पोखरामा चितुवा
०८ माघ २०७२
•
४ मिनेट पाठ
पोखरामा चितुवा
पोखरा- दिउँसो ३ बजेतिर सहर पसेको चितुवाको आक्रमणले जिल्ला वन कार्यालयका कर्मचारी विनोद थापा घाइते भएका छन्। ट्याक्सीचोक नजिकैको विन्ध्यवासिनी स्टोर्सभित्र एक्कासि पसेको चितुवा नियन्त्रणमा लिन खोज्ने क्रममा सशस्त्र वनरक्षक थापामाथि आक्रमण भएको वडा प्रहरी कार्यालय बगरका प्रहरी निरीक्षक मोहन खाँणले जानकारी दिए।चितुवाको आक्रमणबाट घाइते थापाको टाउकोमा चोट लागेको छ। उनको फिस्टेल हस्पिटलमा उपचार भइरहेको छ। 'चितुवा पसेको खबर आएपछि नियन्त्रण गर्न वन कार्यालयबाट आउनु भएका कर्मचारी घाइते हुनुभयो,' खाँणले भने। शुक्रबार चितुवा नियन्त्रणमा लिन नसकिएपछि स्टोर्सको सटर बन्द गरेर थुनिएको छ। चितवन राष्ट्रिय निकुञ्जबाट प्राविधिक टोली बोलाएर नियन्त्रण गर्ने प्रहरीले जनाएको छ। 'अब वनकै प्राविधिकहरु डाकेर के के उपकरण प्रयोग गरी नियन्त्रणमा लिने हो उहाँहरुले नै तयारी गरिरहनुभएको छ,' उनले भने।

स्टोर्सका सञ्चालक रवीन्द्र सापकोटाका अनुसार पसल भित्र काम गरिरहेकै बेला एक्कासि चितुवा पसेको थियो। 'तर पहिला त चितुवा भन्ने नै लागेन, ठूलो बिरालो होला भन्ने भयो,' उनले भने, 'किनमेल गरिरहेका ग्राहकहरुले नै बाघ—बाघ भन्न थालेपछि पो बल्ल बाघ भन्ने थाहा भयो।' पसलभित्र र बाहिरका व्यक्तिले होहल्ला गर्न थालेपछि चितुवा हकानिँदै सिसा फोरेर भित्र पसेको जानकारी उनले दिए। 'त्यसपछि त हामी सबै बाहिर आयौं,' उनले भने, 'चितुवाभित्र गयो अनि सटर लगाइहालियो।' केही सटर खुलै रहेका बेला नियन्त्रणमा लिन गएका वन रक्षक घाइते भएका हुन्। चितुवालाई नियन्त्रणमा लिन नसकिने देखेपछि सबै सटर बन्द गरेर थुनिएको हो।

जिल्ला वन अधिकृत प्रभात सापकोटाले चितुवा पसलमा छिरेको देख्नेहरु भए पनि त्यसलाई बाटोमा कसैले नदेखेको बताए। तर, पनि पृथ्वीनारायण क्याम्पसतिरको बाटो हुँदै काहुँडाँडाबाट आएको हुनसक्ने अनुमान उनले सुनाए। चितुवा राम्ररी देख्न नपाएकाले कतिवटा भन्ने पनि यकिन गर्न नसकेको उनले बताए। पोथी चितुवा बच्चाबच्ची भइसकेपछि बच्चा लिएर मान्छेहरुको नजिक आउने गरेको अनुभव पनि उनले सुनाए। 'बच्चा लिएर बजारतिर आएको पनि हुनसक्छ,' उनले भने।

अचेल सामुदायिक वनहरु बढेकाले बासस्थान सुरक्षित बनेको तर, संख्या बढेकाले सहरतिर पस्ने पाइएको पनि सापकोटाले बताए। पोहोरमात्रै कास्कीमा एकै साता ५ वटा चितुवा सहर पसेका थिए। त्यतिबेला चितुवाका छाउरा जीवित र मृत अवस्थामा भेटिएका थिए। उद्धार गरिएका ती छाउरासमेत कुनै बाँचेनन्।
अर्को समाचार
पोखरामा चितुवा आक्रमणमा परि तीन घाईते
०६ चैत्र २०७६
•
४ मिनेट पाठ
पोखरामा चितुवा आक्रमणमा परि तीन घाईते
पोखरा- सहर छिरेको चितुवाले आक्रमण गर्दा कास्कीका वन अधिकृत सहित तीनजना घाईते भएका छन्। पोखरा महानगरपालिका–१३ मियापाटनका खगेन्द्रबहादुर गुरुङको घरको वाथरुममा पसेको चितुवालाई विहीबार बिहान नियन्त्रणमा लिने क्रममा मान्छेमाथि आक्रमण गरेको थियो।

जिल्ला प्रहरी कार्यालय कास्कीका सहप्रवक्ता नरहरी अधिकारीका अनुसार चितुवाको आक्रमणमा परेर कास्कीका वन अधिकृत रामकाजी श्रेष्ठ, स्थानीयबासी श्याम थापा र सशस्त्र प्रहरीका हवल्दार फटिक मगर घाइते भएका थिए। ती मध्ये थापाको अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको अधिकारीले बताए। सशस्त्रका हवल्दार मगर आफन्तकोमा गएका थिए। वन अधिकृत श्रेष्ठ र सशस्त्रका मगरको अवस्था सामान्य रहेको छ।

‘घरभित्र चितुवा पसेको थाहा पाएपछि स्थानीयले घेरा हालेका रहेछन्। त्यसपछि वन कार्यालयबाट गएको समूहले नियन्त्रणमा लिने प्रयास गर्दा चितुवाले नै आक्रमण गरेछ,’ अधिकारीले भने, ‘तर सचेतना अपनाउँदा खासै ठूलो क्षति हुन पाएन।’ बिहानै ७ बजे गुरुङको छिमेकीको छतमा देखिएको चितुवा स्थानीयको होहल्लापछि भाग्ने क्रममा गुरुङको बाथरुममा छिरेको थियो।

वन अधिकृत श्रेष्ठका अनुसार वाथरुममा छिरेको चितुवालाई भेन्टिलेसनबाट हेरेर ढोकाको चुकुल लगाउने क्रममा उफ्रेर आक्रमण गरेको थियो। ‘मैले वाथरुमको भेन्टिलेसनबाट हेरेर चुकुल लगाउन मात्र खोजेको थिए। तर, चितुवाले उफ्रेर भेन्टिलेसनबाटै पञ्जा बाहिर निकाल्यो। नंग्राले मेरो अनुहरमा भेटिहाल्यो,’ उनले भने, ‘धेरै नै चोट त लाग्न पाएन। तर, पञ्जाले अनुहारमा कोतर्यो। अरुलाई पनि त्यसैगरि आक्रमण गरेको हो।’

वाथरुममा थुनिएको चितुवालाई खोरमा पारेर नियन्त्रणमा लिइएको उनले बताए। श्रेष्ठका अनुसार खोर लागेर वाथरुमको ढोकामा जोडेर चितुवालाई खोरमा पारिएको थियो। करिब ३ वर्ष उमेरको पोथी चितुवा नियन्त्रणमा लिएको उनले बताए। नियन्त्रणमा रहेको चितुवालाई चितवनको राष्ट्रिय निकुञ्जको वनमा लगेर छाड्ने तयारी भईरहेको श्रेष्ठले जानकारी दिए।

‘आहाराको खोजीमा बजार पसेको अनुमान छ। कुकुर, बाख्रा, खरायो जस्ता आहाराको खोजीमा भौतारिएको चितुवा रातीको सुनसान समयमा बजार पस्यो, तर, उज्यालो भएपछि फर्किने बाटो पाएन। अनि घरभित्र छिरेको अनुमान छ,’ उनले भने, ‘पछिल्लो समय वनको आकार फैलिएपनि वनमा जनावर बिस्थापित छन्। त्यसले गर्दा चितुवाले वनमा आहारा पाउन छाड्दा बस्ती पस्ने गरेको छ।’ यसअघि केहीदिन अघि पनि पोखरा–३२ मै चितुवाले बच्चामाथि आक्रमण गरेको थियो। चितुवाको आक्रमण तनहुँमा भने नियमित झै भईरहेको उनले बताए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस