लाखौं विद्यार्थी सडकमा
११ मंसिर २०७२
•
६ मिनेट पाठ
लाखौं विद्यार्थी सडकमा
काठमाडौं- भारतीय नाकाबन्दी र तराई–मधेस आन्दोलनले पढ्न पाउने अधिकार खोसेको भन्दै लाखौं विद्यार्थीले चक्रपथ र राजधानीका भित्री सडकमा मानव साङ्लो बनाएर घेरेका छन्। विद्यार्थीले विभिन्न नारा लेखिएका प्लेकार्डसहित २७ किलोमिटर चक्रपथ र ८ किलोमिटर भित्री सडकमा गरी कुल ३५ किलोमिटर लामो मानव साङ्लो बनाएर विरोध प्रदर्शन गरेका हुन्।'बाँच्न र पढ्न देऊ' भन्ने मुख्य नाराका साथ लाखौँ विद्यार्थीलाई शिक्षक, कर्मचारी, अभिभावक तथा आमसर्वसाधारणले समेत साथ दिएका थिए। मानव साङ्लो बनाएर उनीहरूले शुक्रबार बिहान ११ बजेदेखि १ बजेसम्म प्रर्दशन गरेका थिए।




लगातारको आन्दोलन र नाकाबन्दीले ७५ लाखभन्दा बढी बालबालिकाको पढ्न पाउने अधिकार हनन भएको भन्दै निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन (एनप्याब्सान), उच्च माध्यमिक विद्यालय संघ नेपाल (हिसान), विद्यार्थी संघ–संगठन, शिक्षक संघ–संगठनले संयुक्त रूपमा मानव साङ्लो कार्यक्रम आयोजना गरेका हुन्।

प्याब्सन अध्यक्ष लक्ष्यबहादुर केसीका अनुसार चक्रपथसहित लगनखेल–माइतीघर, तीनकुने–माइतीघर र टुँडिखेल वरिपरि गरी कुल ३५ किलोमिटर लामो मानव साङ्लो बनाइएको थियो। मानव साङ्लोमा करिब ५ लाखजनाको सहभागिता रहेको आयोजकको दाबी छ। मानव साङ्लो बनाउन उपत्यकाका १५ सय विद्यालय र करिब ४ सय कलेजका विद्यार्थी, शिक्षक तथा कर्मचारीको सहभागिता थियो।

'मानव साङ्लो निर्माणक्रममा साना बालबालिका प्रयोग नहुन् भनेर हामीले कक्षा ८ भन्दा माथिका विद्यार्थीलाई मात्र बोलाएका थियौँ,' केसीले भने, 'कतिपय स्थानमा अभिभावक आफैँले छोराछोरीको अधिकारको माग गर्दै र केही स्थानमा विद्यार्थीले स्वतःफूर्तरूपमा अधिकार माग्दै मानव साङ्लोमा सहभागिता जनाएका थिए।' उनले लाखौँ विद्यार्थीको भविष्यप्रति चिन्ता व्यक्त गर्दै सर्वसाधारण पनि कार्यक्रममा सहभागी भएको बताए।

एन प्याब्सनका अध्यक्ष कर्णबहादुर शाहीले तराई–मधेसमा जारी आन्दोलन र भारतको नाकाबन्दीका कारण बालबालिकाको भविष्य अन्धकार बन्दै गएकाले सांकेतिक रूपमा सरकार, आन्दोलनरत पक्ष र अन्तर्राष्ट्रिय समुदायलाई ध्यानाकर्षण गराउन उक्त कार्यक्रम आयोजना गरिएको बताए।

मानव साङ्लोमा सहभागी विद्यार्थीले 'बाँच्न देऊ, पढ्न देऊ', 'घीनलाग्दो राजनीति चाहिएन, ढुक्कसँग पढ्न नि पाइएन', 'बन्द हडताल धेरै भो, पढ्ने लेख्ने थोरै भो', 'हाम्रो इच्छा शान्ति–सुरक्षा र शिक्षा', 'विद्यालय शान्ति क्षेत्र कार्यान्वयन गर', 'बालअधिकार सुनिश्चित गर', 'शिक्षालय शान्ति क्षेत्र', 'संकट पार्न पाइँदैन, नाकाबन्दी चाहिँदैन' लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए। विद्यार्थीले नेपालको झण्डा बोक्दै 'नेपाल झुक्दैन, स्वाधिनता बिक्दैन' भन्ने नारासमेत लगाएका थिए।

कोटेश्वरको मानव साङ्लोमा सहभागी कक्षा १० की छात्रा सिर्जना शाहीले एसएलसी परीक्षा नजिकिइरहेको समयमा ढुक्कसँग पढ्ने वातावरण नभएकाले दबाब दिन आएको बताइन्। 'हामी मात्र होइन, लाखौँ साथीले निर्धक्क पढ्न पाइरहेका छैनौँ,' उनले भनिन्, 'नेताहरूको कुर्सीखेलले हाम्रो भविष्य अन्धकार बन्दै गएकाले आफ्नो अधिकारका लागि मानव साङ्लो कार्यक्रममा आउनुपरेको हो।' उनले बालबालिकाको पढ्न पाउने अधिकारलाई कसैले खोस्न नहुने बताइन्।

चक्रपथअन्तर्गत बालकुमारी क्षेत्रमा गृहिणीको समेत उल्लेख्य सहभागिता थियो। उनीहरुले राजनीतिका नाममा कलिला बालबालिकाको भविष्य अन्धकार बनाउन पाइँदैन भन्दै नाराबाजी गरिरहेका थिए। नयाँ संविधानका विषयमा असन्तुष्टि जनाउँदै तराई–मधेसकेन्द्रित दलले तीन महिनादेखि आन्दोलन चर्काउँदै आएका छन्। यही बीच भारतले दुई महिनादेखि नाकाबन्दी गरेपछि देशभरको जनजीवन प्रभावित भएको छ। तराईमा जारी आन्दोलन र नाकाबन्दीका कारण सबैभन्दा बढी तराईका विद्यालय बन्द हुन पुगेका छन्। जसका कारण विद्यार्थीको शैक्षिक क्यालेन्डर पूर्ण रूपमा प्रभावित भइरहेको छ।
अर्को समाचार
भारत तिमीलाई थाहा छ मानवता के हो ? (भिडियो)
११ मंसिर २०७२
•
२ मिनेट पाठ
भारत तिमीलाई थाहा छ मानवता के हो ? (भिडियो)
काठमाडौं- विद्यार्थीले काठमाडाैंको चक्रपथ घेरेका छन्। भारतीय नाकाबन्दी र तराई–मधेसको आन्दोलनले पढ्न पाउने अधिकार खोसेको भन्दै लाखौं विद्यार्थी सडकमा उत्रेका हुन्। विभिन्न नारा लेखिएका प्लेकार्डसहित चक्रपथमा मानव साङ्लो बनाएर उनीहरूले विरोध प्रदर्शन गरे।




‘बाँच्न र पढ्न पाउने अधिकार निश्चित गर’, ‘भारत तिमीलाइ मानवता भनेको के हो थाह छ?’, 'नाकाबन्दी चाहिदैन, मान्चे मार्न पाइदैन' जस्ता सन्देश लेखिएका ब्यानर र प्लेकार्ड बोकेर शुक्रबार बिहान ११ बजेदेखि कलंकी, सातदोबाटो, कोटेश्वर, चाबहिल, महाराजगञ्ज, बालाजु, स्वयम्भुलगायतका स्थानमा विद्यार्थीहरुको मानव साङ्लो बनाएर प्रदर्शन गरेका हुन्।

लगातारको आन्दोलन र नाकाबन्दीले बालअधिकार हनन् भएको प्लेकार्डसहित विद्यार्थीहरु सडकमा उत्रिएका हुन्।

निजी तथा आवासीय विद्यालय सङ्गठन(प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन (एनप्याब्सान), उच्चमाध्यमिक विद्यालय सङ्घ नेपाल(हिसान), संयुक्त विद्यार्थी सङ्गठन, शिक्षक महासङ्घ, अभिभावक सङ्घ नेपाल, राष्ट्रिय अभिभावक सङ्घलगायतका सङ्घसंस्थाले बिरोधमा यस्तो प्रदर्शन अायोजना गरेका हुन्।

भिडियोः


भिडियोः क्रान्ति पाण्डे 

तस्विरमा हेर्नुस् विद्यार्थीको प्रदर्शनः

Students participate in a protest-2

Students participate in a protest-1

Students participate in a protest-3

Students participate in a protest-4

Students participate in a protest-5

Students participate in a protest-6

Students participate in a protest-7

Students participate in a protest-8

Students participate in a protest-9

Students participate in a protest-10

Students participate in a protest-11

Students participate in a protest-13

Students participate in a protest-14

सबै तस्विरः दिनेश गोले
https://images.nagariknewscdn.com/archive/10_16/media/k2/items/cache/ce459eb95dd5aa993e5067a9fe38fdb3_L.jpg
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस