पाल्प-पाल्पाको झडेवा–२ मा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।तानसेनबाट झडेवातर्फ जाँदै गरेको लु १ ज १९२२ नम्बरको जीप दुर्घटना भएको हो। घटनास्थलमा प्रहरी चौकी माथा र प्रभासको टोली जाँदैछ। जिल्ला प्रहरी कार्यालयका अनुसार २ जनाको मृत्यु भएको खबर स्थानीय मिन सिंजालीले टेलीफोन मार्फत जानकारी दिएका थिए। प्रहरी टोली घटनास्थल जादै छ। दुर्घटनाको विस्तृत विवरण अाउन बाँकी छ। जिप करिव ५०० मिटरभन्दा तल खसेको प्रहरी चाैकी प्रभासले जानकारी दिएको छ। जिपमा करिब १५ जना यात्रु सवार रहेका प्रहरीले जनाएको छ। घटनास्थलमा उद्धार जारी छ।
अर्को समाचार
पाल्पामा जीप दुर्घटना, दुईको मृत्यु
अर्को समाचार
जीप दुर्घटनामा दुईको मृत्यु
टेकनारायण भट्टराई, पाल्पा, कात्तिक १ - पाल्पामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दर्लमडाँडा-९ गेजा ठाँटीमा बुधबार बिहान लु १ ज २१६९ नम्बरको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ। गेजाबाट तानसेन तर्फ आउँदै गर्दा १८ यात्रु सवार जीप सडकबाट तल खसेको हो।
७ जना गम्भीर घाइतेलाई तानसेन मिसन अस्पतालमा भर्ना गरिएको छ। केही यात्रु जिपले च्यापिएका र उनीहरुको उद्दार कार्य जारी रहेको प्रहरीले जनाएको छ।
७ जना गम्भीर घाइतेलाई तानसेन मिसन अस्पतालमा भर्ना गरिएको छ। केही यात्रु जिपले च्यापिएका र उनीहरुको उद्दार कार्य जारी रहेको प्रहरीले जनाएको छ।
ट्रेन्डिङ