शव जलाउन विद्युतीय मेसिन
१० माघ २०७२
•
५ मिनेट पाठ
शव जलाउन विद्युतीय मेसिन
काठमाडौं-शव जलाउन लामो समयदेखि दाउरामै भर पर्नुपर्ने अवस्था अब समाप्त भएको छ । पशुपतिस्थित आर्यघाटमा अब विद्युतीय मेसिनले शव जलाउने क्रम सुरु भएको छ । परम्परा र संस्कारअनुसार दाह संस्कार गर्न पाउने गरी तयार पारिएको विद्युतीय शवदाह गृहको उद्घाटन आइतबार गरिएको हो।

पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषद्का अध्यक्ष तथा संस्कृतिक, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले विद्युतीय शवदाह भवनको उद्घाटनपछि दिउँसो ३ बजेदेखि लास जलाउन थालिएको छ ।

२४ घण्टा नै सेवा दिने गरी सेवा सुरु भएको कोषले जनाएको छ । करिब ५५ मिनेटमै लास जलाउन सकिने यो शवदाह गृह करिब ११ करोड लागतमा तयार भएको हो ।

दुई वटा च्याम्बरमा प्रतिदिन ४० वटा लास जलाउन सक्ने क्षमता छ । साधारणतया पशुपतिघाटमा यत्तिकै संख्यामा लास आउने पनि कोषले जानकारी दिएको छ । कोषले पछि आवश्यक परे तेस्रो च्याम्बरसमेत थप्न मिल्ने गरी भवन निर्माण गरेको जनाएको छ ।

सर्वसुलभ, वातावरणअनुकूल र छिटोछरितो हिसाबले सेवा दिन सञ्चालन गरिए पनि दाउरामा शव जलाउन खोज्नेलाई कर नगरिने कोषले जनाएको छ ।

दाउरामा लास जलाउँदा १० हजार रुपैयाँ खर्च हुने अवस्थामा विद्युतीय शवदाहमा निकै सस्तो पर्ने कोषका कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीले जनाए । 'सस्तो र छिटो सेवाका हिसाबले सर्वसाधारणलाई आकर्षित गर्ने हाम्रो उद्देश्य छ तर कतिपयलाई दाउरामै शव जलाउने इच्छा हुँदा हामीले विद्युतीय शवदाहमा लैजान कर गर्न मिल्दैन ।'

आइतबार रातिसम्म ११ वटा लास जलाउन दर्ता भइसकेको उप्रेतीले जनाए । कोषले यसअघि भदौ १७ र १८ गते बेवारिसे लास जलाएर शवदाह गृहको परीक्षण पनि गरिसकेको थियो ।

पशुपतिमा दैनिक ५ देखि ६ हजार टन दाउरा खपत हुने गर्छ । वातवरणीय हिसाबले दाउराले असर गरेको र नजलेका दाउरा सिधै बागमतीमा बगाइँदा नदी प्रदूषित भएको भन्दै कतिपय वातावरणविद्ले यसको विकल्प खोज्न आग्रह गर्दै आइरहेका थिए ।

कोष सञ्चालक परिषदका सदस्य सचिव गोविन्द टन्डनका अनुसार ३ हजार रुपैयाँमै त्यहाँ लास जलाउने व्यवस्था छ । 'विद्युतीय शवदाह गृह सर्वसुलाभ, किफायती र वातावरणीय तरिकाले पनि उत्तम छ,' उनले भने, 'बाहिर ५ घण्टाभन्दा बढी समय पनि लाग्न सक्छ ।'

'विद्युतीय शवदाह गृह भन्दैमा आफ्नो संस्कार रोकिने होइन,' सदस्य सचिव टन्डनले आश्वस्त पार्दै भने, 'यसको निर्माणका सुरुवातमा संस्कारअनुसार जलाउन नपाउने भ्रमका कारण कतिपय नागरिक चिन्तित हुनुहुन्थ्यो, तर चिन्ता लिन पर्दैन । हामीले आफ्नो रीतिअनुसार नै काम गर्न सक्छौं ।'

पशुपति क्षेत्रलाई सफा राख्न शवदाह गृह सञ्चालन निकै ठूलो फड्को भएको पनि टन्डनले बताए । २०४३ सालमा कल्पिएको कुरा अहिले पूरा भएको सम्झना गर्दै उनले यसको उच्चतम प्रयोग गर्न सबैलाई अनुरोध गरे ।

गृह उद्घाटनपछि मन्त्री पोखरेलले नयाँ युगमा प्रवेश भएकाले सबैले यसको प्रयोग गर्नुपर्ने सुझाव दिए । 'उपत्यकाबासीलाई मेरो अनुरोध छ । धर्म, मान्यता फरक–फरक भए पनि हामी नयाँ युगमा प्रवेश गरेका छौं,' उनले भने, 'पशुपतिलाई धुँवारहित बनाउन सबैले सहयोग गरौं ।'
अर्को समाचार
पशुपतिमा दाउरा बिना शव जलाउन मिल्ने
०२ वैशाख २०७०
•
६ मिनेट पाठ
पशुपतिमा दाउरा बिना शव जलाउन मिल्ने


दिनेश गौतम, काठमाडौं, वैशाख ३- पशुपति आर्यघाटस्थित अब विद्युतीय चिता बन्दैछ। दाउरा प्रयोग गर्नु नपर्ने विद्युतीय चिताको तयारी अन्तिम चरणमा पुगेको छ। आधुनिक चिता जडान गर्न दुईवटा विद्युतीय मेसिन ल्याइसकिएको छ। भारतको कलकत्तास्थित इन्डोमेन इन्जिनियरिङ सर्भिसबाट विद्युतीय मेसिन, प्रदूषण नियन्त्रण संयन्त्र, र चिम्नीसमेत गरी दुई करोड ५९ लाख रुपैयाँमा उपकरण ल्याइसकिएको छ। अब केही पूर्वाधार र मेसिन जडान गर्न बाँकी रहेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव सुशील नाहटा बताउँछन्। दुई महिनापछि नै विद्युतीय शवदाह गृह सञ्चालनमा ल्याउने अन्तिम तयारी भइरहेको छ,' सदस्य सचिव नाहटाले भने। विद्युतीय चिता (इलेक्ट्रोनिक क्रिमिटोरियम)मा अब मेसिनका साथै निरन्तर विद्युत आपूर्तिका लागि ट्रान्सफर्मर र जेनेरेटर जडान गर्न बाँकी छ।

दाउरा प्रयोग गरी पशुपति आर्यघाटस्थित चितामा शव जलाउँदा बाग्मती नदी र वातावरण प्रदूषण भइरहेकोमा स्थानीयले असन्तुष्टि जनाउँदै आएका थिए। काठमाडौंको बढ्दो जनसंख्या र दाउराबाट शव जलाउँदा खर्च र प्रदूषण बढ्नु साथै समय धेरै लाग्ने भएकाले विद्युतीय चिता निर्माण अघि बढाएको सदस्यसचिव नाहटाले बताए।
आर्यघाटस्थित परम्परागत चितामा अहिले दैनिक ४० देखि ५० वटा शव जलाउने गरिएको छ। विद्युतीय चितामा १२ सय डिग्री सेन्टिग्रेड तापक्रममा प्रदूषणरहित तरिकाले एक घन्टाभित्र शव जलिसक्ने कोषका इन्जिनियर अक्रुरसिंह महत बताउँछन्। चार करोड लगानीको भवन बनिसकेको छ। शव जलाउनुअघि गरिने आवश्यक धार्मिक संस्कार पूरा गर्न हल निर्माण गरिएको छ। त्यस्तै, शवलाई केही दिन चिसोमा राख्न सकिने व्यवस्था गरिएको छ। 'विधिअनुसार दाहसंस्कारका सम्पूर्ण प्रक्रिया पूरा गर्न सकिन्छ,' सदस्यसचिव नाहटाले भन्छन्, ‘विेदशमा रहेका आफन्त आउँदासम्म शव सुरक्षित गर्न चिसो ठाउँको व्यवस्था गरिएको छ।' त्यस्तै, आँखा दान गर्न चाहनेहरुका लागि पनि व्यवस्था गर्न लागिएको कोषले जनाएको छ।
यो चिता प्रयोगवापत विद्युत प्राधिकरणले लिने शुल्कलाई दृष्टिगत गरेर शुल्क लिइनेछ। प्राधिकरणले लिने शुल्कअनुसार हामीले पनि शुल्क निर्धारण गर्छौँ,' सदस्य सचिव नाहटाले थपे, ‘नाफा गर्ने उद्देश्य छैन। न्यून शुल्क लिने सोच छ।'
सरकारले यसअघि २०४६ सालमा टेकुमा विद्युतीय शवदाह गृह सञ्चालन गर्ने योजना बनाएको थियो। त्यसपछि काठमाडौं महानगरपालिका र कोषलगायत संस्थाले विद्युतीय गृह बनाउन प्रयास गरेपछि सफल भएन। २०४८ सालतिर काठमाडौं महानगरपालिकाले विष्णुमतिमा शव दाह गृह मेसिन जडान गरेको थियो। तर मेसिनमा शवदाह गर्न धेरै रुचाएनन्। तत्कालीन अवस्थामा एक करोडमा ल्याइएको मेसिन महानगरको कार्यालयमा अलपत्र परेको छ। त्यसपछि २०५० सालमा पनि महानगरपालिकाले अर्को मेसिन ल्याउन ८० लाख रुपैयाँ छुट्याएको थियो। तर पहिलाजस्तै मेसिन अलपत्र पर्ने शंकाले मेसिन ल्याइएन।
संस्कृतिविद गोविन्द टण्डनका अनुसार संसारभर लागु भइसकेको विद्युतीय चिता पशुपति क्षेत्रमा प्रयोग हुनुलाई सकारात्मक ठान्छन्। ‘काशी, बनारसमा पनि विद्युतीय चिता प्रयोग हुन थालेको छ,' टन्डन भन्छन्, ‘विद्युतीय चितामा शव जलाउँदा धार्मिक मान्यता र संस्कारमा कुनै असर पर्दैन। दाउरामा होस् वा मेसिनमा, जेमा अन्त्येष्टि गरे पनि यो शरीर पञ्चतत्वमै मिल्ने हो।'
दाउराको कमी हुँदै गएको, प्रदूषण र परम्परागत रुपमा जलाउँदा बीभत्स देखिने भएकाले आधुनिक चिता ठिक भएको उनको धारणा छ। समयअनुसार धर्मलाई चलाउनुपर्ने उल्लेख गर्दै उनी थप्छन्, ‘धर्म र संस्कार पनि परिवर्तित समयअनुसार आत्मसात गराउनुपर्छ।' विद्युतीय चिता नरुचाउनेका लागि पनि आर्यघाटको परम्परागत चिता कायमै रहने कोषले जनाएको छ।

विद्युतीय चितामा चौबिसै घन्टा विद्युत आपूर्तिका लागि कोषले विद्युत प्राधिकरणमा निवेदन दिइसकेको छ। आधुनिक चितामा शव जलाउन शुरुका केही महिना भारतीय कम्पनी इन्डोमेन इन्जिनियरिङका कर्मचारीले सघाउनेछन्। त्यसपछि कोषका कर्मचारीलाई तालिम दिइनेछ। आधुनिक चितामा मेसिनलगायत अन्य उपकरण जडान र अनुगमनका लागि पुल्चोक इन्जिनियरिङ कलेजका प्रमुख अरविन्दकुमार मिश्र, चित्रबहादुर खड्कासहित परामर्शको टोली छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस