लहान-पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिकास्थित अयोध्यानगर कसहाको गागन पुल नजिक अपराह्न मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा सिरहाको गोलबजार नगरपालिका–४ का सागर दाहाल र लहान नगरपालिका–१० का सचित खड्का रहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिनुभयो । निरौलाका अनुसार दुर्घटनामा घाइते भएका दुवैलाई तत्काल उद्धार गरी उपचारका लागि लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा भर्ना गरेलगत्तै मृत्यु भएको हो।
पश्चिमबाट लहानतिर आउँदै गरेको स ४ प ४७३६ नम्बरको मोटरसाइकलमा सवार रहेका दुवै गागन पुल पार गर्नेबित्तिकै मोटरसाइकल अनियन्त्रित भएर लडेपछि गम्भीर घाइते भएका थिए। रासस