मन्त्रालयले जवाफ माग्यो
०६ पौष २०७२
•
७ मिनेट पाठ
मन्त्रालयले जवाफ माग्यो
काठमाडौं- शिक्षा मन्त्रालयले मनपर्दी शिक्षण शुल्क र योग्यता सूचीविपरीत काठमाडौं विश्वविद्यालय अन्तर्गतका कलेजमा जारी भर्नाबारे जवाफ माग गरेको छ। मन्त्रालयले सोमबार सर्वोच्च अदालतको आदेश एवं मन्त्रिपरिषद निर्णयअनुसार मन्त्रालयले तोकिदिएको शिक्षण शुल्क र मेरिटका आधारमा भर्नासम्बन्धी निर्णय कार्यान्वयनको प्रगति विवरण यथाशीघ्र उपलब्ध गराउन सम्बन्धित कलेजलाई पत्राचार गरेको हो।सर्वोच्चको आदेशसँगै मन्त्रिपरिषदले समेत एमबिबिएस तहमा अधिकतम शुल्क प्रतिविद्यार्थी ३५ लाख रुपैयाँभन्दा बढी लिन नपाउने, मेरिट (योग्यता सूची) का आधारमा भर्ना गर्नुपर्ने निर्देशन दिएकोमा केयुअन्तर्गतका कलेजले उल्लंघन गर्दै आएका छन्।

केयुले मातहत कलेजमा शुल्क तोक्ने अधिकार आफूलाई नभएको भन्दै मनपर्दी शुल्क लिन बाटो छाडिदिएको छ।

त्यसैगरी, विश्वविद्यालयले मेरिट सूचीमा परीक्षा लिँदा नै प्लस टुको नतिजा र प्रवेश परीक्षाको नम्बरलाई क्रमशः ३० र ७० प्रतिशत आधार मानेर सूची सार्वजनिक गरिदिएको छ। केयुले आफ्ना कलेजहरुले डेढ महिनाअघि सार्वजनिक गरेको सूचीकै आधारमा पठाएको सूचीलाई मेरिटका नाममा सार्वजनिक गरेपछि मन्त्रालयले यस्तो पत्र पठाएको हो। मन्त्रालयले मन्त्रिपरिषद सामाजिक समितिको भदौ ३१ को निर्णय, गत मंसिर १५ गते भएको सर्वोच्चको फैसलाको स्मरणसमेत उक्त पत्रमा गराएको छ।

नागरिकसँग सुरक्षित पत्रमा यी आधारमा मंसिर १५ को फैसलाको निर्णय कार्यान्वयन गर्न २० गते मन्त्रिपरिषद कार्यालयले समेत लेखिपठाएको उल्लेख छ।

पत्रमा विश्वविद्यालय र अन्तर्गतका शिक्षण संस्थाबीच भएको सम्झौताका आधारमा नियामानुसार छात्रवृत्ति कोटामा मन्त्रालयबाट मनोनयन भएका विद्यार्थीले समेत भर्ना नपाएको भन्दै चासो व्यक्त गरिएको छ।

निर्णय कार्यान्वयनमा भएका प्रगति र छात्रवृत्तिमा मनोनयन गरिएका विद्यार्थी भर्ना सुनिश्चित गर्ने सम्बन्धमा भएगरेका कार्यप्रगति पठाउन पनि पत्रमा भनिएको छ। मन्त्रालयस्रोतका अनुसार केयुले मन्त्रालयसमेत अटेरी गरेर एकपछि अर्को गर्दै मेडिकल शिक्षा सुधारमा बाधा खडा गरेको निष्कर्ष निकाल्दै मन्त्रालयले त्यस्ता कलेजमाथि कारबाही तयारी गरेको छ। शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मन्त्रालयभन्दा माथि केयु नहुने भन्दै अटेर गरिरहे कारबाहीको विकल्प खोज्न निर्देशन दिइसकेका छन्।

केयुले मातहतका नौ कलेजमा रहेका १ हजार २० सिटमध्ये १ सय ७ सिट म्यानेजमेन्ट, ३ सय ६४ विदेशीका कोटाका नाममा निर्धारण गरेर बढिबढाउ शुल्कमा भर्ना गरिरहेका छन्।

सर्वोच्चले समेत ३५ लाख शुल्कमै भर्ना गर्न आदेश दिए पनि कलेजहरुले विद्यार्थी तोकिएको शुल्कको मात्रै रिसिभ दिने सर्तमा बार्गेनिङ गरिरहेको उजुरी शिक्षा मन्त्रालयमा समेत परेको छ। केयुले मनपर्दी गर्ने कलेजलाई पूर्ण संरक्षण गरेको बुझाइ मन्त्रालयका अधिकारीको छ।

चिकित्सा शिक्षा सुधारमा केयु बाधक : डा. केसी
त्रिवि शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले माथेमा प्रतिवेदनको सिफारिसमा भएका निर्णय कार्यान्वयनमा काठमाडौं विश्वविद्यालय बाधक देखिएको आरोप लगाएका छन्।
डा. केसीले सोमबार विज्ञप्तिमार्फत चिकित्सा शिक्षा सुधारका निम्ति लामो संघर्षको परिणामस्वरुप स्वास्थ्य सेवाको गुणस्तर सुधारको प्रक्रिया अगाडि पुगेको त्यसलाई निष्कर्षमा पुग्न नदिन विभिन्न क्रियाकलाप भइरहेको बताएका छन्।
शुल्क र मेरिट भर्ना यस वर्षदेखि लागू हुनुपर्नेमा शिक्षा मन्त्रालयको बारम्बारको निर्देशन र अदालतको आदेशविपरीत केयुले मनपर्दी गरिराखेको डा. केसीको आरोप छ। उनले त्रिवि र केयु दुवै विश्वविद्यालय अन्तर्गतका मेडिकल कलेजले मेरिटमा लिइन लागेको विद्यार्थी भर्ना प्रक्रियालाई नियतवश अवरुद्ध गर्दै राज्यको नीति र अदालतको आदेशको गम्भीर उल्लंघन गरेको जनाएका छन्।
अर्काेतिर चिकित्सा शिक्षा आयोग निर्माण र नीति बनाउने काम पनि रोकिएको उनले बताएका छन्।
डा. केसीले विज्ञप्तिमा केही मेडिकल कलेजले विद्यार्थीहरुसँग बिनाभरपाई दसौं लाख रुपैयाँ थप रकम असुल्ने कार्य गरिरहँदा यस्ता अनियमितता रोक्ने जिम्मा पाएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत निकाय मौन रहनुले कतै ती निकायको कालो बजारी गर्नेसँग साँठगाँठ त छैन भन्ने प्रश्न उब्जाएको जनाएका छन्।
उनले मिडियामा बारम्बार यस्ता समाचार आइरहँदासमेत सम्बन्धित निकायले छानबिन अघि नबढाउँदा दिनदहाडै ठगी गरिरहेका मेडिकल कलेजलाई प्रोत्साहन मिलेको समेत बताएका छन्।
केयुले निर्णयविपरीत भर्ना थालेको प्रक्रिया रोकेर विश्वविद्यालयले निकाल्ने योग्यता सूचीका आधारमा तोकिएको शुल्क लिएर मात्रै भर्ना गर्न उनले माग गरेका छन्। त्यस्ता कलेजमाथि कारबाही गर्नुपर्ने डा. केसीको माग छ।
अर्को समाचार
सुवेदीको सरुवामा सामान्यले जवाफ माग्यो
२५ कार्तिक २०७१
•
३ मिनेट पाठ
सुवेदीको सरुवामा सामान्यले जवाफ माग्यो
काठमाडौं– विवादास्पद सहसचिव भरत सुवेदीलाई निजामती सेवा ऐनविपरीत श्रम मन्त्रालयबाट अर्थ मन्त्रालय सरुवा गरिएको भन्दै सामान्य प्रशासन मन्त्रालयले श्रमसँग जवाफ मागेको छ।

श्रम मन्त्रालयअन्तर्गत सीप विकास केन्द्रमा कार्यरत सहसचिव सुवेदीलाई अर्थमन्त्री रामशरण महतले सामान्य प्रशासन मन्त्रालयको स्वीकृतिबिना काजमा अर्थ लगेका थिए। त्यसपछि सामान्य प्रशासनले मंगलबार श्रमसँग तीनभित्र जवाफ दिन भनेको हो।

सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सुवेदीलाई चोर बाटोबाट सामान्य प्रशासन मन्त्रालय सरुवा गरिएको बताएका छन्। निजामती सेवा ऐनअनुसार सहसचिवमाथिको कर्मचारी सरुवामा सामान्य प्रशासन मन्त्रालयको सहमति अनिवार्य चाहिन्छ। 'सामान्य प्रशासन मन्त्रालयको सहमतिबिना आफ्नै मन्त्रालयभित्र त सरुवा गर्न मिल्दैन,' मन्त्री पण्डितले भने 'के कति कारणले अनाधिकृत रूपमा सरुवा गरेको हो? गर्न नपाउने काम किन गरेको हो? भन्ने जवाफ तीन दिनभित्र मागेका छौं।' उनले गलत व्यक्तिलाई पुरस्कृत गर्न नहुने बताए।

ऐनअनुसार राजपत्रांकित प्रथम श्रेणीको कर्मचारी सरुवा गर्दा सामान्यको अनिवार्य सहमति चाहिने भए पनि उनलाई केही दिन अघिमात्रै श्रमबाट काजमा अर्थ सरुवा गरिएको थियो। अर्थ सरुवा गरिएलगत्तै अर्थमन्त्री महतले उनलाई राजस्व अनुसन्धान विभागको उपमहानिर्देशकको जिम्मेवारी दिएका छन्।

करिब ६ महिनाअघि नै उपसचिवबाट सहसचिव बढुवा भएपछि श्रम मन्त्रालयअन्तर्गतको सीप विकास केन्द्रमा पोस्टिङ गरिए पनि सुवेदीले अर्थ मन्त्रालय बाहेक अन्यत्र नजाने भनेर लामो समय पत्र बुझेका थिएनन्। उनी गत महिना मात्रै पत्र बुझेर हाजिर भएका थिए।

अस्ट्रेलियाको पिआर लिएका सुवेदीलाई अर्थ लैजाने अर्थमन्त्रीको प्रस्तावमा सामान्य प्रशासन मन्त्री तगारो बनेको भन्दै केही समयअघि मन्त्रिपरिषद बैठकमै चर्काचर्की भएको थियो। असारमा एमाले महाअधिवेशनताका सामान्यको सहमतिबेगर मन्त्रिपरिषदले उनलाई अर्थमा सरुवा गरे पनि विरोधका कारण पछि निर्णय फिर्ता लिइएको थियो।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस