नक्कली परीक्षार्थी डाक्टरको लाइसेन्स निलम्बन
०७ फागुन २०७२
•
५ मिनेट पाठ
नक्कली परीक्षार्थी डाक्टरको लाइसेन्स निलम्बन
काठमाडौं- नेपाल मेडिकल काउन्सिलले चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्सिङ) परीक्षामा नक्कली परीक्षार्थी बनेर अर्कैको परीक्षा दिइरहेका डाक्टरको लाइसेन्स निलम्बन गरेको छ।काउन्सिलले डा. सुशीलकुमार मण्डलको लाइसेन्स निलम्बन गरेको हो। डा. मण्डलको काउन्सिल दर्ता नम्बर १४२६० हो। काउन्सिलको गत माघ २८ गते बसेको इथिकल कमिटीको सिफारिसका आधारमा डा. मण्डलको लाइसेन्स निलम्बन गरिएको काउन्सिलका प्रवक्ता डा. कृष्ण अधिकारीले बताए।




उनका अनुसार नक्कली परीक्षार्थी बनेका डा. मण्डलको मुद्दा टुंगो नलागेसम्मका लागि चिकित्सकीय अभ्यास गर्न नपाउने गरी लाइसेन्स निलम्बन गरिएको हो। निलम्बनपछि डा. मण्डलले बिरामीको उपचारमा संलग्न रहन पाउनेछैनन्। डा. मण्डललाई गत मंसिरमा नेपाली सेनाको मेडिकल कलेजमा सञ्चालित लाइसेन्सेसिङ परीक्षामा अर्कैको परीक्षा दिँदै गर्दा पक्राउ गरिएको थियो।

काउन्सिलले डा. मण्डलसहित सोही दिन पक्राउ परेका चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) महाराजगन्ज मेडिकल कलेजमा एमबिबिएस अध्ययनरत विद्यार्थी नीरज शर्मालाई पनि कारबाही गर्न आइओएमलाई सिफारिस गरेको छ।

यसैगरी, उनीहरुलाई परीक्षा दिन लगाउने अन्य दुई–दुई जनामाथि कारबाही प्रक्रिया अघि बढाएको छ। डा. मण्डलले सिरहाका नवीनकुमार यादवको र शर्माले रौतहटका सरोज यादवका नाममा खेताला परीक्षार्थी बनेर परीक्षाहल पुगेका थिए। प्रवक्ता अधिकारीका अनुसार आफ्ना नाममा परीक्षा दिन लगाउने दुवै जनालाई मुद्दाको अन्तिम टुंगो नलागेसम्म लाइसेन्स परीक्षामा सहभागी हुन नदिने निर्णय गरेको हो।

नक्कली परीक्षार्थी बनेका र परीक्षा दिन लगाउने चारै जनाको मुद्दा जिल्ला अदालतमा चलिरहेको छ। परीक्षाको दिन पक्राउ परेका उनीहरु साधारण तारेखमा छुटेका थिए। काउन्सिलका अनुसार आफ्ना नाममा परीक्षा दिन लगाउनेमध्ये दुवै जना चीनको मेडिकल कलेजबाट एमबिबिएस अध्ययन गरेर फर्केका हुन्। दुईमध्ये एक जना काउन्सिलको लाइसेन्स परीक्षामा १२ पटकसम्म फेल भएका छन् भने अर्का एक जना ८ पटकसम्म फेल भएका छन्।

काउन्सिल परीक्षामा धेरै फेल हुने रौतहटका सरोज हुन्। उनी आफैँ परीक्षा पास हुन नसकेपछि खेतालाका रुपमा एमिबिबिएस अन्तिम वर्षमा अध्ययनरत शर्मालाई खेताला लगाएका थिए। सरोजले भारतको दिलदयाल उपाध्याय मेमोरियल कलेजबाट सन् २००० मा प्लस टु सिध्याएका थिए। त्यसपछि उनी एमिबिबिएस अध्ययनका लागि चीन गएका थिए। उनले चीनको सिचुआन युनिभर्सिटीबाट सन् २००७ मा एमिबिबिएस उत्तीर्ण गरेको सर्टिफिकेट काउन्सिलमा बुझाएका छन्। काउन्सिलस्रोतका अनुसार उनले एसएलसी परीक्षामा ५० प्रतिशत अंकसमेत ल्याउन सकेका छैनन्।

यस्तै, सिरहाका अर्का विद्यार्थी नवीनले सन् २००० मा बिहार इन्टरमिडियट कलेज भारतबाट आइएससी गरेका थिए। उनले पनि एसएलसी परीक्षामा ५० प्रतिशत पनि अंक ल्याउन सकेका छैनन्। उनले चीनको चोङकिङ मेडिकल युनिभर्सिटीबाट सन् २०१२ मा एमबिबिएस सकेका थिए। त्यसयता काउन्सिल परीक्षामा ८ पटक फेल भएका उनले आइओएमबाट सन् २०१३ मा एमबिबिएस पास भई सोही वर्ष काउन्सिलको परीक्षा पास भएका डा. मण्डललाई खेताला बनाएका थिए।
अर्को समाचार
नक्कली परीक्षार्थी बनेका डाक्टरको लाइसेन्स निलम्बन
०७ फागुन २०७२
•
५ मिनेट पाठ
नक्कली परीक्षार्थी बनेका डाक्टरको लाइसेन्स निलम्बन
काठमाडौं-नेपाल मेडिकल काउन्सिलले चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्सिङ) परीक्षामा नक्कली परीक्षार्थी बनेर अर्कैको परीक्षा दिइरहेका डाक्टरको लाइसेन्स निलम्बन गरेको छ।




काउन्सिलले डा. सुशील कुमार मण्डलको लाइसेन्स निलम्बन गरेको हो । डा. मण्डलको काउन्सिल दर्ता नम्बर १४२६० हो । काउन्सिलको गत माघ २८ गते बसेको इथिकल कमिटीको सिफारिसका आधारमा डा. मण्डलको लाइसेन्स निलम्बन गरिएको काउन्सिलका प्रवक्ता डा. कृष्ण अधिकारीले बताए ।

उनका अनुसार नक्कली परीक्षार्थी बनेका डा. मण्डलको मुद्धा टुंगो नलागेसम्मका लागि चिकित्सकीय अभ्यास गर्न नपाउने गरी लाइसेन्स निलम्बन गरिएको हो । निलम्बन पछि डा. मण्डलले बिरामीको उपचारमा संलग्न रहन पाउने छैनन् । डा. मण्डललाई गत मंसिरमा नेपाली सेनाको मेडिकल कलेजमा सञ्चालित लाइसेन्सेसिङ परीक्षामा अर्कैको परीक्षा दिँदै गर्दा पक्राउ गरिएको थियो ।

काउन्सिलले डा. मण्डलसहित सोही दिन पक्राउ परेका चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) महाराजगञ्ज मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत विद्यार्थी नीरज शर्मालाई पनि कारबाही गर्न आइओएमलाई सिफारिस गरेको छ ।

यसैगरी, उनीहरुलाई परीक्षा दिन लगाउने अन्य दुई दुई जनामाथि कार्वाही प्रक्रिया अघि बढाएको छ । डा. मण्डलले सिराहाका नबिनकुमार यादवको र शर्माले रौतहटका सरोज यादवको नाममा खेताला परीक्षार्थी बनेर परीक्षा हलमा पुगेका थिए । प्रवक्ता अधिकारीका अनुसार आफ्ना नाममा परीक्षा दिन लगाउनै दुवै जनालाई मुद्धाको अन्तिम टुंगो नलागेसम्म लाईसेन्स परीक्षामा सहभागी हुन नदिने निर्णय गरेको हो ।

नक्कली परीक्षार्थी बनेका र परीक्षा दिन लगाउने चारै जनाको मुद्धा जिल्ला अदालतमा चलिरहेको छ । परीक्षाको दिन पक्राउ परेका उनहीहरु साधारण तारेखमा छुटेका थिए । काउन्सिलका अनुसार आफ्ना नाममा परीक्षा दिन लगाउनेमध्ये दुवै जना चिनको मेडिकल कलेजबाट एमबिबिएस अध्ययन गरेर फर्केका हुन् । दईमध्ये एक जना काउन्सिलको लाइसेन्स परीक्षामा १२ पटकसम्म फेल भएका छन् भने अर्का एक जना ८ पटक सम्म फेल भएका छन् ।

काउन्सिल परीक्षामा धेरै फेल हुने रौतहटका सरोज हुन् । उनी आफैँ परीक्षा पास हुन नसकेपछि खेतालाका रुपमा एमिबिबिएस अन्तिम वर्षमा अध्ययनरत शर्मालाई खेताला लगाएका थिए । सरोजले भारतको दिलदयाल उपाध्याय मेमोरियल कलेजबाट सन् २००० मा प्लस टु सिध्याएका थिए ।त्यसपछि उनी एमिबिबिएस अध्ययनका लागि चीनमा गएका थिए । उनले चिनको सिचुवान युनिभर्सिटीबाट सन् २००७ मा एमिबिबिएस उत्र्तिण गरेको सर्टिफिकेट काउन्सिलमा बुझाएका छन् । काउन्सिल स्रोतका अनुसार उनले एसएलसी परीक्षामा ५० प्रतिशत अंक समेत ल्याउन सकेका छैनन् ।

यस्तै, सिरहाका अर्का विद्यार्थी नविनले सन् २००० मा विहार इन्टरमिडियट कलेज भारतबाट आइएस्सी गरेका थिए । उनले पनि एसएलसी परीक्षामा ५० प्रतिशत पनि अंक ल्याउन सकेका छैनन् । उनले चीनको चोङकिङ मेडिकल युनिभर्सिटीबाट सन् २०१२ मा एमबिबिएस सकेका थिए । त्यसयता काउन्सिल परीक्षामा ८ पटक फेल भएका उनले आइओएमबाट सन् २०१३ मा एमबिबिएस पास भई सोही वर्ष काउन्सिलको परीक्षा पास भएका डा. मण्डललाई खेताला बनाएका थिए ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस