुर ल्याइएको थियो। तर, उनको उपचारकै
क्रममा मृत्यु भएको थियो। पृथ्वीनगरमा दुई वर्षअघि एकै दिन दुई जना गाउँले हात्ती आक्रमणमा मारिएका थिए।
क्रममा मृत्यु भएको थियो। पृथ्वीनगरमा दुई वर्षअघि एकै दिन दुई जना गाउँले हात्ती आक्रमणमा मारिएका थिए।