नुवाकोट, पुस २७- सोमबार यहाँ भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
बुधसिङ गाविस वडा नं ६ नेवारपानीमा सोमबार मिनीट्रक दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ भने अन्य दुई गम्भीर घाइते भएका छन्। सोमबारै नुवाकोटको गेर्खु गाविसस्थित भैंसेमा भएको बस दुर्घटनामा तीन जना सामान्य घाइते भएका छन्।
सदरमुकाम विदुरदेखि २५ किलोमिटर दक्षिणी तारुकाबाट भैंसी लिन गएको ना २ ख १८६४ नम्वरको मिनीट्रक बुधसिङको नेवारपानी नजिक कच्चीसडक मार्गदेखि सय मिटर तल खसेर दुर्घटना भएको थियो। दुर्घटनामा बुधसिङ गाविस वडा नं ६ निवासी ५५ वर्षीय कृष्णहरि भट्टराईको घटनास्थलमै र सोही गाविस निवासी अर्का यात्रु रामबहादुर तिवारीको उपचारका लागि नुवाकोट जिल्ला अस्पताल त्रिशूली लैजाने क्रममा बाटोमै मृत्यु भएको बुधसिङ गाविसको उपस्वास्थ्य चौकीका अहेव मिश्रीलाल यादवले जानकारी दिए।
उता सोमबारै गेर्खु गाविसको भैसेमा वेत्रावतीबाट काठमाडौं जाँदै गरेको ना ३ ख २५६१ नम्बरको साघु वस मोडको भित्तामा ठोक्किएर दुर्घटना हुँदा तीन यात्री घाइते भएका छन्। घाईते तीनै जना उपचारपछि घर फर्किएको प्रहरी निरीक्षक कोमल शाहले बताए।
- देवचन्द्र भट्ट