औषधि पाउनै मुस्किल
२३ कार्तिक २०७२
•
७ मिनेट पाठ
औषधि पाउनै मुस्किल
काठमाडौं- सरकारले हवाई मार्गबाट आपूर्ति गर्ने प्रतिबद्धता कार्यान्वयन नगर्दा गम्भीर खालका बिरामीलाई अत्यावश्यक जीवनदायी औषधि (लाइफसेभिङ ड्रग) को चरम अभाव भएको छ। औषधि व्यवसायी संघले समेत सोमबार विज्ञप्ति जारी गर्दै अत्यावश्यक र जीवनरक्षक औषधि अभाव भएको जनाएको छ। आपतकालीन औषधि नपाएर बिरामीका अभिभावकले हैरानी बेहोर्नुपरेको घटना सामाजिक सञ्जालमा पनि सार्वजनिक हुन थालेका छन्।

अस्पतालका चिकित्सकले मात्रै होइन, सर्वसाधारणले समेत अत्यावश्यकीय औषधि नपाएर पाएका हन्डरबारे सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। पत्रकार शिरोमणि ढुंगानाले एक सिकिस्त बिरामीका लागि ५० वटा औषधि पसलमा खोज्दा पनि एड्रिनालिन नपाएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

गोविन्द उपाध्यायले पनि समेत १०४ डिग्री ज्वरो आएका तीनवर्षे बालकको उपचारका लागि १० एमजी आइभी एन्टिबायोटिक्स खोज्दा नभेटेको उल्लेख गरेका छन्। अर्का एक व्यक्तिले टि्वटरमा टामोसुलिन र डेफ्लाजकर नपाएर बिरामी नै रेफर गर्नुपरेको लेखेका छन्।

अकस्मात मुटु चल्न बन्द भए नभई नहुने औषधि एड्रिनालिनको चरम अभाव भएको छ। ठूला सरकारी अस्पतालमा भेन्टिलेटरमा राखिएका बिरामीका आफन्तले दर्जनांै पसल चहार्दा पनि औषधि नपाएको गुनासो गरेका छन्।

त्रिवि शिक्षण अस्पतालका आइसियु विभाग प्रमुख डा. सुभाष आचार्यले जीवनदायी औषधि र अत्यावश्यकीय सामग्री र शल्यक्रियामा प्रयोग हुने एनेस्थेसियाका औषधि समेत अभाव भएको बताए।

डा. आचार्यका अनुसार गम्भीर अवस्थाका बिरामीलाई आवश्यक पर्ने भासोप्रेसिन, मुटुले काम गर्न छाडेको अवस्थामा रक्तचाप बढाउन प्रयोग गरिने औषधि नन–रेड्रेनलाइन र रक्तचाप घटाउन प्रयोग गरिने औषधि एस्मोलोलको पनि अभाव भएको छ। आइसियुमा राखिएका बिरामीका लागि यी दुवै औषधि जीवनदायी हुन्। रक्तचाप निकै घट्दै गए मुटुको चाल बन्द हुने र बढे पनि हृदयघात र मस्तिष्कघात लगायतका समस्या निम्तिने हुन्छ।

डा. आचार्यले भेन्टिलेटरमै राख्नुपर्ने बिरामीका लागि ट्युब, पाइपलगायतका सामानसमेत अभाव हुन थालेको बताए। उनले पछिल्ला दिनमा अक्सिजनको आपूर्तिसमेत सहज नभएको जानकारी दिए। नेपालमा केही ठूला अस्पतालमा बाहेक आफ्नै अक्सिजन प्लान्ट नभएको र निजी प्लान्टले समेत इन्धन अभाव देखाएर आपूर्ति गर्न नसकेपछि निजी अस्पतालले आइसियु बन्द गरेका छन्। 'अहिले गम्भीर मानवीय संकटको अवस्था आइसकेको छ,' उनले भने, 'धेरै मानिसको मृत्युको कारण औषधि अभाव बन्ने सम्भावना छ।'

चिकित्सकहरूका अनुसार अकस्मात पिसाब रोकिए खुलाउन प्रयोग गरिने ट्यासुलोसिन, सलाइन र इन्सुलिनसमेत अभाव भएको छ। आचार्यले तत्काल नभई नहुने औषधिको सूची बनाएर अस्पताल प्रशासनमार्फत स्वास्थ्य मन्त्रालयमा पठाइसके पनि मन्त्रालयले गम्भीर रूपमा नलिएको आरोप लगाए।

चिकित्सकहरू अस्पतालका अनुसार सलाइन, एन्टिबायोटिक, सोडा बायोकार्बोनेट, पोटासियम क्लोराइड तथा सुईजन्य औषधिको स्टक निकै कम छ। केही अस्पताल र केही होलसेलरकोमा भए पनि सहज उपलब्ध नहुँदा बिरामीका आफन्तले पाउन निकै कठिनाइ भोग्नुपरेको छ।

त्रिवि शिक्षण अस्पतालमा मेमोग्राम र सिटी स्क्यान मर्मतका लागि आवश्यक पर्ने सामग्री भन्सारमा अडि्एकाले पनि अप्ठेरो परेको प्रशासनको भनाइ छ। औषधि उत्पादकहरूले केमिकलसमेत नाकामै अडि्कएको जनाएका छन्।

वीर अस्पतालका निर्देशक डा. स्वयंप्रकाश पण्डितले एक सातामा औषधि व्यवस्था नभए गम्भीर मानवीय संकट आउने बताए। 'शल्यक्रिया पनि रोकिन्छ भनेर एनेस्थेसियाले समेत चेतावनी दिइसकेको छ,' पण्डितले भने, 'औषधि नपाएर मर्ने अवस्था नदिने गम्भीर रूपमा समन्वय र व्यवस्थापन गर्नुपर्छ।'

औषधि व्यवस्था विभागका महानिर्देशक बालकृष्ण खकुरेलले केही औषधि सरकारसँग स्टक भए पनि जीवनदायी औषधि तत्काल व्यवस्थापन गर्नुपर्ने बताए। उनले केही औषधि क्षेत्रीय मेडिकल स्टोरबाट मगाएर भए पनि काठमाडांैका अस्पताल दिन सक्ने भन्दै अन्य औषधि तत्काल ढुवानी गर्न अर्थमन्त्रालयमार्फत हवाई ढुवानीका लागि पत्राचार गरेको बताए। 'हामीले अर्थलाई पत्राचार गरिसकेका छौं,' उनले भने, 'अर्थको जवाफ आउनासाथ ढुवानी व्यवस्था हुन्छ।'

दसंै अगाडि नै ठूला ९ सरकारी अस्पतालका निर्देशकले संयुक्त रूपमा स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराएका थिए। तर मन्त्रालयले औषधि व्यवस्था गर्न ध्यान नदिएको उनीहरूको भनाइ छ।

स्वास्थ्य मन्त्रालयले भने गत शुक्रबार आपूर्तिकर्ता, विक्रेता उत्पादकहरूको बैठक बोलाएर अत्यावश्यक औषधि अभाव हुन नदिने र आवश्यक परे हवाईमार्गबाटै ढुवानी गर्ने प्रतिबद्धता गरेको थियो।
अर्को समाचार
निःशुल्क औषधि पाउनै मुस्किल
१६ पौष २०७१
•
७ मिनेट पाठ
निःशुल्क औषधि पाउनै मुस्किल
इलाम- सरकारले बजेट वक्तव्यमार्फत गरेको '७० प्रकारका औषधि निःशुल्क गाउ" पुर्यारउने' घोषणा अझै कार्यान्वयन भएको छैन। घोषणा भएको ६ महिना बित्न लाग्दासमेत ती औषधि जिल्लास्थित स्वास्थ्य संस्थामा प्राप्त भएका छैनन्। चालु आर्थिक वर्ष २०७१/०७२ देखि ४० प्रकारका औषधि थपेर वितरण गर्ने सरकारी घोषणा थियो, जुन व्यवहारमा लागू नहु"दा स्वास्थ्य संस्थाबाट ३० खालका औषधिमात्रै निःशुल्क बाँडिँदै आएको छ।जिल्ला जनस्वास्थ्य प्रमुख राजकुमार पोखरेलका अनुसार, सरकारी घोषणा कार्यान्वयन नहु"दा स्वास्थ्य संस्थाका कर्मचारी स्वयं अन्योलमा छन्। बजेट वक्तव्य सुनेका जनसाधारणले 'कहिलेदेखि ७० खालका औषधि सित्तैमा पाइन्छ?' भनेर सोधे पनि उनीहरुलाई चित्तबुझ्दो जवाफ दिन नसकिएको उनी बताउ"छन्। जनसाधारणको स्वास्थ्यलाई ख्याल राख्दै ल्याउन लागिएको उक्त कार्यक्रम महŒवाकांक्षी हु"दाहु"दै पनि आवश्यक देखिएको उनी सुनाउ"छन्।

'थप्ने भनिएका औषधिको सूचीचाहि" आएको छ,' पोखरेल भन्छन्, 'ती औषधि केन्द्रबाटै आउने कि जिल्लाले नै किन्नुपर्ने हो भन्ने टुंगो लागेको छैन।' निःशुल्क दिइने औषधिको संख्या बढाइएको भए पनि जिल्ला जनस्वास्थ्य कार्यालयमा थप औषधि खरिद गर्न बजेट छुट्याइएको छैन। त्यसबारे पोखरेल थप्छन्, 'पोहोर पनि औषधि किन्न तीन लाख रुपैयाँ थियो, यो वर्ष पनि त्यति नै आएको छ, जुन बजेटले ७० खालका औषधि किन्न सम्भव छैन।'

बजेट वक्तव्यमार्फत निःशुल्क दिइने भनिएका औषधि जिल्लामा नआउ"दा सेवाग्राही अचम्मित छन्। स्वास्थ्य संस्थाबाट त्यस्ता औषधि नपाएपछि उनीहरु पैसा खर्चेर किन्न बाध्य छन्। 'दैनिक १५/२० जनाले थपिएको औषधि खोज्छन्,' पोखरेल भन्छन्, 'साउनबाटै दिइने घोषणा गरिएका औषधि नआउँदा हामी हैरान भइसक्यौं।' जिल्लाका ४३ गाविस र तीन नगरपालिकाका सबैजसो स्वास्थ्य संस्थामा निःशुल्क औषधि खोजी हुने गरेको छ।

जिल्ला अस्पतालमा बिरामीको स्वास्थ्य परीक्षणपछि डाक्डरले प्रेस्किप्सन लेख्छन्, जसमा निःशुल्क दिइने औषधिको नाममा चिनो लगाउने गरिएको छ। तर, निःशुल्क दिइने भनिएको औषधि उपलब्ध नभएकाले डाक्टरले त्यस्ता औषधि सिफारिस गरेको खण्डमा पनि जनसाधारणले किनेरै प्रयोग गर्नुपर्ने अवस्था छ। 'निःशुल्क पाइन्छ भनेर लेखिएको औषधि पनि किन्नुपर्यो ,' धुसेनीबाट आएका एक बिरामीले भने, 'कि घोषणै गर्नुहुन्नथ्यो, गरिसकेपछि दिइनुपर्थ्यो।'

निःशुल्क औषधि आपूर्ति सम्बन्धमा जिल्ला जनस्वास्थ्य कार्यालयले माथिल्लो निकायमा बुझ्दा 'टेन्डर प्रक्रिया चलिरहेको छ' भन्ने जवाफ आउने गरेको पोखरेल बताउ"छन्। निःशुल्क दिइने भनिएका औषधि आपूर्ति भए धेरै बिरामीले नियमित सेवन गर्ने औषधि सित्तैमा पाउने उनी बताउ"छन्। मधुमेहका बिरामीले नियमित प्रयोग गर्ने 'मेटाफर्मिन' पनि निःशुल्क पाइनेको सूचीमा छ, जसको माग धेरै छ।

त्यस्तै, उच्च रक्तचापका बिरामीले प्रयोग गर्ने तीन प्रकारका औषधि, प्रारम्भिक अवस्थाका मनोरोगीले प्रयोग गर्ने दुई प्रकारका औषधि, छारेरोगको एउटा र बाथरोगको एउटा औषधि पनि निःशुल्क दिइनेको सूचीमा छ। मुटुरोग, थाइराइड्स र एन्टिबायोटिकजस्ता औषधि पनि निःशुल्कको सूचीमा थपिएका छन्। त्यस्ता औषधिको कारोबार जिल्लास्थित मेडिकलमा धेरै हुने गरेको छ। स्वास्थ्य संस्थामा आपूर्ति भएको खण्डमा बिरामीलाई राहत हुनेछ।

निःशुल्क दिइने घोषणा गरिएका औषधि जिल्लामा आपूर्ति भए ९५ प्रतिशत बिरामीले औषधि किनेर खानुपर्ने अवस्था अन्त्य हुने पोखरेल बताउ"छन्। 'सूचीमा केही धेरै महँगा र अत्यावश्यक औषधि पनि छन्,' उनी भन्छन्, 'ती सबै औषधि पाइए ९५ प्रतिशत बिरामीले किनेर खानुपर्दैन।' अस्पतालमा पालो पर्खनुपर्ने पिरलोले कतिपय सेवाग्राही निःशुल्क पाइने औषधि पनि मेडिकलबाट किनेर प्रयोग गर्न बाध्य भएको स्वास्थ्यकर्मी बताउँछन्।

'चिकित्सकलाई देखाएर औषधि खानुपर्छ भन्ने सबैले बुझेकै छैनन्,' जिल्ला अस्पतालका एक स्वास्थ्यकर्मी भन्छन्, 'मनपरी औषधि सेवन गर्दा नकारात्मक असर पर्न सक्छ।' सरकारले यसअघि प्राथमिक स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीमा ३५/३५ प्रकार र उपस्वास्थ्य चौकीमा २५ प्रकारका औषधि निःशुल्क दि"दै आएको थियो। नया" घोषणाअनुसार अस्पतालभन्दा तल्ला स्वास्थ्य संस्थाबाट कति प्रकारका औषधि निःशुल्क दिइने भन्नेसमेत टुंगो लागेको छैन।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस