जीप दुर्घटनामा एकको मृत्यु चार घाइते
०४ फागुन २०७२
•
२ मिनेट पाठ
जीप दुर्घटनामा एकको मृत्यु चार घाइते
उदयपुर–गएराति भएको जीप दुर्घटनामा परी उदयपुरमा एक यात्रुको मृत्यु भएको छ, एक महिलासहित चारजना घाइते भएका छन्।जिल्लाको पश्चिमी भेगको बेतिनी—रुपाटार खण्डको कच्ची सडकमा ग १ ज ४६१६ नम्बरको बोलेरो जीप दुर्घटनामा पर्दा लिम्पाटार ३ का ३१ वर्षीय तेजबहादुर कार्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ।




कटारीदेखि रुपाटारतर्फ जाँदै गरेको जीप सिद्धिचरण लोकमार्गअन्तरगत कटारी—घुर्मी सडकसँग जोडिएको कच्ची सडकको तारेभीरस्थित ओरालोमा राति ८ः०० बजेजस्तो समयमा ब्रेक फेल भएर दुर्घटनामा पर्दा कार्कीको घट्नास्थलमै मृत्यु भएको इप्रका कटारीका डिएसपी दिपक बस्नेतले बताएका छन्। कटारीदेखि २६ किलोमिटर उत्तरमा भएको दुर्घटनामा परेको जीप सडकदेखि तीनमिटर तल मात्र खसेर उनको मृत्यु भएको हो।

दुर्घटनमा परी लिम्पाटार १ की ५० वर्षीया कृष्णकुमारी बुढाथोकी, लिम्पाटार ४ का ३४वर्षीय हरिबहादुर खत्री, ५ का ३८ वर्षीय थीरबहादुर बस्नेत र १ कै ३२ वर्षीय राजकुमार बुढाथोकी घाइते भएका छन्। टाउको, छाती र शरीरका बिभिन्न भागमा चोट लागेका घाइतेहरुको कटारी अस्पतालमा प्रारम्भिक उपचारपछि अन्यत्र पठाइएको छ ।

रातिको घट्ना भएकाले ढिलो जानकारी पाएलगत्तै प्रहरी टोलीले उद्धार गरेको जनाएको छ । इप्रका कटारीबाट इन्सपेक्टर विक्रम लामा नेतृत्वको ११ जनाको टोली तथा सोरुङछविसे प्रहरी चौकीबाट असई चन्द्रकान्त यादव नेतृत्वको टोलीले स्थानीयसँगको सहयोगमा घाइतेको उद्धार गरी अस्पताल ल्याइएको डिएसपी बस्नेतले बताए ।

मृतकको लास पोष्टमार्टमका लागि कटारी अस्पतालमा राखिएको छ । जीप चालक सोरुङछविसे ५ का गौरबहादुर कटुवाल घट्नास्थलबाटै फरार रहेकाले खोजी सुरु भएको छ भने भीरमा अड्केको जीप घट्नास्थलबाट निकाल्न नसकेर छाडिएको प्रहरीले जनाएको छ ।
अर्को समाचार
जीप दुर्घटनामा एकको मृत्यु
०७ फागुन २०७४
•
१ मिनेट पाठ
जीप दुर्घटनामा एकको मृत्यु
स्याङजा – स्याङजाको वालिङ नगरपालिका–६ आँपडालीमा जीप दुर्घटनामा परी एकको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। वालिङ मिर्दीबाट सेखाम तर्फ जाँदै गरेको ग १ ज ६३७३ नम्बरको जीप दुर्घटना हुदा वालिङ नगरपालिका–१० बस्ने ४० वर्षिया विष्णु विकको घट्ना स्थलमै मृत्यु भएको छ।




वडा प्रहरी कार्यालय वालिङका अनुसार घाइतेहरुमा भिरकोट नगरपालिका–५ बस्ने ३१ वर्षिय सुरज थापा, चापाकोट–५ बस्ने २० वर्षीय विष्णु विक, चापकोट–४ बस्ने २ वर्षीय कुर्ती विक, चापाकोट–५ बस्ने ५४ वर्षीय बम बहादुर आले, पाल्पा जिल्ला रामपुर नगरपालिका–१३ वस्ने ३५ वर्षीय मिना विक र रामपुर–४ बस्ने ३२ वर्षीय मदन विक रहेका छन्। 

मृतक विष्णु विकको शव पोष्ट मार्टमका लागि गह्रौघ्याङलिङ प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा राखिएको प्रहरीले जनाएको छ। सामान्य प्राथमिक उपचार पछि थप उपचारका लागि घाइतेलाई पोखरा रिफर गरिएको प्राथमिक स्वास्थ्य केन्द्रका प्रवक्ता देवेन्द्र भट्टाराईले जानकारी दिएका छन्। 

जीप के कारणले दुर्घटना भन्ने बारे अनुसन्धान भइरहेको र चालक फरार रहेकोले खोजी भइरहेको वडा प्रहरी कार्यालयका प्रमुख अनुसन्धान अधिकृत नवराज केसीले बताए। 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस